महेश्वर चामलिङ राई, उदयपुर, असोज १४- राजतन्त्र र हिन्दू राष्ट्रको वकालत गर्दै देश दौडाहामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमाल थापाले उधारो राष्ट्रपतिको प्रलोभनमा परेर नेपालमा गणतन्त्र स्थापना गरिएको बताएका छन्। थापाले गिरिजाले राष्ट्रपति हुन पाउने उधारो आश्वासनमा राजा हटाएर देशलाई गणतन्त्रमा धकेलेको पनि बताए।
बिहीबार गाईघाटमा सुरु पार्टीको प्रथम जिल्ला अधिवेशन उद्घाटन कार्यक्रममा थापाले तत्कालीन नेपाली कङ्ग्रेस सभापति कोइरालाले गणतन्त्रमा देशलाई लानुअघि एक मिनेट पनि छलफल नगरेको आरोपसमेत लगाए। 'कम्तीमा एक घण्टा छलफल गरेको भए हुन्थ्यो नि तर, एक मिनेट पनि छलफल गर्न दिइएन'- उनले वीरेन्द्रको वंशनाशपछि ज्ञानेन्द्रलाई राजा बनाउने पनि तिनै कोइराला र माधव नेपाल भएको बताए।
'जनताले ज्ञानेन्द्रलाई राजा बनाएर राखेका होइनन्'- उनको भनाई थियो। ०६२/६३ को जनआन्दोलनको भावना गणतन्त्र स्थापना नभएको बताउँदै उनले भने- जनआन्दोलन निरंकुशताविरुद्ध मात्र लक्षित थियो, गणतन्त्रमा जाने भनिएको थिएन।' जनआन्दोलन दल र माओवादीबीच भएको १२ बुँदे सम्झौताअनुसार भएको र सम्झौताको सार राजतन्त्र हटाउने नभएर निरंकुशता मात्र अन्त्य गर्ने भन्ने रहेको उनको कथन थियो।
थापाले माओवादीको एजेन्डामा कङ्ग्रेस र एमाले हिँडेको बताउँदै राजादेखि माओवादीसम्म अटाउने लोकतन्त्र हुनुपर्ने बताए। अन्तरिक संविधानका कारण प्रधान मन्त्री चयन हुन नसकेको बताउँदै उनले देश बचाउने हो भने सबै दलका नेताले पार्टीभन्दा माथि उठेर एउटा स्वाभिमानी नेपाली भएर सोच्नुपर्ने बेला आएको सुझाव पनि दिए। आफ्नो पार्टी संविधानसभामा नचाहँदा नचाहँदै पनि प्रजातान्त्रिक अभ्यासका लागि सहभागी भएर अहिले सबै दलसँग एउटै डुङ्गामा सवार रहेको बताउँदै उनले भने- डुङ्गा पल्टियो भने नेपाल र नेपालमा रहेका सबै पार्टी डुब्न सक्छन्।