पार्टीमा अनुशासन क्लबको जति पनि भएन : भूषाल
२० वैशाख २०७६
•
६ मिनेट पाठ
पार्टीमा अनुशासन क्लबको जति पनि भएन : भूषाल
काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी स्थायी समिति सदस्य घनश्याम भुषालले पार्टीभित्रको सैद्धान्तिक धार ‘बोन्सायी’ झार जस्तो भएको बताएका छन्। पार्टीभित्र कुनै पनि प्रकारको अनुशासन नभएको जिकिर गर्दै उनले सो कुरा बताएका हुन्। कार्लमाक्र्सको २ सय १ आंै जन्मशताब्दी मनाउने कार्यक्रमको तयारीका क्रममा उनले सो कुरा बताएका हुन्। ‘बोन्सायी जापनीजहरूले मूल जरो काटिदिएपछि बढ्दो रहेनछ, अनि गमलामा सजाइदिने। अहिले सिद्दान्तको अवस्था वाम आन्दोलनमा बोन्सायी भएको उनले कम्पनी हुँदा कम्पनीको अनुशासन, पार्टी हुँदा पार्टीको अनुशासन, क्लबमै पनि अनुशासन हुन्छ। के भएको छ, भएको छ थाह छैन,’ नेता भुषाले भने।




उनले अबको सबैको यात्रा समाजवाद हो भने कस्तो हुने सबैको अजेन्डा हुनुपर्छ। जब राजनीतिक पार्टी सिद्दान्तबाट च्यूत हुन्छ, कार्यभार भुल्छ र संगठन कस्तो बनाउने भन्ने हुँदैन, त्यसपछि संगठन नेताहरूको चाकरी मात्र गर्ने गुट जस्तो हुन पुग्ने उनले दाबी गरे। ‘यसो गर्दागर्दै मान्छे पार्टीमा होइन, गुटमा प्रवेश गर्दो रहेछ। किनभने पार्टी भन्ने करिब–करिब अस्तित्वमा नहुने। किनभने पार्टीको त सिद्दान्त हुन्छ। मान्छे प्रवेश गर्दा व्यावसायिक, मनोवैज्ञानिक, ठेक्कापट्टाको सुरक्षा, खानी खोला नामसारी, दोहन गर्न, जागिर पाउन, प्रमोसन पाउन हुँदोरहेछ,’ उनले भने, ‘मान्छेको मूल्यांकन गुटले गर्छ। गुटको बफदारी पार्टीहरूमा मान्छेहरूको हैसियत निर्धारण गर्ने कुरा भयो। हामी सांगठनिक हिसाबले हामी असाध्यै अप्ठ्यारोमा छौं, म त्यसलाई अकल्पनीय भन्छु। कम्युनिस्ट पार्टीको ब्यानरमा संगठनको यो तरिका जसलाई ब्यानरमा लेनिनवादी भनिन्छ, यो भन्दा विरोधाभाष अरु केही छैन। ’

नेता भुषालले सिद्दान्तमा छलफल नगर्दा डेमोक्रेसी झन् झन् डिरेल भएर व्यक्तिगत स्वार्थपूर्ति खासगरी गुटहरूको मण्डली वा एक अर्थमा फेडेरेसन, काउन्सिल जस्तो बन्न जाने धारणा राखे। ‘दलाल पुँजीवाद सबै पार्टीलाई भित्रैसम्म एकखालको क्यान्सर सेकेण्ड स्टेज, फस्र्ट स्टेजमा त होइन। कुन कुन कमिटीलाई कहाँसम्म गाँजेको छ त्यो अर्कै कुरा हो। त्यो क्यान्सरको भाइरसले पार्टीहरूमा सिद्दान्तको स्पेसलाई कच्याककुचुक्क पारिदिएको छ। त्यसकारण फोरममा छलफल हुन जरुरी छ,’ उनले भने। उनले राम्रो माक्र्संवादी पार्टी बन्यो भने लिबरल डेमोक्रेटको पनि राम्रै पार्टी बन्छ एक सय वर्षको संगठित कम्युनिस्ट आन्दोलनको इतिहासमा कम्युनिस्ट पार्टीको नाममा यत्रो जनमत संसदीय लोकतान्त्रिक प्रणालीबाट कहीँ पनि आएको थिएन। सानो मुलुक भएकाले खुम्चिएका छौं, फ्रान्स, युरोपमा भएको भए सारा बौद्धिक विमर्श हाम्रै वरिपरि भइरहने जिकिर गरे।

‘स्पेशनमा सोसलिस्ट पार्टीले जित्दा ठूलो डिस्कोर्स चलिरहेको छ। स्पेन, पोर्चुगल, फ्रान्स जर्मनी जस्तो आर्थिक अवस्था भएको भए हामीले संसार हल्लाउँथ्यौं,’ उनले भने। उनका अनुसार यो उपलब्धिलाई सैद्दान्तिक, ऐतिहासिकरूपले विश्लेषण गर्ने नेताहरू पनि नभएको बताए। ‘किनभने धेरैजसोलाई के लागेको छ भने, हिजोको राजाले खाए, त्यसपछि कांग्रेसले खाए, अब हाम्रो पालो, जनताले हामीलाई त्यो पालो पु¥याउन दिएका हुन्। राजनीतिक, बौद्धिक हैसियत कमजोर भएपछि तल छौं। राजनीतिक र मिडिया क्षेत्र दुवैबाट कसरी योगदान गर्न सकिन्छ, सोचौं। अब मुद्दालाई मुद्दा बनाउने कुरामा केन्द्रित होऔं,’ उनले भने। कार्लमाक्र्स द्धिशतवार्षीकी समारोह समितिका संयोजक समेत रहेका भुषालले यही वैशाख २२ गते कार्लमाक्र्सबारे एक समारोहको आयोजना गर्ने गर्ने बताए। नेता भुषालले सो समारोहपछि प्रदेशस्तरमा कार्यक्रम गरेर २० हजार युवालाई माक्र्सवाद पढाउने कार्यक्रम रहेको पनि जानकारी दिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस