के सहमति भयो एमाले र माओवादीबीच?
०२ असोज २०६७
•
७ मिनेट पाठ
के सहमति भयो एमाले र माओवादीबीच?
काठमाडौं, असोज २(नागरिक)- नेपालीब् कांग्रेसको १२ औं महाधिवेशन सुरु हुन केही घन्टामात्रै बाँकी छँदा एकीकृत माओवादी र एमालेबीच राष्ट्रिय सहमतिको आधारमा प्रधानमन्त्रीको निर्वाचन प्रक्रिया अघि बढाउने सहमति भएको छ। शुक्रबार बिहान माओवादी र एमालेका शीर्ष नेताबीच भएको वार्तामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री उम्मेदवारी फिर्ता लिने र नयाँ प्रक्रिया सुरु नभएसम्म दुवै दलले निर्वाचन प्रक्रियामा भाग नलिने सहमति गरिएको हो।




सात पटकसम्मको असफल निर्वाचन प्रक्रियाले सकारात्मक निष्कर्षमा पुग्न नसकिने बताउँदै दुवै दल नयाँ शिराबाट राष्ट्रिय सहमतिका आधारमा प्रधानमन्त्री चयन गर्न सहमत भएका हुन्। माओवादी अध्यक्ष दाहाल र एमाले अध्यक्ष झलनाथ खनालले हस्ताक्षर गरेको संयुक्त वक्तव्यमा 'प्रधानमन्त्री उम्मेदवार पुष्पकमल दाहालले नयाँ शिराबाट राष्ट्रिय सहमतिको आधारमा प्रधानमन्त्री चयनको प्रक्रिया अघि बढाउने उद्देश्यले उम्मेदवारी फिर्ता लिने र एकीकृत माओवादी जारी निर्वाचन प्रक्रियामा सहभागी नहुने' उल्लेख छ। त्यस्तै 'प्रधानमन्त्री निर्वाचनको वर्तमान प्रक्रिया अन्त भई नयाँ प्रक्रिया आरम्भ नभएसम्म एमाले पनि निर्वाचन प्रक्रियामा सहभागी नहुने' वक्तव्यमा छ।
माओवादी अध्यक्ष दाहाल आफैंले पनि प्रधानमन्त्रीको दौड छाडिदिएको बताए। 'दुई/चार दिनयताको अत्यासलाग्दो वातावरणबाट मुलुकलाई मुक्त गराउन मैले प्रधानमन्त्रीको 'रेस' छाडिदिएँ,' कांग्रेस महाधिवेशनमा शुभकामना मन्तव्य दिँदै दाहालले भने, 'सहमतितिर जाने निर्णय भयो। तटस्थतातिर गएको पार्टी (एमाले) पनि तटस्थता होइन नयाँ वातावरण बनाएर जान सहमत भएको छ।' एमाले राष्ट्रिय सहमतिको सरकार बन्नुपर्छ भन्दै सात पटकसम्मको निर्वाचनमा तटस्थ वसेको थियो।
माओवादी अध्यक्ष दाहालले कांग्रेसलाई पनि आफ्नो उम्मेदवारी फिर्ता लिन आग्रह गरे। 'यो तपाईंहरू सबैलाई (महाधिवेशनमा) छलफल गर्ने विषय हो। सल्लाह गरेर सहमतिमा आउनुहुन्छ वा कमजोरीका रूपमा लिनुहुन्छ? तपाईंहरूको महाधिवेशनलाई छाडिदिएको छु,' दाहालले भने।
प्रधानमन्त्री माधवकुमार नेपालले पनि राष्ट्रिय सहमतिको सरकार गठन गर्ने दिशामा अघि बढ्न एमाले र माओवादीबीच भएको सहमतिले सकरात्मक भूमिका निर्वाह गर्ने बताए। उनले सहमतिका लागि सहयोग गर्न कांग्रेससँग आग्रह गरे।
कांग्रेसबाट प्रधानमन्त्रीको उम्मेदवारी दिएका रामचन्द्र पौडेलले भने सहमतिप्रति आपत्ति प्रकट गरेका छन्। 'प्रधानमन्त्री चुन्ने कुरामा पूर्ण सहमति भन्नु संसारकै नौलो विषय हो,' उनले भने, 'यो निर्दलीय वा एकदलीय व्यवस्थामा होला, तर लोकतन्त्रमा सहमतिमा प्रधानमन्त्री चुन्ने अपवादमात्रै हुन्छ। अपवादको यो पासोमा नेपाललाई कति दिन झुण्ड्याउने हो?' माओवादीले हतियारको राजनीति छाडे आफूले पनि प्रधानमन्त्रीको दौड छाडिदिने उनको भनाइ थियो।
व्यवस्थापिका संसदको सबभन्दा ठूलो दल माओवादी र तेस्रो ठूलो दल एमालेबीचको सहमतिले कांग्रेसलाई पनि प्रधानमन्त्रीको उम्मेदवारी फिर्ता लिन दबाब परेको छ। माओवादी वा एमालेको सहयोगविना कांग्रेसले व्यवस्थापिका संसदमा सामान्य बहुमतसमेत पुर्याओउन सक्ने अवस्था नभएकाले कांग्रेसलाई उम्मेदवारी फिर्ता लिन दबाब परेको हो।
एमाले महासचिव ईश्वर पोखरेलले सहमतिलाई कांग्रेसले पनि सकारात्मक रुपमा लिनुपर्ने बताए। नेतृत्वको विषयमा छलफल गरेर अघि बढनुपर्ने उनको भनाइ छ।
दुई पार्टीबीचको सहमतिलाई यसअघि माओवादीले एमालेका उम्मेदवार खनालको पक्षमा मतदान गर्ने भनी गरेको निर्णयको निरन्तरताका रूपमा पनि लिइएको छ। राष्ट्रिय-अन्तर्राष्ट्रिय परिस्थिति आफू अनुकूल नभएकाले पनि माओवादीलाई सहमतिका लागि दबाब परेको थियो।
गैरीधारास्थित एमाले कार्यकर्ता अर्जुन कार्कीको घरमा भएको वार्तामा दुवै पार्टीका प्रमुख नेता उपस्थित थिए। एमालेबाट अध्यक्ष खनालका साथै महासचिव ईश्वर पोखरेल, वरिष्ठ नेता तथा प्रधानमन्त्री माधवकुमार नेपाल, स्थायी कमिटी सदस्य केपी शर्मा ओली र सचिव विष्णु पौडेल थिए भने माओवादीवाट अध्यक्ष दाहालका साथै उपाध्यक्षत्रय मोहन वैद्य, बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ, नेताहरू रामबहादुर थापा र देव गुरुङ थिए।
वार्तामा एमाले नेता नेपाल र ओलीको उपस्थितिलाई अर्थपूर्ण रुपमा लिइएको छ। ओलीले सार्वजानिक रूपमै कांग्रेस उम्मेदवारलाई मतदान गर्नुपर्ने बताउँदै आएका थिए। प्रधानमन्त्री नेपालले त्यस अभियानमा सहयोगीको भूमिका निर्वाह गरेका थिए।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस