यी हुन् नेपाल - चीनबीच भएका सम्झाैता
१६ वैशाख २०७६
•
१० मिनेट पाठ
यी हुन् नेपाल - चीनबीच भएका सम्झाैता
बेइजिङ - राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणका क्रममा नेपाल र चीनबीच सात वटा सम्झौतामा हस्ताक्षर भएको छ। सोमबार अपराह्न बेइजिङस्थित जनवृहद सभाभवनमा चिनियाँ समकक्षी सी चिनफिङसँगको औपचारिक भेटपछि सम्झौता सम्पन्न भएको हो। सम्झौतामा हस्ताक्षर हुँदा दुवै देशका राष्ट्रपतिद्वय भण्डारी र सी साक्षी बसेका छन्।

सोमबार भएको सम्झौताहरुमा सबैभन्दा महत्वपूर्ण नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौताको प्रोटोकल छ। १७ बुँदा रहेको सो प्रोटोकलमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीन सरकारको तर्फबाट चिनियाँ यातायात मन्त्री ली सियाओफङले हस्ताक्षर गरेका छन्।

चार दशकदेखि छलफलमा रहे पनि नेपाल र चीनबीचमा यातायात तथा पारवहन प्रोटोकल बन्न सकेको थिएन। तीन वर्ष अगाडि प्रधानमन्त्रीका रुपमा केपी शर्मा ओलीको पहिलो चीन भ्रमण गर्दा नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौतामा हस्ताक्षर भएको थियो। सम्झौता भए पनि यसलाई कार्यान्वयन गर्नका लागि प्रोटोकल अनिवार्य रहेकाले दुई देशका अधिकारीहरु प्रोटोकल बनाउन जुटेका थिए।

चीन भ्रमणपछि केपी ओली प्रधानमन्त्रीबाट हटेपछि प्रोटोकल निमार्णको काम पनि सुस्ताएको थियो। फेरि केपी ओली प्रधानमन्त्री बनेपछि प्रोटोकल निर्माणले गति लिएको हो। गत वर्ष उनको दोस्रो भ्रमणका समयमा प्रोटोकलमा हस्ताक्षर हुने चर्चा चले पनि प्रोटोकलले मूर्त रुप लिइनसकेकाले हस्ताक्षर हुन सकेको थिएन।

सोमबार प्रोटोकलमा हस्ताक्षर भइसकेपछि नेपाल र चीनबीचमा यातायात तथा पारवहन सम्झौता कार्यान्वयनमा आएको छ। यसले नेपाललाई भारतीय भूमि नछोइकन समुद्रसम्मको पहुँच स्थापित गराएको छ। सत्र बुँदे प्रोटोकलमा नेपाल र चीनबीच ६ नाकाबाट व्यापार हुने उल्लेख गरिएको छ।

जसमा तातोपानी, केरुङ, किमाथांका, कोराला, यारी र ओलाङगुङगोला नाका छन्। यीमध्ये ओलाङगुङगोला, किमाथांका र कोरालाचाहिँ औपचारिक रुपमा खुल्न बाँकी छन्। हस्ताक्षरित प्रोटोकलमा हस्ताक्षर भएपछि भारतीय भूमि नछोइकन नेपालको समुद्रसम्म पहुँच स्थापना भएको छ। सन् १९८२ मा जारी संयुक्त राष्ट्रसंघीय सामुद्रिक कानुनसम्बन्धी महासन्धिले भूपरिवेष्टित मुलुकहरुको पनि समुद्रसम्म पहुँच पु¥याएको थियो। तर यस प्रकारको पहुँचलाई उपभोग गर्नका लागि जुन मुलुकको जमिन हुँदै समुद्रसम्म जानुपर्ने हो सो मुलुकसँग यातायात तथा पारवहन सम्झौता गर्न अनिवार्य थियो।

चीनले नेपाललाई प्रदान गरेको सहयोग प्रदानसम्बन्धी अर्को सम्झौतामा पनि सोमबारै हस्ताक्षर भएको छ। सो सम्झौता अनुसार नेपालमा थप चिनियाँ सहयोगका परियोजना तथा पुनर्निर्माणमा नेपालले थप सहयोग पाउने भएको छ। सम्झौतामा नेपालको तर्फबाट परराष्ट्रमन्त्री ज्ञवालीले हस्ताक्षर गरेका छन् भने चीनको तर्फबाट वाणिज्यमन्त्री चोङ शानले हस्ताक्षर गरेका छन्।

चीनले नेपाललाई विभिन्न परियोजनामा आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउँदै आएको छ। सम्झौता अनुसार चीनले नेपाललाई एक अर्ब चिनियाँ युआन अर्थात् १६ अर्ब ५० करोड रुपैयाँको हाराहारीमा सहयोग प्रदान गर्नेछ। चीनले प्रदान गर्दै आएको यस प्रकारको सहयोगमा भूकम्पपछि ठूलो मात्रामा बढोत्तरी हुँदै आएको छ। केही दिन अगाडि मात्र नेपाल सरकारको मन्त्री परिषदले चिनियाँ सहयोग स्वीकार गर्ने निर्णय गरेको छ।

सोमबार सम्पन्न तेस्रो सम्झौतामा नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग रहेको छ। यस सम्झौतामा नेपालको तर्फबाट अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले हस्ताक्षर गरेका छन् भने चीनको तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष वाङ सिआयोथावोले हस्ताक्षर गरेका छन्।

त्यसैगरी चौथो सम्झौतामा नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने नागरिकको जीवनस्तर सुधार्नका लागि सहयोगात्मक साझेदारीलाई सशक्त बनाउने कुरा उल्लेख छ। विशेष गरी चीनको स्वायत्त प्रदेश तिब्बतसँग सीमा जोडिएका नेपालका जिल्लाहरुमा चीनले अस्पताल, विद्यालय, सुरक्षा संयन्त्र, कृषि, विद्युत, सौर्य उर्जा जस्ता कुरामा सहयोग पु¥याउँदै आएको छ।

यो सहयोगलाई अझै सशक्त बनाउनका लागि नयाँ सम्झौता भएको हो। यस सम्झौतामा पनि नेपालको तर्फबाट अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले हस्ताक्षर गरेका छन् भने चीनको तर्फबाट चिनियाँ अन्तर्राष्ट्रिय विकास सहयोग एजेन्सीका अध्यक्ष वाङ सिआयोथावोले हस्ताक्षर गरेका छन्।

दुई देशबीचको भन्सार व्यवस्थामा आपसी सहयोग गर्नका लागि अर्को सम्झौता पनि भएको छ। यस सम्झौतामा नेपालको तर्फबाट अर्थमन्त्रालयका राजस्व सचिव लालशंकर घिमिरेले हस्ताक्षर गरेका छन् भने चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले हस्ताक्षर गरेकी छन्।

नेपाल नापतौल तथा गुणस्तर विभाग र चीनको गुणस्तर प्रशासनबीचमा आपसी सहकार्यका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। सो समझदारीपत्रमा नेपालको चर्फबाट चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले हस्ताक्षर गरेका छन् भने चीनको तर्फबाट नेपालका लागि चिनियाँ राजदूत हौ यान्छीले हस्ताक्षर गरेकी छन्।

सांस्कृतिक सम्पदाको अवैध आयातनिर्यात, चोरी, तस्करीलगायत रोक्न पनि चीन र नेपालबीचमा नयाँ सम्झौता भएको छ। यो सम्झौतामा नेपालको तर्फबाट चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले हस्ताक्षर गरेका छन् भने चीनको तर्फबाट चिनियाँ राष्ट्रिय सांस्कृतिक सम्पदा प्रशासनका प्रशासक लिउ युचुले हस्ताक्षर गरेका छन्।

क्र.सं.       सम्झौता                                           नेपाली हस्ताक्षर                       चिनियाँ हस्ताक्षर

१    यातायात तथा पारवहन सम्झौताको प्रोटोकल         प्रदीपकुमार ज्ञवाली                     ली सियाओफङ

२    चिनियाँ सहयोग सम्बन्धी सम्झौता                       प्रदीपकुमार ज्ञवाली                     चोङ शान

३    नेपाल र चीनबीच आर्थिक तथा प्राविधिक सहयोग    लालशंकर घिमिरे                      वाङ सिआयोथावो

४    हिमाली क्षेत्रमा जनजीवन सुधार सहयोग                लालशंकर घिमिरे                      वाङ सिआयोथावो

५    भन्सार व्यवस्थामा आपसी सहयोग                      लालशंकर घिमिरे                      हौ यान्छी

६    नापतौल तथा गुणस्तर क्षेत्रमा आपसी सहयोग         लीलामणि पौड्याल                     हौ यान्छी

७    सांस्कृतिक सम्पदाको अवैध ओसारपसार नियन्त्रण   लीलामणि पौड्याल                    लिउ युचु
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस