प्रतिनिधिसभा निर्वाचन: १ करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र
२० माघ २०८२
•
१ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचन: १ करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र
फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर १ करोड ८९ लाख ३ हजार ६८९ मतदाताले मतदान गर्न पाउने भएका छन्। निर्वाचन आयोगका अनुसार फागुन २० गतेसम्म १८ वर्ष पूरा हुने नेपाली नागरिकहरु मतदाता सूचीमा समावेश  हुन पाउने भएका छन्।  




फागुन २१ को निर्वाचनमा  ७७ वटा जिल्लाका १६५ निर्वाचन क्षेत्रमा देशभर १० हजार ९६७ मतदानस्थल र २३ हजार ११२ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ । जसमा कुल मतदातामध्ये पुरुषको सङख्या ९६ लाख ६३ हजार ३५८  र महिला को सङख्या ९२ लाख ४० हजार १३१ रहेका छन् । अन्य मतदाताको सङख्या भने २०० रहेको छ । 

निर्वाचन आयोगकले तिन वटै भुभाग र सबै जिल्लाको लागी  मतदानस्थल र मतदान केन्द्रको व्यवस्थापन पूरा गरेको जनाएको छ । जसमा हिमाली जिल्लाहरु मनाङ, मुस्ताङ, डोल्पा, हुम्लामा  कम मतदाता भए पनि आवश्यक रुपमा  मतदान केन्द्र तोकिएको छ। 

आयोगका अनुसार सबैभन्दा धेरै मतदाताहरु रापेछापमा छन् भने रुपन्देही, मोरङ, झापा, धनुषा, कैलाली, दाङ, काभ्रेपलाञ्चोक लगायतका जिल्लामा एक निर्वाचन क्षेत्रमा एक लाखभन्दा बढी मतदाता रहेको आयोगले जनाएको छ । 

    
अर्को समाचार
प्रतिनिधिसभा निर्वाचन: एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र
१३ माघ २०८२
•
२ मिनेट पाठ
प्रतिनिधिसभा निर्वाचन: एक करोड ८९ लाख मतदाता, २३ हजार मतदान केन्द्र
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सामेल हुने प्रदेशगत मतदाता विवरण सार्वजनिक भएको छ। निर्वाचन आयोगले सार्वजनिक गरेको तथ्याङ्कअनुसार देशैभर एक करोड ८९ लाद तीन हजार ६८९ जना मतदाता छन्।  यस्तै आयोगले १० हजार ९६७ ठाउँमा मतदान स्थल निर्धारण गरेको छ भने, २३ हजार ११२ वटा मतदान केन्द्र तोकिएका छन्।




आयोगका अनुसार प्रदेशगत रूपमा सबैभन्दा बढी ३६ लाख ८२ हजार ३१० मतदाता बागमती प्रदेशमा छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा १० लाख ३७ हजार २५० मतदाता छन्। बागमती प्रदेशमा पुरुष मतदाता संख्या १८ लाख ५२ हजार ३७८, महिला मतदाता संख्या १८ लाख २९ हजार ९०५ र अन्य मतदाता १४ जना छन्। बागमती प्रदेशमा कुल एक हजार ८१५ मतदान स्थल र ४ हजार ३४१ मतदान केन्द्र तोकिएको छन्। 

कोसी प्रदेशमा कुल मतदाता संख्या ३५ लाख ७४ हजार ३१० रहेको आयोगले जनाएको छ। जसमध्ये महिला मतदाता १७ लाख ४६ हजार ७३ जना, पुरुष मतदाता १८ लाख २८ हजार २१३ र अन्य २४ जना रहेका छन्। यस्तै प्रदेशमा एक हजार ९०७ मतदान स्थल र ४ हजार २७० मतदान केन्द्र तय भएका छन्।

यस्तै मधेस प्रदेशमा कुल मतदाता ३६ लाख ३६ हजार ४१४ रहेकामा पुरुष १९ लाख ७२ हजार ९६४, महिला मतदाता  १६ लाख ६३ हजार ३७४ र अन्य ७६ जना छन्। मधेस प्रदेशभर दुई हजार १६० मतदान स्थल र चार हजार ४७१ मतदान केन्द्र निर्धारण गरिएका छन्। 

उता गण्डकी प्रदेशमा कुल मतदाता संख्या १८ लाख ७० हजार ६५ छ। त्यसमध्ये ९ लाख १४ हजार ५३५ पुरुष, ९ लाख ५५ हजार ५१६ महिला र १४ जना अन्य मतदाता छन्। यहाँ एक हजार २९७ मतदान स्थलमा दुई हजार ३९६ मतदान केन्द्र तोकिएका छन्। 

यस्तै लुम्बिनी प्रदेशमा कुल मतदाता ३३ लाख ८६ हजार ६८० रहेकामा पुरुष १७ लाख १५  हजार १६३, महिला १६ लाख ७१ हजार ४७९ र ३८ जना अन्य मतदाता छन्। यहाँ एक हजार ६७१ मतदान स्थलमा तीन हजार ९९८ मतदान केन्द्र तोकिएका छन्। 

कर्णाली प्रदेशमा कुल मतदाता १० लाख ३७ हजार २५० रहेकामा पुरुष पाँच लाख २७ हजार ८८६ रहेका छन् भने महिला पाँच लाख नौ हजार ३६१ छन्। यस्तै अन्य मतदाताको संख्या तीन जना रहेको छ। यहाँ ९४१ मतदान स्थलमा एक हजार ४३७ मतदान केन्द्र तोकिएका छन्। 

यस्तै सुदूरपश्चिम प्रदेशमा कुल १७ लाख १६ हजार ६६० मतदाता रहेकामा पुरुष आठ लाख ५२ हजार २१९, महिला आठ लाख ६४ हजार ४२३ र अन्य १८ जना मतदाता छन्। 

सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थलमा दुई हजार १९९ मतदान केन्द्र निर्धारण गरिएको छ। 
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock ४ मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस