काठमाडौं, असोज ९ (नागरिक) - नेपाली काग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलको अगुवाईमा भएको काग्रेस नेताहरुको वैठकले एकीकृत नेकपा माओवादी र एमालेबीचको सहमति 'जालझेलपुर्ण राजनीति' भएको निष्कर्ष निकालेको छ। शुक्रबार पार्टी संसदीय दलको कार्यलयमा भएको वैठकले काग्रेसलाई अलग्याएर गरेको सहमतिप्रति आशंका प्रकट गरेको हो।
'एमाले र माओवादीले काग्रेसलाई अलग्याएर गरेको सहमति जालझेलपुर्ण राजनीति भएको आशंका हामीलाई लागेको छ', काग्रेस नेता अर्जुन नरसिंह केसीले भने।
काग्रेसले यस्ता सहमति ब्यक्तिकेन्दीत नभएर विषय केन्द्रीत हुनुपर्ने बताएको छ। 'नत्र शून्यताको मात्रै निरन्तरता हुन्छ', केसीले भने। संसदमा प्रवेश गराएको विषय टुंगोमा नपुर्याई अन्त्य गर्न नसकिने भन्दै काग्रेसले उम्मेदारी फिर्ता नगर्ने संकेत दिएको छ। 'संसदमा प्रवेश गराएको प्रक्रिया टुंगो नलगाई अन्त्य गर्न मिल्दैन', केसीले भने।