महानगरका सिसी क्यामेरा हात्तीको देखाउने दाँतजस्तै
१९ असार २०७६
•
८ मिनेट पाठ
महानगरका सिसी क्यामेरा हात्तीको देखाउने दाँतजस्तै
चितवन - सवारी दुर्घटना, आपराधिक गतिविधि निगरानी, नियन्त्रण र अनुसन्धान गर्न सहयोगी हुने अपेक्षासहित भरतपुरको मुख्य बजार क्षेत्रमा राखिएका अधिकतर सिसी क्यामेरा नचलेर उपयोगविहीन बनेका छन्। नगरमा ठाउँ–ठाउँमा सिसी क्यामेरा राखेको त देखिन्छ तर तिनको उपयोगिता हात्तीको देखाउने दाँतभन्दा बढी छैन।




जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख, प्रहरी उपरीक्षक दानबहादुर मल्लका अनुसार सडक तथा बजारमा हुने गतिविधि अनुगमनका लागि राखिएका सिसी क्यामेराले काम नगर्दा अनुसन्धान तथा प्रमाण संकलनमा समस्या भइरहेको छ। ‘नारायणगढ बजार क्षेत्रको पुल्चोक र चौबीस–कोठीमा रहेको सिसी क्यामेरामात्रै सञ्चालनमा रहेको छ,’ उनले भने, ‘अन्य स्थानका सबै क्यामेरा मर्मत गर्नुपर्ने भएका छन्।’ सिसी क्यामेराको फुटेजबाट अपराध अनुसन्धानमा सहयोग हुने भएकाले बिग्रिएका क्यामेरा मर्मतका लागि महानगरपालिकासँग सहकार्य गर्ने काम अघि बढाएको उनले बताए।

जिल्लामा सिसी क्यामेरा राख्न जिल्लास्थित सरकारी कार्यालय, तत्कालीन स्थानीय निकाय र व्यवसायीहरूको सहकार्यमा २०६६ साउनमा द थर्ड भिजन, चितवन नामक संस्था स्थापना गरियो। त्यसको दुई वर्षपछि संस्थाद्वारा संकलित ४५ लाख ८० हजार रुपैयाँको लागतमा २९ वटा सिसी क्यामेरा खरिद गरी २०६८ साउनमा सिसी क्यामेरा जडान गरिएको थियो। क्यामेराको रेकर्डिङ सर्भर उद्योग वाणिज्य संघ र जिल्ला प्रहरी कार्यालयमा राखियो।

चितवन भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको सडक क्षेत्रलाई समेट्ने गरी राखिएका सबै क्यामेरा बिग्रिएका छन्। सिसी क्यामेरा बिग्रिँदा अपराध अनुसन्धानमा समस्या उत्पन्न भएको छ।

तर कालान्तरमा चट्याङ, दुर्घटना र पोलहरू सार्नुपर्ने जस्ता कारणले ती सिसी क्यामेरामध्ये अधिकतर बिग्रिए। आपूर्तिकर्ता संस्थासँग समयमा क्यामेरा मर्मत गर्ने खर्च भएन। जिल्ला प्रहरी कार्यालयमा रहेको रेकर्डिङ सर्भर पनि बिग्रियो। प्रहरीमा रहेको सर्भर बिग्रिएपछि उद्योग वाणिज्य संघमा रहेको सर्भरलाई प्रहरी कार्यालयमा सारियो। पछि २०७२ सालमा बिग्रेका क्यामेरा केही क्यामेरा मर्मत गरिए भने आठ स्थानमा आठवटा नयाँ सिसी क्यामेरा जडान गरिए। ती पनि २०७४ सालमा बिग्रिए र भरतपुर महानगरपालिकाले पाँच लाख रुपैयाँ खर्च गरेर मर्मत गर्नुप-यो।

द थर्ड अनुसार सिसी क्यामेरा जडान र सञ्चालनका लागि विभिन्न सरकारी निकाय तथा संघ–संस्थाबाट २०६६ सालदेखि २०७५ असार मसान्तसम्म ७८ लाख १८ हजार रुपैयाँ संकलन भएको थियो, जसमध्ये हालसम्म ७८ लाख १२ हजार रुपैयाँ खर्च भइसकेको छ। हाल चितवनमा भरतपुर महानगरपालिकामा ३७ वटा, ईच्छाकामना गाउँपालिकाको मुग्लिन बजार क्षेत्रमा चारवटा क्यामेरा राखिएका छन्।

सवारीसाधनले वन्यजन्तुलाई ठक्कर दिएर घाइते बनाउने, मार्ने घटना बढेपछि २०७३ असारमा चितवन, टिकौली वन क्षेत्रमा १० वटा सिसी क्यामेरा राखिए। राष्ट्रिय निकुञ्जको सक्रियतामा विश्व वन्यजन्तु कोषअन्तर्गतको तराई भूपरिधि कार्यक्रमको सहयोगमा १६ लाख रुपैयाँको लगानीमा ती क्यामेरा जडान गरिएका थिए। भरतपुरको गोन्द्राङदेखि रत्ननगरको टिकौलीसम्मको सडक क्षेत्रलाई समेट्ने गरी राखिएका ती सबै क्यामेरा बिग्रिएका छन्।

जिल्लामा राखिएका अधिकतर सिसी क्यामेरा काम नगर्ने भएपछि गत फागुनमा ‘चितवनमा सिसीटिभी जडान र विस्तार’ विषयमा अध्ययन गर्न कार्यदल गठन भएको थियो। कार्यदलले जिल्लामा सिसी टिभी राखिएका स्थान, थप राख्नुपर्ने स्थानका बारेमा सम्पूर्ण स्थानीय तहमा पुगेर अध्ययन प्रतिवेदन तयार गरेको कार्यदलका संयोजक दिनेश चुके बताउँछन्। कार्यदलले ईच्छाकामना गाउँपालिकाका नौ स्थानमा १७ वटा क्यामेरा राख्नुपर्ने औंल्याएको छ। अहिले गाउँपालिकाको मुग्लिनमा चारवटा क्यामेरा राखिएका छन्। भरतपुर महानगरपालिकामा २३ स्थानमा ३७ वटा क्यामेरा राखिएकामा ९१ स्थानमा एक सय ६० वटा क्यामेरा राख्नुपर्ने आवश्यकता रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।

संयोजक चुकेका अनुसार खैरहनी नगरपालिकाको ६ स्थानमा आठवटा, कालिका नगरपालिकाको आठ स्थानमा १२ वटा, राप्ती नगरपालिकाको ६ स्थानमा १२ वटा, रत्ननगर नगरपालिकाको १० स्थानमा १५ वटासहित जिल्लाका ६ वटा स्थानीय तहका एक सय २९ वटा ठाउँमा खुई सय आठवटा क्यामेरा राख्नुपर्ने आवश्यकता देखिएको छ। ‘कुन स्थानमा कति वटा, कस्तो–कस्तो क्यामेरा राख्नुपर्छ भन्ने विवरणसहित प्रतिवेदन तयार गरिएको छ’ उनले भने, ‘कति वटा मुभेवल, कति वटा नर्मल क्यामेरा कहाँ राख्ने भनेर विस्तृतमा अध्ययन गरेका छौं।’

आवश्यक सबै स्थानमा क्यामेरा राख्नका लागि ८४ लाख ३९ हजार रुपैयाँ लागत लाग्ने बताइएको छ। जडान भएको तीन वर्षसम्म मर्मत र सञ्चालनका लागि २७ लाख रुपैयाँ लागत लाग्ने अनुमानसमेत प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदन तयार गरेर गृह मन्त्रालयमा बुझाए पनि हालसम्म कुनै पहल हुन नसकेको चुकेले बताए। ‘बढ्दो सहरीकरण, बसाइँसराइले बढेको जनसंख्याको चाप, जिल्लाको भौगोलिक अवस्थिति र संवेदनशीलताका कारण जिल्लाको शान्ति–सुरक्षाको अवस्था चुनौतपूर्ण छ,’ चुकेले भने, ‘त्यसैले स्थानीय निकायले सिसी क्यामेरा जडान र मर्मत–सम्भारलाई प्राथमिकता दिनुपर्छ।’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस