चिनियाँ समाजवाद प्रेरणा : प्रधानमन्त्री
०७ असोज २०७६
•
६ मिनेट पाठ
चिनियाँ  समाजवाद प्रेरणा : प्रधानमन्त्री
विचारगोष्ठीमा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिर : रासस
काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ मोडलको समाजवाद नेपालका लागि प्रेरणा रहेको बताएका छन्। नेपाली क्रान्तिको आफ्नै मोडल रहेको तथा नेपाल कम्युनिस्ट पार्टीको आफ्नै मौलिक सिद्धान्त रहेको चर्चा गर्दै उनले चिनियाँ समाजवाद नेपालका लागि प्रेरणा हुने बताएका हुन्। नेपाल कम्युनिस्ट पार्टी र चिनियाँ कम्युनिस्ट पार्टीबीचको संयुक्त विचारगोष्ठीमा सोमबार प्रधानमन्त्री ओलीले नेपाल चीनको विकासे मोडेलको साझेदार बन्न चाहेको बताए।




चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव सी चिन फिङको नेतृत्व र त्यहाँको कम्युनिस्ट पार्टीको पछिल्लो समाजवादी मोडलको उनले प्रशंसा गरे। विश्वको सर्वशक्तिमान मुलुकका रुपमा उदाएको चीन बलियाले सानालाई हेप्ने कतिपय राष्ट्रको नीतिमा सहभागी नभएको समेत उनले बताए।

नेकपाको अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले नेपाल–चीन सम्बन्ध स्वार्थको लेनदेनभन्दा निकै माथि रहेको बताउँदै चीनमा सी विचारधारामा आधारित विकास मोडलले आश्चर्यजनक प्रगति गरेको र त्यसले विश्वभर बहस सिर्जना गरेको टिप्पणी गरे। ‘चिनियाँ महासचिव सीको नेतृत्वमा गठित सरकार र त्यहाँको पार्टीले अंगीकार गरेका नीतिले विश्वमा नयाँ बहस सिर्जना गरेको छ। हाल विश्वमा दोस्रो आर्थिक र औद्योगिक राष्ट्रको रुपमा उदाएको चीनको विकास र प्रगति नेपालको विकासमा उदाहरणीय साझेदारी हुन सक्छ’, प्रधानमन्त्री ओलीले भने।

ओलीले मैत्रीपूर्ण आपसी सम्बन्धमा नेपाल र चीन, दुवै देशका सरकार सचेत रहेको बताए। उनले भने, ‘नेपाल सधैं एक चीन नीतिमा प्रतिबद्ध छ। हाम्रो भूमि र आकाश छिमेकी मुलुकको विरुद्ध प्रयोग हुँदैन। कुनै पनि देशको शान्तिसुरक्षा खलबल्याउने गरी बाह्य हस्तक्षेप नेपालका लागि सह्य हुँदैन।’ नेपाल सरकार यही असोज अन्तिम साता चीनका राष्ट्रपति सीको भ्रमण गराउने तयारीमा जुटेको छ।

कार्यक्रममा नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहालले पनि चीनका राष्ट्रपति सीको प्रशंसा गर्दै उनकै नेतृत्वमा बनेको सरकारले दोहोरो अंकको आर्थिक वृद्धदर हासिल गरेको समेत बताए। उनले विश्वमा कुनै पनि शासन प्रणालीले दिन नसकेको आर्थिक प्रगति सीको नेतृत्वले दिएको दाबी गरे। उनले बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालको पूर्वाधार विकासका लागि अपरिहार्य भएको बताए। ‘सोची विचारी बिआरआईसम्बन्धी समझदारीमा मेरै प्रधानमन्त्री कालमा हस्ताक्षर भएको हो। औद्योगिकीकरण तथा समाजिक विकासमा बिआरआईको महत्वपूर्ण भूमिका रहन्छ भन्ने मेरो धारणा छ’, दाहालले भने।

चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख सोङ ताओले आफूहरु नेपालका कम्युनिस्ट पार्टीसँग वैचारिक छलफल गर्न हिमाल पार गरेर आएको बताए। दुवै देशका सत्तारुढ कम्युनिस्ट पार्टी मिलेर जनताको विश्वास जिती मुलुकलाई विकासको नयाँ उचाइमा पु-याउनुपर्ने धारणा उनले व्यक्त गरे। उनले नेपाल दक्षिण एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र भएको बताए। उनले भने, ‘नेपाल साउथ एसियामा विशेषतायुक्त भू–राजनीतिक क्षेत्र हो, त्यसकारण चीनले बिआरआई प्रोजेक्ट लिएर आएको छ।’

‘केही वर्ष यता नेकपाले पनि जबज र २१ औं शताब्दीको जनवाद भनेको छ, यो शान्तिपूर्ण रुपान्तरणको बाटो नै हो’, उनले भने, ‘सी विचारले पनि शान्तिपूर्ण विकास गर्दै जनतालाई अगाडि बढाउँछ।’ नेकपाले पनि जनताको विकासलाई अगाडि बढाउँदै गरेको बताउँदै उनले चीन नेपाललाई सहयोग गर्न तयार रहेको स्पष्ट पारे। उनले नेपालमा चिनियाँ राष्ट्रपतिको भ्रमण हुने बताउँदै थपे, ‘चीन नेपालको विकासमा साझेदार रहन तयार छ।’ उनले चीन काठमाडौंमा आएर सिकाउन र सँगै काम गर्न तयार रहेको बताए। ‘हामी समावेशी र आपसी हितयुक्त काम गर्नेछौं। सी चिन फिङ नेपालसँग हातमा हात मिलाएर काम गर्न चाहनुहुन्छ। उहाँको धारणाअनुसार कम्युनिस्ट पार्टी जनताको जीवनस्तर उकास्ने काममै लाग्नुपर्छ’, उनले भने।

कार्यक्रममा नेकपा स्कुल विभागका प्रमुख ईश्वर पोखरेलले चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा अघि सारेको बिआरआई विश्वकै ठूलो परियोजनाका रुपमा चर्चित रहेको बताए। यसमा विश्वका ६५ भन्दा बढी देशले सहभागिता जनाइसकेको उनले जानकारी दिए।
अर्को समाचार
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
४५ मिनेट अघि
•
१ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
काठमाडौं। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।




नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ६ ले आज यहाँ आयोजना गरेको ‘पदस्थापन, बधाई तथा शुभकामना’ कार्यक्रममा उनले लोकतन्त्रको स्थायित्व र विकासका  लागि कांग्रेस एकताबद्ध हुन आवश्यक रहेको बताएका हुन्।

महामन्त्री पौडेलले पार्टीको वडा र क्षेत्रको निर्वाचन सम्पन्न भइसकेको र जिल्ला तथा प्रदेश अधिवेशन पनि छिट्टै हुने उल्लेख गरे। उनले पार्टीको १५औँ महाधिवेशनमा विभिन्न निकायमा पराजय भएका उम्मेदवारलाई आगामी दिनमा निर्वाचित हुनेगरी काम गर्न आग्रह गरे। 

महामन्त्री पौडेलले भने, 'जित्नेले हार्नेलाई सँगै लिएर अगाडि बढ्नुपर्छ, जनताको मुद्दामा कांग्रेस सँधै अगाडि लाग्नुपछ।'

उनले कांग्रेस नेपाली राजनीतिकको विश्वविद्यालय र बलिदान तथा समर्पणको इतिहास बोकेको पार्टी भएकाले शासन गर्न नभई सेवा गर्न बनेको पार्टी भएको महामन्त्री पौडेलको भनाइ छ। 

बहुदलीय लोकतान्त्रिक संसदीय व्यवस्थाको जग नेपाली कांग्रेसको विचारले बसालेको र आज हिजोका आलोचक तथा फरक धारका शक्तिले समेत सोही व्यवस्थालाई स्वीकार गरेको महामन्त्री पौडेलको भनाइ छ। उनले पार्टीका स्थानीय तहका नेता तथा कार्यकर्तालाई नागरिकलाई चित्त बुझ्ने गरी काम गर्न, सार्वजनिक जग्गाको संरक्षण गर्न, सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या बढाउन र न्यायको पक्षमा लड्न आग्रह गरे।

कांग्रेस काठमाडौं क्षेत्र नं ६ का सभापति ख्यामराज तिवारीले पार्टीका सबै तहका संरचना अब स्थानीय तहको निर्वाचनमा केन्द्रीत हुनुपर्ने बताए। उनले जनता र नागरिकसँग प्रत्यक्ष जोडिएर स्थानीय तहको निर्वाचनलाई लक्षित गरी सङ्गठन परिचालन गर्नुपर्ने उल्लेख गरे।

कार्यक्रममा काठमाडौं क्षेत्र नं ६ बाट पार्टीको केन्द्रीय समितिमा निर्वाचित हरिप्रभा खड्गी श्रेष्ठ, इन्जिनीयर लक्ष्मण केसी, श्यामकृष्ण खड्गी र अभिषेक आत्रेयलाई सम्मान गरियो।

यस्तै, कांग्रेस काठमाडौं महानगरका सभापति इन्जिनियर सुशन बैद्य, तारकेश्वर नगरपालिकाका सभापति श्यामकृष्ण सापकोटा, टोखा नगरपालिकाका सभापति उत्तम अधिकारी, प्रदेशसभा ‘क’ र ‘ख’ का सभापति तथा १५ वटै वडाका सभापतिलाई सम्मान गरिएको थियो।
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १० मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock २५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
यो पनि पढौँ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस