कार्यकर्ता पोस्दै ठिक्क
०७ साउन २०७६
•
१० मिनेट पाठ
कार्यकर्ता पोस्दै ठिक्क
दाङ - विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन्। त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो। दुई वर्ष यता भने स्थिति फेरिएको छ। स्थानीय तहले जनप्रतिनिधि पाएका छन्। साथै सर्वसाधारणले विकासको समानुपातिक वितरण प्रणालीको अपेक्षा गरेका छन्। तर गत दुई वर्षको अभ्यासले भने जनअपेक्षा पूरा हुने कुनै संकेत गरेको छैन। स्थानीय सरकारको दुई वर्षको गतिविधिले जनतालाई पुरानो शासन प्रणालीको भन्दा फरक अनुभूति गराउन सकेको छैन। बरु गाउँगाउँमा सिंहदरबारका नाममा सञ्चालित स्थानीय सरकारप्रतिको विश्वसनीयता खस्किँदै जान थालेको छ।

‘हामीसँग सर्वसाधारणको जुन अपेक्षा थियो, त्यो पूरा हुन सकेन,’ घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘जनप्रतिनिधि चुनिएको दुई वर्षसम्म पनि जनपक्षीय काम गर्न नसकेका हामीप्रति सर्वसाधारणको विश्वसनीयता घट्दै जानु अस्वाभाविक होइन।’

स्थानीय तहबाट वडामा वितरण हुने थुप्रै आयोजनाबारे वडाध्यक्षलाई समेत थाहा दिइँदैन । कार्यकर्ताको जोडबलका कारण वडालाई छलेर सीधै विकास आयोजना गाउँसम्म पुगेका दृष्टान्त थुप्रै छन् ।

विकासमा खेलाँची

घोराही उपमहानगरपालिकाले घोराही बजार क्षेत्रमा सडक स्तरोन्नतिका नाममा पिच थप्ने योजना सुरु ग¥यो। आर्थिक वर्षको अन्तिममा सुरु गरिएको कालोपत्रे स्थानीय बजारवासीले उप्काएर फालिदिए। कारण थियो ‘कच्चो विकास।’ सडक मर्मतका नाममा गरिएको पिच जमेन। सडकमा छरिएका गिटीले दुर्घटनाको जोखिम बढाए। स्थानीय बासिन्दा उपमहानगरपालिकाविरुद्ध सडकमै उत्रिए। स्थानीयको चर्को विरोधपछि उपमहानगरपालिका उक्त कामबाट पछि हट्यो। ‘सर्वसाधारणबाट चर्को विरोध भएपछि पिचको काम स्थगित गरिएको हो,’ उपमहानगरपालिकाले विज्ञप्तिमार्फत भन्यो, ‘निर्माणमा भएको खेलाँचीबारे अध्ययन गर्छौं।’

उपमहानगरपालिकाले निर्माणको जिम्मा लिएका ठेकेदारलाई यसको दोषी बनायो। तर रहस्य त के रहेछ भने उपमहानगरपालिकाले बजार क्षेत्रमा गरेको उक्त पिचमा नयाँ प्रयोग गरेको रहेछ। निर्माणको जिम्मा पाएका निर्माण व्यवसायी कृष्ण ओलीका अनुसार बजार क्षेत्रमा गरिएको उक्त रिसिलिङ पिच ठूला राजमार्गमा मात्रै गरिन्छ। बजार क्षेत्रका साना सडकमा यस्तो पिच गर्नै नहुने निर्माण व्यवसायी ओलीले बताए। ‘यो पिच ठूला गाडी कुद्ने सडकमा मात्रै गरिने हो, ठूला गाडीको चापले सडकमा छरिएको छर्री गड्ने हो तर उपमहानगरपालिकाले बजारका साना रोडमा यस्तो पिच गर्ने योजना ल्याएर गल्ती गरेको हो,’ उनले भने, ‘मैले इस्टिमेटअनुसार काम गरेको हुँ। यो पिच बजार क्षेत्रमा सम्भव छैन भनेर जानकारी पनि गराएको हुँ। विचार हुन्छ काम गरौं भनेर उपमहानगरपालिकाका जिम्मेवार मान्छेले मलाई काम गर्न भन्नुभएको हो।’

यो सडकमात्रै होइन, उपमहानगर क्षेत्रमा भएका यस्ता थुप्रै आयोजनामा खेलाँची गरिएको छ। निर्माण भएको छोटो समयमै ती आयोजना ध्वस्तसमेत भएका छन्। नेपाली कांग्रेसले केही दिनअघि मात्रै उपमहानगरपालिकाले गरेका विकास निर्माणको अनुगमन ग¥यो। अनुगमनमा आम जनमानसले अपेक्षा गरेअनुसारको विकास गाउँसम्म नपुगेको निष्कर्ष निकाल्यो। ‘गाउँगाउँमा सिंहदरबार आउने भनेर जुन किसिमका घोषणापत्र सार्वजनिक गरिए, तीअनुसारको एक प्रतिशत पनि काम हुन सकेको छैन,’ कांग्रेस दाङका सचिव शंकरप्रसाद डाँगीले भने, ‘गाउँगाउँमा सिंहदरबारका नाममा स्थानीय सरकारलाई सीमित केही व्यक्तिका लागि मनमौजी गर्ने केन्द्र बनाइएको छ।’

जिल्लाको अर्को उपमहानगर तुलसीपुरले गरेका विकास निर्माणको हालत पनि उस्तै छ। उपभोक्ता समितिमार्फत सम्पन्न गरिनुपर्ने आयोजना ठेक्का लगाएर कच्चो विकास गरेको बलियो उदाहरण यो उपमहानगरपालिका बनेको छ। ‘उपभोक्ताहरुमार्फत सकिनुपर्ने आयोजनाको काम सीधै ठेकेदारले हात पारेका छन्’, एक वडाध्यक्षले भने, ‘यसरी निर्माण गरिएका आयोजनाहरु यतिसम्म कच्चा छन् कि, निर्माण पूरा भएलगत्तै ध्वस्त भएका छन्।’

बाहुबली कार्यकर्ता

दलीय प्रतिस्पर्धाबाट चुनिएका जनप्रतिनिधि पदमा आसीन हुँदा राजनीतिक आग्रहपूर्वाग्रहदेखि टाढा हुने लख काटिएको थियो। यसर्थ समानुपातिक विकासको अपेक्षा सर्वसाधारणको थियो। तर साझा व्यक्तिका रुपमा पदमा आसीन जनप्रतिनिधिमा राजनीतिक रङ दुई वर्षको अवधिसम्म पनि मेटिन सकेन। विकासे आयोजनामा समेत राजनीतिक आग्रहपूर्वाग्रहले भरपूर काम गरिरहेको छ। जनप्रतिनिधिले आफ्नो भोट बाहुल्य क्षेत्रमा विकास आयोजना पार्न बढी चासो देखाइरहेका छन्। त्यसैले आवश्यकता भएको थलोमा विकास नदिएर कार्यकर्ता पोस्ने काम गरिरहेको भन्दै स्थानीय सरकारको आलोचना भइरहेको छ। ‘भनसुनका आधारमा विकास आयोजना बाँड्ने काम भइरहेको छ,’ घोराही ५ का वडाध्यक्ष विष्णुमणि दाहालले भने, ‘हामीले यो प्रवृत्तिको विरोध गर्दै आएका छौं तर पनि बहुमतको दम्भ चलिरहेको छ।’

वडा तहका विकास निर्माण आयोजना सम्बन्धित वडाको सिफारिसका आधारमा मात्रै वितरण हुनुपर्ने स्थानीय सरकार सञ्चालन ऐन, २०७४ मा उल्लेख छ। तर यहाँका स्थानीय तहबाट वडा तहमा वितरण हुने थुप्रै आयोजनाबारे वडाध्यक्षले थाहा पनि पाउँदैनन्। कार्यकर्ताको जोडबलका कारण स्थानीय तहमार्फत वडालाई छलेर सीधै विकास आयोजना गाउँसम्म पुगेका दृष्टान्त जिल्लामा थुप्रै छन्। ‘हामीले हाम्रो क्षमताले योजना ल्यायौं भनेर वडामा सिफारिस माग्न आउनेहरु धेरै छन्,’ तुलसीपुर उपमहानगरपालिका ११ का वडासदस्य सुवास डाँगीले भने, ‘कार्यकर्ताको भनसुनका आधारमा वडालाई छलेर आयोजना गाउँ पुग्छन्। वडाभन्दा बढी शक्तिशाली पार्टीका नेताकार्यकर्ता भएका छन्।’

घोराही उपमहानगरपालिकाका केही बैठक वडाध्यक्षहरुले बहिष्कारसमेत गर्दै आएका छन्। केही दिनअघि मात्रै आधा दर्जन वडाध्यक्षले उपमहानगरपालिकाको बजेट घोषणा कार्यक्रमलाई बहिष्कार गरे। यसको मूल कारण पनि विकास बजेटमा मनपरी वितरण थियो। ‘हामी विकासविरोधी हाइनौं, विकास योजना किन दिइयो भनेर विरोध गरेको पनि होइन,’ घोराही १५ का वडाध्यक्ष रमेशकुमार पाण्डेले भने, ‘तर प्रक्रिया मिचेर हामीलाई थाहै नदिई कार्यकर्तालाई विकास बजेट बाँड्ने प्रवृत्ति कतिसम्म ठीक हो ?’
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
६ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस