१२ औँ पटकको निर्वाचन पनि अर्थहीन-
काठमाडौँ, असोज २४ (नागरिक)- तीन प्रमुख दलको आज बिहान बसेको बैठकमा सहमति खोज्ने सहमति मात्रै भएका कारण आज हुन लागेको १२ औँ पटकको प्रधानमन्त्री निर्वाचन पनि अर्थहीन हुने निश्चित भएको छ।
आजको बैठकमा दुई तीन दिनभित्रै सहमति खोज्ने सहमति भएको छ। प्रधानमन्त्री निर्वाचनका लागि आज १२ औँ पटक व्यवस्थापिका संसदमा निर्वाचन हुँदैछ। दशैँअगाडि हुने यो अन्तिम निर्वाचन हो। अर्को निर्वाचन कात्तिक ९ गते हुने कार्यव्यवस्था परामर्श समितिको बैठकले यसअघि नै निर्णय गरिसकेको छ।
आजको निर्वाचनमा पनि प्रमुख दुई ठूला दल माओवादी र एमाले सहभागी हुने छैन। यी दुई दलले मतदान नगरेसम्म काँग्रेसका एक्ला उम्मेदवार रामचन्द्र पौडेलले बहुमत पुर्याउन असंभव छ।