काठमाडौं, कात्तिक ८- रक्षा मन्त्री विद्यादेवी भण्डारीले शान्ति प्रक्रिया टुङ्गोमा नपुगेसम्म तथा माओवादी लडाकुको व्यवस्थापन हुन नसकेसम्म नयाँ संविधान जारी हुन नसक्ने धारणा राखेकी छन्। मन्त्री भण्डारीले अहिलेको राष्ट्रिय राजनीतिको बाधक पनि माओवादी नै भएको आरोप लगाइन्।
नेकपा (एमाले) जिल्ला सङ्गठन कमिटी काठमाडौँले नेपाल संवत् ११३१ नववर्षलाई भव्यरुपमा मनाउन आज यहाँ आयोजना गरेको बृहत् भेलालाई सम्बोधन गर्दै उनले नयाँ संविधान समयमै जारी गर्न एकीकृत नेकपा माओवादीले हठ त्यागेर उदारता प्रदर्शन गर्नुपर्ने बताइन्।
उनले नेपाल संवतलाई राष्ट्रिय मान्यता प्रदान गर्न तथा शङ्खधर साख्वालाई राष्ट्रिय विभूतिको मान्यता दिलाउन एमालेले पहल गरेको बताउँदै यो नयाँ वर्षलाई सबैले भव्यताका साथ मनाउन आग्रहसमेत गरिन्।
भेलाले नयाँ वर्षलाई भव्यरुपमा मनाउन नौवटा विभिन्न उपसमितिसमेत गठन गरेको छ।
गठित उपसमितिहरुमा जलपान व्यवस्थापन, प्रचारप्रसार, आर्थिक, साँस्कृतिक कार्यक्रम, मञ्च व्यवस्थापन, रक्तदान कार्यक्रम, जनपरिचालन, स्वागत व्यवस्थापन र स्वयमसेवक व्यवस्थापन उपसमिति छन्।
कमिटीले नयाँ वर्षलाई भव्यरुपमा मनाउन कमिटीका संयोजक निर्मल कुइँकेलको संयोजकत्वमा एक हजार ५१ सदस्यीय नेपाल संवत् ११३१ नववर्ष समारोह समिति काठमाडौँ गठन गरेको थियो।
नव वर्ष ११३१ को प्रारम्भ कात्तिक २१ बाट हुनेछ।
- रासस