महेश्वर चामलिङ राई, उदयपुर, कात्तिक १० - नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा सभासद डा. नारायण खण्डकाले एमाओवादीलाई शान्ति र संबिधानका लागि सहमतिमा आउन आग्रह गरेका छन्।
सोमबार साँझ नेपाल प्रेस युनियन उदयपुरद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले सहमति नभए नेपाल थप संकटमा फस्ने चेतावनी दिए। एक वर्ष थप गरिएको समयमा पनि संविधान नबन्ने शंका ब्यक्त गर्दै उनले संविधान र शान्ति प्रक्रिया नेपाली काँग्रेसको पहिलो प्राथमिकता रहेको बताए।
लडाकुको सम्मानजनक समायोजन गरेर संबिधान निर्माणमा अघि बढ्नुको बिकल्प नभएको बताउँदै उनले त्यसका लागि माओवादीले भाषणमा मात्र सहमतिको कुरा नगरेर ब्यवहारमा उतार्नुपर्नेमा जोड दिए। 'टेवलमा बोल्दा, मञ्चमा भाषण गर्दाजस्तो प्रचण्डजीले सहमतिको पक्षधर भएर हुदैन' खड्काले भने '२०६२ मंसिर ४ गतेको १२ बुँदे सहमतिमा उल्लेख भएअनुसार गरेर देखाउनुपर्छ।'
सेना समायोजन कार्यमा माओवादी नै प्रमुख बाधक भएको भन्दै खड्काले सहमतिको पक्षधर देखिएका एमाले अध्यक्ष झलनाथ खनाललाई माओबादीलाई मनाएर आउन आग्रह पनि गरे। 'झलनाथजीले प्रचण्डजीलाई मनाएर ल्याउनुस् काँग्रेस अहिले नै सहमतिको सरकार बनाउन तयार छ' उनको आग्रह थियो। उनले प्रधानमन्त्रीका प्रत्यासी रामचन्द्र पौडेलको उम्मेदवारी फिर्ता लिएमा संबैधानिक संकट आउनसक्ने बताए। मंगलबार हुने तेह्रौं पटकको चुनावमा भाग लिने बताउदै खड्काले आवश्यक परे तेह्रपटक मात्र होईन, १३ सय पटकसम्म चुनाव लड्न तयार काँग्रेस तयार रहने उनले बताए 'सहमति भए जतिखेर भन्यो त्यतिखेर फिर्ता लिनसकिन्छ तर, सहमतिबेगर उम्मेदवारी फिर्ता लिदा संबैधानिक संकट उत्पन्न भए के गर्ने?'
संबैधानिक समितिको प्रतिबेदन अध्ययन समिति सदस्यसमेत रहेका उनले ११ वटा समितिबाट तयार प्रतिबेदन अध्ययन गर्ने सदस्यबीच नै कुरा नमिलेको खुलासा पनि गरे। संघीयता, मौलिक हक, शासकीय स्वरुप र दल स्थापनाको स्वतन्त्रतालगायत २२० वटा प्रश्नावलीमा दलहरुबीच मत बाझिएको उनले बताए। पार्टीको १२ औं महाधिबेशनबाट केन्द्रीय सदस्यमा निर्बाचित भएका नेपाली काँग्रेसका नेता एवं सभासद् डा. नारायण खड्कालाई यतिखेर पार्टी कार्यकर्ता र जिल्लाबासीको स्वागत ग्रहण गर्न भ्याईनभ्याई छ। कात्तिक ५ गते गृहजिल्ला उदयपुर आईपुगेका खड्काको चारदिनको बसाईमा आफ्नो निर्बाचन क्षेत्रका स्थानीय पार्टी इकाईदेखि जिल्लातहका भ्रातृ संगठनसम्मको बधाई र स्वागत थाप्नै हम्मेहम्मे भएको छ।