काठमाडौं, असोज ४ (नागरिक) - माओवादी लडाकुको समायोजन तथा पुनर्स्थापना गर्न गठित सेना समायोजन विशेष समिति सचिवालयमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले प्रथम श्रेणीका एक-एक अधिकृत प्रतिनिधि पठाएका छन्।
स्रोतका अनुसार, प्रधानमन्त्री माधवकुमार नेपालले शान्ति प्रक्रिया अघि बढाउन गृहमन्त्रीको समेत कार्यभार समालेकी रक्षामन्त्री विद्या भण्डारी, शान्ति मन्त्री रकम चेमजोङ, मुख्यसचिव, गृहसचिव, रक्षासचिव, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका प्रमुखसहितको बैठक राखेपछि चार सदस्य थप गर्न पत्र पठाउने निर्णय आइतबार भएको थियो।
भदौ ३१ गतेको विशेष समिति बैठकले आठ सदस्यीय प्राविधिक समितिमा चार सदस्य थप गरेर त्यसलाई सचिवालय मान्यता दिने निर्णय गरेको थियो। माओवादीले भने सदस्य तोकिसकेको छैन। त्यसबमोजिम सेनाले युद्धकार्य निर्देशक सहायकरथी महेश कार्की, प्रहरीले सशस्त्र निर्देशनालयका डिआईजी केशबहादुर शाही र सशस्त्र प्रहरीका सीमा सुरक्षा विभागका डिआईजी सिंहबहादुर श्रेष्ठको नाम सचिवालयमा पठाएको हो।
सचिवालयमा एक जना जनसेनाको प्रतिनिधि राख्ने सहमति भए पनि आइतबार बेलुकीसम्म माओवादीले नाम पठाएका थिएनन्। प्राविधिक समितिमा माओवादीका चन्द्रप्रकाश खनाल, कुलबहादुर केसी, कांग्रेसका बालानन्द शर्मा, शम्भुराम सिम्खडा, एमालेका गोपालसिंह बोहरा, दीपकप्रकाश भट्ट र मधेसी जनाधिकार फोरमका रामानन्द मिश्र तथा सदानन्द कुर्मी सदस्य छन्।
यसअघि लडाकुको रेखदेख, नियन्त्रण र निर्देशन प्रक्रिया र आचारसंहिताबारे माओवादी र सरकारपक्षबीच सैद्धान्तिक भइसकेको छ। सचिवालयको पूर्ण गठन भइसकेपछि माओवादी लडाकुलाई सचिवालय मातहात राखेर समायोजन तथा पुनर्स्थापना प्रक्रिया थालनी गरिनेछ।
माओवादीले सचिवालयमा माओवादी सेना प्रमुख नन्दकिशोर पुनलाई संयोजक बनाउनुपर्ने माग राख्दै आएको थियो। सरकार पक्षधरले सबैलाई मान्य हुने स्वतन्त्र व्यक्तिको नेतृत्वमा सचिवालय गठनको प्रस्ताव गरेको थियो। अहिलेको सचिवालयमा कसको संयोजकत्व हुने भन्ने सहमति भइसकेको छैन।
प्राविधिक समितिले सचिवालयको संरचना निर्माणमा सरकारलाई तीन विकल्प सुझाएको थियो, पहिलोः माओवादी प्रतिनिधिसहित विभिन्न सुरक्षा निकायबाट एकएक जना प्रतिनिधि समावेश गर्ने, दोस्रोः सुरक्षाविद्, पूर्वसचिव, द्वन्द्वविद्सहितको विशेषज्ञ टीम बनाउने र तेस्रोः प्राविधिक समितिको मातहातमा संयुक्त सचिवालय राख्ने। सरकारले पहिलो र तेस्रो विकल्पको मिश्रित संरचनाको सचिवालय बनाएको हो।