आज नवौँ चुनाव, कांग्रेसकै सभासद् उम्मेदवारी फिर्ताका पक्षमा
१३ असोज २०६७
•
५ मिनेट पाठ
आज नवौँ चुनाव, कांग्रेसकै सभासद् उम्मेदवारी फिर्ताका पक्षमा
राप्रपा-राजपाले पनि मत नदिने-
माधव ढुङ्गेल, काठमाडौं, असोज १४- एकीकृत माओवादी र एमालेले प्रधानमन्त्रीका एक्ला उम्मेदवार रामचन्द्र पौडेललाई फिर्ता गर्न कांग्रेसलाई दबाब बढाएका छन्। माओवादी, एमालेलगायत संसदमा झन्डै दुई तिहाइ संख्या रहेका ११ दलले नयाँ प्रक्रियामा जान सामूहिक आग्रह गरेका हुन्।

जारी प्रक्रियाबाट प्रधानमन्त्री चुन्न नसकिने माओवादी पहलमा बुधबार सिंहदरबारमा भएको बैठकको निष्कर्ष छ।
'तत्काल उम्मेदवारी फिर्ता लिई नयाँ शिराबाट प्रधानमन्त्री चयनको प्रक्रिया बढाउने कार्यमा सहयोग पुर्‍याउन कांग्रेसलाई अनुरोध गर्दछौं,' बैठकपछि जारी संयुक्त विज्ञप्तिमा उल्लेख छ।

आठौं चुनावसम्म लगातार कांग्रेसका पौडेललाई मत दिँदै आएका राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीले पनि बिहीबारको चुनावमा मत नदिने भएका छन्। बैठकमा उपस्थित भएर माओवादी-एमालेजस्तै 'नो भोट' गर्ने वा जाँदै नजाने भन्ने टुंगो नलागे पनि उनलाई भोट नदिने पक्का भएको जनशक्ति पार्टीसम्बद्ध स्रोतले जानकारी दियो।

आठौं चुनावमा अन्तिम पटक भोट दिने सहमतिमा पौडेललाई समर्थन गरेको राप्रपाको दबाबमा राजपा पनि भोट नदिने निर्णयमा पुगेको हो। यी २ दलका गरी ११ सभासद् छन्।
११ दलले जारी प्रक्रिया अन्त्य गरी नयाँ प्रक्रियामा जान 'नियमावलीअनुसारको उपयुक्त पहल गर्न' सभामुखलाई आग्रह गरेका छन्। 'सभामुखले बाधा-अड्काउ फुकाउको अधिकार प्रयोग गरेर भए पनि यो प्रक्रिया अन्त्य गर्नुपर्‍यो,' बैठकको निर्णयबारे माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए। बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष झलनाथ खनाल, फोरम अध्यक्ष उपेन्द्र यादवलगायत नेकपा संयुक्त, एकीकृत, माले-समाजवादी, सद्भावना पाटी (आनन्दीदेवी), नेपाली जनता दल, जनमुक्ति पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च र नेपाः राष्ट्रिय पार्टीका नेताहरू सहभागी थिए। नेपाल मजदुर किसान पार्टीका प्रतिनिधि भने बैठकमा गएनन्। ती ११ दलका संसदमा कायम ५९८मध्ये जम्मा ३९० सिट छ।

बुधबारै एमाले र माओवादीले कांग्रेससँग छुट्टाछुट्टै छलफल गरी नयाँ प्रक्रियामा जान उम्मेदवारी फिर्ता लिन आग्रह गरेका छन्। कांग्रेसले भने पहिले सहमतिका बुँदा पहिचान गरी त्यसमा सहमति नभएसम्म फिर्ता नगर्ने बताउँदै आएको छ। 'एमाले र माओवादी दबाबमा पौडेलले प्रस्ताव फिर्ता गर्लान् भन्ने भ्रममा नपरे हुन्छ,' कांग्रेस मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले भने, 'शान्ति प्रक्रियाको टुंगो लगाउने, वाइपसएलको ब्यारेकी संरचना भंग, कब्जासम्पत्ति फिर्ता गरी माओवादी नागरिक पार्टी बन्नुपर्ने कांग्रेसको अडान हो।
संसद्को बहुमत सभासद् विपक्षमा रहेपछि कांग्रेसभित्रै पनि पौडेलले उम्मेदवारी फिर्ता गर्नुपर्ने धारणा आउन थालेको छ। 'कांग्रेस संसदवादी हो, संसदीय व्यवस्थामा बहुमतले जे भन्यो त्यो मान्नुपर्छ,' कांग्रेस सभासद् रमेश लेखक लेखकले नागरिकसँग भने, 'संसदको बहुमतले नयाँ प्रक्रियामा जाने भनेकाले कांग्रेसले जिद्दी गर्नु हुँदैन।'

संसद्मा बिहीबार नवौं पटक प्रधानमन्त्री चुनाव हुँदैछ। सातौंपटकसम्मको चुनावमा आफ्नो पक्षमा समर्थन जुटाउन क्रियाशील माओवादी बुधबार दिनभर पौडेलको उम्मेदवारी फिर्ता गराउन सक्रिय थियो। एकमात्र उम्मेदवार भएको कांग्रेस आफ्नो पक्षमा मत माग्न उत्साहित देखिएन।

सात पटकसम्म बहुमत पुर्‍याउन नसकेपछि असोज १० गते माओवादी उम्मेदवार दाहालले नयाँ प्रक्रियामा जान भनी फिर्ता लिएका हुन्।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस