महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक
०१ असार २०७६
•
९ मिनेट पाठ
महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक
काठमाडौं - कानुन निर्माण व्यस्त रहनु पर्ने संसदीय समितिका बैठक नियमित बस्न नसक्दा समितिमा पठाएका विधेयक महिनौंदेखि अल्झिएका छन्। दोस्रो अधिवेशनदेखि संसदीय समितिमा पठाइएका विधेयक चौंथो अधिवेशनसम्ममा पनि सकिएका छैनन्। चौंथो अधिवेशनमा थप ११ विधेयक संसदीय समितिमा पुगेका छन्। मिनी संसद् मानिने समितिमा यतिबेला २१ विधेयक छन्। तीमध्ये प्रतिनिसभामाका समितिमा १८ र राष्ट्रियसभा समितिमा ३ विधेयक छन्।




सरकारले संसद्मा दर्ता गरेका विधेयकहरू संसद्मा अल्झिएपछि कानुन निर्माण गर्ने थलो कानुन अल्झाउने थलोमा परिणत हुन थालेको टिप्पणी हुन थालेको छ। सरकारले बिजनेस दिएन भनेर सभामुखले सरकारसँग विभिन्न समयमा आग्रह गरे पनि सरकारले संसद्मा विधेयक ल्याएपछि भने सभामुखले विधेयकको गतिबारे चासो देखाएका छैनन्। सभामुख कृष्णबहादुर महराले सभापतिलाई विधेयक छिटो पारित गर्न कुनै निर्देशन नदिए पनि अर्थ समितिले भने सबैभन्दा छिटो विधेयक पारित गर्दै आएको अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले भने। उनले असार महिनाभरिमा विधेयक समितिबाट सदनमा पेस गर्ने बताए।

‘हामी असारको ७, ८ देखि लगातार बैठक राख्ने तयारीमा छौं, असारभरिमा हामी सबै विधेयकको काम सक्ने छौंं,’ उनले भने। संसद्को ‘फूल हाउस’ मा विनियोजन विधेयक २०७६ का विभिन्न शिर्षकमाथिको छलफल जारी भए पनि संसदीय समितिले विधेयकमाथि छलफल गर्न कुनै कठिनाइ नहुने संसद् सचिवालयका एक अधिकारीले बताए।

प्रतिनिधिसभाको राज्य व्यवस्था समिति, अर्थ समिति, उद्योग समिति, महिला समिति, विकास समिति, शिक्षा समिति र कानुन तथा मानवअधिकार समितिमा विधेयकहरू थन्किएर रहेका छन्। नयाँ कानुन निर्माण गर्ने क्रममा सरकारले संसद्मा दर्ता गरेका विधेयकमध्ये महŒवपूर्ण विधेयक संसदीय समितिमा नै आएका छन्। विधेयकमाथि संशोधनकर्ता, सरोकारवाला, कानुनविद्सँग छलफल गरेर विधेयकलाई संसद्को ‘फूल हाउसमा’ पठाउने जिम्मेवारी समितिलाई छ। सरकारले बलपूर्वक संसद् ल्याएका कतिपय विधेयकलाई संसदीय समितिले होसियारीपूर्वक छलफल गर्नुपर्ने अवस्था आएको कांग्रेसका एक सांसद्ले बताए।

प्रस्तावित विधेयकमाथि कुन तरिकाले छलफल गर्ने संशोधनलाई कसरी अध्ययन गर्ने जस्ता विषयमा समितिका सदस्यले ध्यान नदिएमा विधेयक जनअपेक्षा अनुरुप नआउने खतरा पनि देखिएको उनले बताए। प्रतिनिधिसभाको अर्थ समितिमा बिमा विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक रहेका छन्।

विधेयक समितिमा पुगेर अस्तव्यस्त भएको समितिमध्ये राज्य व्यवस्था समिति एक हो। यो समितिमा सबैभन्दा बढी विधेयक भए पनि धेरै विधेयकमाथि छलफल सुरु नै भएको छैन। छलफल भएका विधेयक पनि आधी बाटोमा अलपत्र छन्। यो समितिमा नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७५, संघीय निजामती सेवा विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५ रहेका छन्। पछिल्लो समय केही दिन यो समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल गरेको थियो। यस विधेयकमा कूटनीतिक कर्मचारीमा प्रशासनका कर्मचारी लैजाने र मुख्यसचिव करारमा राख्ने कुरा ल्याएर समितिले विवाद मात्रै बढाएको थियो।

कानुन न्याय तथा मानवअधिकार समितिमा प्रशासकीय अदालत विधेयक २०७५ रहेको छ यसमा प्रशासकीय इजलास राख्ने कि अदालत नै रहने भन्ने विषयमा विवाद आएका कारण यो विधेयक अलपत्र परेको छ। राष्ट्रियसभाले प्रशासकीय इजलास राख्ने कुरा पारित गरेर पठाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिमा औद्योगिक व्यवसाय विधेयक, सेफ्गार्डस् एन्टिडम्पिङ् तथा काउन्टरभेलिङ् विधेयक २०७५ भर्खर पुगेका छन्। महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक र कृषि समितिमा वन विधेयक, वातावरण संरक्षण विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ पनि गत जेठ १३ गते मात्रै पुगेका हुन्।

विकास तथा प्रविधि समितिमा सूचना प्रविधिसम्बन्धी विधेयक २०७५, विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ छन्। सूचना प्रविधि विधेयकलाई गत चैतमा नै सक्ने बताए पनि यो समितिले केही परिवर्तन गर्न सकेको छैन। सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने विषय यो विधेयकमा राखेर विधेयक ल्याएको छ। शिक्षा तथा स्वास्थ्य समितिमा परमाणविक विधेयक २०७५ दुई महिना देखि छ। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा रहेका प्रमाण ऐन (दोस्रो संशोधन) विधेयक, संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ रहेका छन्।

राहदानी विधेयक राष्ट्रपतिबाट फिर्ता आएको छ। त्यसबारे पनि कुनै छलफल भएको छैन। जीवनाशक विषादी व्यवस्थापन विधेयक र भू–उपयोग विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सन्देशको जानकारी आएका छन्। यसलाई प्रतिनिधिसभाले पारित गरेको छैन। यसैबीच, प्रतिनिधिसमा दर्ता भएका शान्ति र सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको दू्रततर निर्माण तथा विकाससम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, राष्ट्रिय मानवअधिकार आयोग विधेयक, बीउ बिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयक, विरूवा संरक्षण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक, खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी आठ विधेयक छन्।

राष्ट्रियसभामा नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६, गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५, खेलकुदको विकास सम्बन्नधमा व्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता भएका छन् भने गुठी विधेयकमा सामान्य छलफलसमेत भएको अवस्था छ।
अर्को समाचार
महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक
०२ असार २०७६
•
९ मिनेट पाठ
महिनौंदेखि मिनी संसद्मा अल्झिए विधेयक
काठमाडौं - कानुन निर्माण व्यस्त रहनु पर्ने संसदीय समितिका बैठक नियमित बस्न नसक्दा समितिमा पठाएका विधेयक महिनौंदेखि अल्झिएका छन्।दोस्रो अधिवेशनदेखि संसदीय समितिमा पठाइएका विधेयक चौंथो अधिवेशनसम्ममा पनि सकिएका छैनन्। चौंथो अधिवेशनमा थप ११ विधेयक संसदीय समितिमा पुगेका छन्। मिनी संसद् मानिने समितिमा यतिबेला २१ विधेयक छन्। तीमध्ये प्रतिनिसभामाका समितिमा १८ र राष्ट्रियसभा समितिमा ३ विधेयक छन्।




सरकारले संसद्मा दर्ता गरेका विधेयकहरू संसद्मा अल्झिएपछि कानुन निर्माण गर्ने थलो कानुन अल्झाउने थलोमा परिणत हुन थालेको टिप्पणी हुन थालेको छ। सरकारले बिजनेस दिएन भनेर सभामुखले सरकारसँग विभिन्न समयमा आग्रह गरे पनि सरकारले संसद्मा विधेयक ल्याएपछि भने सभामुखले विधेयकको गतिबारे चासो देखाएका छैनन्। सभामुख कृष्णबहादुर महराले सभापतिलाई विधेयक छिटो पारित गर्न कुनै निर्देशन नदिए पनि अर्थ समितिले भने सबैभन्दा छिटो विधेयक पारित गर्दै आएको अर्थ समिति सभापति कृष्णप्रसाद दाहालले भने। उनले असार महिनाभरिमा विधेयक समितिबाट सदनमा पेस गर्ने बताए।

‘हामी असारको ७, ८ देखि लगातार बैठक राख्ने तयारीमा छौं, असारभरिमा हामी सबै विधेयकको काम सक्ने छौंं,’ उनले भने। संसद्को ‘फूल हाउस’ मा विनियोजन विधेयक २०७६ का विभिन्न शिर्षकमाथिको छलफल जारी भए पनि संसदीय समितिले विधेयकमाथि छलफल गर्न कुनै कठिनाइ नहुने संसद् सचिवालयका एक अधिकारीले बताए।

प्रतिनिधिसभाको राज्य व्यवस्था समिति, अर्थ समिति, उद्योग समिति, महिला समिति, विकास समिति, शिक्षा समिति र कानुन तथा मानवअधिकार समितिमा विधेयकहरू थन्किएर रहेका छन्। नयाँ कानुन निर्माण गर्ने क्रममा सरकारले संसद्मा दर्ता गरेका विधेयकमध्ये महत्वपूर्ण विधेयक संसदीय समितिमा नै आएका छन्। विधेयकमाथि संशोधनकर्ता, सरोकारवाला, कानुनविद्सँग छलफल गरेर विधेयकलाई संसद्को ‘फूल हाउसमा’ पठाउने जिम्मेवारी समितिलाई छ। सरकारले बलपूर्वक संसद् ल्याएका कतिपय विधेयकलाई संसदीय समितिले होसियारीपूर्वक छलफल गर्नुपर्ने अवस्था आएको कांग्रेसका एक सांसद्ले बताए।

प्रस्तावित विधेयकमाथि कुन तरिकाले छलफल गर्ने संशोधनलाई कसरी अध्ययन गर्ने जस्ता विषयमा समितिका सदस्यले ध्यान नदिएमा विधेयक जनअपेक्षा अनुरुप नआउने खतरा पनि देखिएको उनले बताए। प्रतिनिधिसभाको अर्थ समितिमा बिमा विधेयक २०७५, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक २०७५, राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) पहिलो संशोधन विधेयक रहेका छन्।

विधेयक समितिमा पुगेर अस्तव्यस्त भएको समितिमध्ये राज्य व्यवस्था समिति एक हो। यो समितिमा सबैभन्दा बढी विधेयक भए पनि धेरै विधेयकमाथि छलफल सुरु नै भएको छैन। छलफल भएका विधेयक पनि आधी बाटोमा अलपत्र छन्। यो समितिमा नेपाल नागरिकता(पहिलो संशोधन) विधेयक २०७५, राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विधेयक २०७५, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय) विधेयक २०७५, संघीय निजामती सेवा विधेयक २०७५, प्रहरी समायोजन विधेयक २०७५ रहेका छन्। पछिल्लो समय केही दिन यो समितिले संघीय निजामती सेवा विधेयकमाथि छलफल गरेको थियो। यस विधेयकमा कूटनीतिक कर्मचारीमा प्रशासनका कर्मचारी लैजाने र मुख्यसचिव करारमा राख्ने कुरा ल्याएर समितिले विवाद मात्रै बढाएको थियो।

कानुन न्याय तथा मानवअधिकार समितिमा प्रशासकीय अदालत विधेयक २०७५ रहेको छ यसमा प्रशासकीय इजलास राख्ने कि अदालत नै रहने भन्ने विषयमा विवाद आएका कारण यो विधेयक अलपत्र परेको छ। राष्ट्रियसभाले प्रशासकीय इजलास राख्ने कुरा पारित गरेर पठाएको छ। उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्त हित समितिमा औद्योगिक व्यवसाय विधेयक, सेफ्गार्डस् एन्टिडम्पिङ् तथा काउन्टरभेलिङ् विधेयक २०७५ भर्खर पुगेका छन्। महिला तथा सामाजिक समितिमा ज्येष्ठ नागरिक पहिलो संशोधन विधेयक र कृषि समितिमा वन विधेयक, वातावरण संरक्षण विधेयक, भूमिसम्बन्धी (आठौं संशोधन) विधेयक २०७५ पनि गत जेठ १३ गते मात्रै पुगेका हुन्।

विकास तथा प्रविधि समितिमा सूचना प्रविधिसम्बन्धी विधेयक २०७५, विज्ञापन (नियमन गर्ने) विधेयक २०७५ छन्। सूचना प्रविधि विधेयकलाई गत चैतमा नै सक्ने बताए पनि यो समितिले केही परिवर्तन गर्न सकेको छैन। सरकारले सामाजिक सञ्जाल नियन्त्रण गर्ने विषय यो विधेयकमा राखेर विधेयक ल्याएको छ। शिक्षा तथा स्वास्थ्य समितिमा परमाणविक विधेयक २०७५ दुई महिना देखि छ।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिमा रहेका प्रमाण ऐन (दोस्रो संशोधन) विधेयक, संघ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक २०७५, शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक २०७५ रहेका छन्।

राहदानी विधेयक राष्ट्रपतिबाट फिर्ता आएको छ। त्यसबारे पनि कुनै छलफल भएको छैन। जीवनाशक विषादी व्यवस्थापन विधेयक र भू–उपयोग विधेयक राष्ट्रियसभाबाट पारित भई प्रतिनिधिसभाबाट सन्देशको जानकारी आएका छन्। यसलाई प्रतिनिधिसभाले पारित गरेको छैन।

यसैबीच, प्रतिनिधिसमा दर्ता भएका शान्ति र सुरक्षा विधेयक, राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनाको दू्रततर निर्माण तथा विकाससम्बन्धी विधेयक, राष्ट्रिय सुरक्षा परिषद् विधेयक, औद्योगिक व्यवसाय विकास प्रतिष्ठान (पहिलो संशोधन) विधेयक, राष्ट्रिय मानवअधिकार आयोग विधेयक, बीउ बिजन ऐन २०४५ लाई संशोधन गर्न बनेको विधेयक, विरूवा संरक्षण ऐन २०६४ लाई संशोधन गर्न बनेको विधेयक, खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक गरी आठ विधेयक छन्।

राष्ट्रियसभामा नेपाल इन्जिनियरिङ परिषद् (पहिलो संशोधन) विधेयक २०७६, गुठी सम्बन्धि कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५, खेलकुदको विकास सम्बन्नधमा व्यवस्था गर्न बनेको विधेयक २०७५ दर्ता भएका छन् भने गुठी विधेयकमा सामान्य छलफलसमेत भएको अवस्था छ।
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस