अर्को बैठक भोलि सवा १२ बजे-
काठमाडौं, असोज १९ (नागरिक)- तीन ठूला दलको बैठकमा कङ्ग्रेसले प्याकेजमा सहमति खोज्न माओवादी तयार भए प्रधान मन्त्रीका लागि दिइएको उम्मेद्वारी फिर्ता लिन सकिने जानकारी दिएको छ। भोलि हुने प्रधान मन्त्रीको निर्वाचनबारे छलफल गर्न आयोजित यी ठूला दलको बैठकमा कङ्ग्रेसले यस्तो धारणा अघि सारेको हो।
कङ्ग्रेस नेता अर्जुननरसिंह केसीले आफूहरुले माओवादी प्याकेजमा सहमति खोज्न तयारमात्र भए पनि उम्मेद्वारी फिर्ता लिन सकिने जानकारी दिएको बताए। विषयगत सहमतिको जग निर्माण नगरी सहमति हुन सक्दैन, केसीले भने- त्यसैले पनि हामीले प्याकेजमा सहमति हुनुपर्छ भन्ने कुरा उठाएका हौं।
यसैगरी अर्का कङ्ग्रेस नेता रामचन्द्र पौडेलले सहमति प्याकेजमा हुने भए आफूहरु सहमतिका लागि तयार भएको जानकारी गराएको सञ्चारकर्मीमाझ बताए। माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने प्रधान मन्त्रीको उम्मेद्वारी फिर्तालाई प्याकेजमा नहाल्न जोड दिएका थिए। उम्मेद्वारीसहित प्याकेजमा सहमति गर्ने भन्ने कुरा गलत हो- श्रेष्ठले भने।
आजको बैठकमा सहमति हुन नसकेपछि प्रधान मन्त्री निर्वाचनको विषयलाई लिएर बुधबार सवा १२ बजे एमाले संसदीय दलको कार्यालयमा बैठक हुने भएको छ। यद्यपि कङ्ग्रेस नेता केसीले भने बुधबारको प्रधान मन्त्रीको चुनाव हुने नै बताए। 'त्यसले तात्त्विक परिणाम भने ल्याउँदैन'- केसीले भने।
माओवादीले उम्मेद्वारी फिर्ता लिन कङ्ग्रेसलाई गरेको आग्रह उसले अस्वीकार गरेको थियो।
कङ्ग्रेस संसदीय दलको कार्यालयमा भएको बैठकमा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, कङ्ग्रेसबाट रामचन्द्र पौडेल, विमलेन्द्र निधी तथा एमालेबाट अध्यक्ष झलनाथ खनाल र विष्णु पौडेललगायत् सहभागी छन्।