जनताको प्रधानमन्त्री म हुँ : दाहाल
०७ असार २०६६
•
३ मिनेट पाठ
जनताको प्रधानमन्त्री म हुँ : दाहाल
काठमाडौं, असार ७ (नागरिक)- एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले जनताको प्रधानमन्त्री आफू भएको बताएका छन्। 'जनताको प्रधानमन्त्री म हुँ', उनले भने- कसैले भनेको मानिदिने संकेत मात्र दिएको भए अहिलेसम्म म नै प्रधानमन्त्री भइरहने थिए।
मकवानपुरको दामनमा थाहा आन्दोलनका प्रवर्तक रुपचन्द्र बिष्टको शालिक अनावरण गर्ने क्रममा उनले यो बताएका हुन।




दाहालले यसअघि दामनमा उनले बिहान पत्रकारसँग नागरिक सर्वोच्चता कायम गर्न तेस्रो जनआन्दोलनको तयारीमा पार्टी रहेको जानकारी पनि उनले दिएका थिए। "कठपुतली सरकारविरुद्ध निर्णायक तेस्रो आन्दोलन गर्ने तयारीमा माओवादी छ"- दाहालले भनेका थिए। तेस्रो जनआन्दोलनको नेतृत्व एकीकृत नेकपा माओवादीले नै गर्ने पनि उनले बताएका थिए। राष्ट्रवादी,देशभक्त र नागरिक समाजसहितको मोर्चा बनाएर तेस्रो जनआन्दोलको गर्ने उनको तर्क छ।

"आन्दोलनले राष्ट्रघाती, प्रतिक्रियावादी, दलाल र अवसरवादीहरुलाई समाप्त पार्ने छ" उनले भने, "यो बुख्याचाहरुको सरकार हो। यसले नेपाली जनतालाई दासमात्र बनाउँछ।"

दाहालले नेपालको इतिहासमा यस्तो सरकार कहिल्यै नबनेको दाबी गर्दै प्रभुहरुले बनाइदिएको सरकारबाट जनताले आशा गर्न व्यर्थ रहेको बताए। बर्तमान सरकारले लोकतन्त्र र संविधानको बलत्कार गरेको आरोपसमेत उनले लगाए।

संविधानसभालाई निरही बनाउन खोजेको जिकीर गर्दै अध्यक्ष दाहालले एमाले नेतृत्वको सरकार संविधानसभा विगठन गर्ने षडयन्त्रमा लागेको आरोप लगाए।

एमाले नेतृत्वको वर्तमान सरकारले नागरिक सर्वोच्चताको उपहास गरेर सैनिक सर्वोच्चतालाई प्राथमिकता दिँदै गएको आरोप दाहालले लगाए।
अहिलेको सरकार कठपुतली मात्र भएकोले नागरिक सर्वोच्चता र लोकतन्त्रको रक्षाका लागि जननिर्वाचित सरकारको जरुरी रहेको अध्यक्ष दाहालको दाबी थियो।

आइतबार मात्र प्रधानमन्त्री माधव नेपालले आफू विरुद्ध धेरै विष वमन नगर्न अध्यक्ष दाहाललाई आग्रह गरेका थिए। तर, दाहाल विगतमा भन्दा सोमबार नेपाल नेतृत्वको सरकार प्रति धेरै आक्रोशित रुपमा प्रस्तुत भए।

प्रधानमन्त्री नेपालले दाहल बढी आक्रोशित भए माओवादीको पोल खोल्ने चेतावनी शनिबार दिएका थिए।

 
अर्को समाचार
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
०८ जेष्ठ २०७४
•
२ मिनेट पाठ
गणतन्त्र दिवस जनताको सहभागितामा मनाउनुपर्छ : प्रधानमन्त्री दाहाल
काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यही जेठ १५ गतेको गणतन्त्र दिवसलाई जनताको सहभागितामा विविध कार्यक्रमसहित भव्यरुपमा मनाइने बताएका छन् । 




‘गणतन्त्र दिवस मूल समारोह समिति’ को सिंहदरबारस्थित गृह मन्त्रालयमा सोमबार बसेको बैठकलाई सम्बोेधन गर्दै प्रधानमन्त्री ‘प्रचण्ड’ ले गणतन्त्र दिवस मनाउने नाममा औपचारिता मात्र पूरा गर्नेभन्दा पनि जनताको माझमा जनता सँगसँगै बनाउने प्रतिबद्धता व्यक्त गरे । 

गणतन्त्र दिवस नेपालको इतिहासमा युगान्तकारी दिन भएकाले सबैको सल्लाह र सुझावका आधारमा दिवसलाई व्यवस्थित, सभ्य र भव्य रूपमा मनाउने उनको भनाइ छ । 

“कसैले जिल्ने वा हार्नेभन्दा पनि पहिलो चरणको निर्वाचन निष्पक्ष, शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै देशले जित्नु हो, यो निर्वाचन अत्यन्तै शान्तिपूर्ण र धाँधलीरहित रुपमा सम्पन्न हुनु नै ठूलो कुरा हो” – प्रधानमन्त्री ‘प्रचण्ड’ ले भने। 

पहिलो चरणको निर्वाचन जसरी दोस्रो चरणको निर्वाचन पनि शान्तिपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुकलाई आर्थिक विकासको बाटोमा अगाडि बढाउनुपर्ने उनको भनाइ छ । 

बैठकमा सभामुख ओनसरी घर्ती र उपप्रधान ताथ गृहमन्त्री विमलेन्द्र निधिलगायत उपस्थित थिए । 
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस