माधव ढुङ्गेल, काठमाडौं, कात्तिक ११ - सरकारले नीति-कार्यक्रमबिना नै बजेट ल्याउने प्रक्रिया अघि बढाएकोप्रति राष्ट्रपति रामवरण यादवले प्रधानमन्त्रीसँग असन्तोष व्यक्त गरेका छन्।
चीन भ्रमणमा हिंडेका राष्ट्रपति रामवरण यादवलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदा गर्न गएका प्रधानमन्त्रीसँग राष्ट्रपति यादवले असन्तोष व्यक्त गरेका हुन्।
स्रोतका अनुसार, राष्ट्रपति यादवले पहिले राष्ट्रपतिले संसद्मा गर्ने संबोधनमार्फत् नीति-कार्यक्रम पेश गर्ने, त्यसलाई धन्यवाद प्रस्तावका रूपमा संसदले पारित गरेपछि नीति-कार्यक्रममा आधारित भएर बजेट ल्याउने अभ्यासतर्फ राष्ट्रपतिले प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। कात्तिक १५ गते बजेट पेश गर्न समय माग्ने सरकार भने नीति-कार्यक्रमको तयारी नै नगरेका कारण अप्ठेरोमा परेको छ।
राष्ट्रपतिले नीति-कार्यक्रमबिना बजेट ल्याउन मिल्ने/नमिल्ने भनी प्रश्न गरेपछि प्रधानमन्त्री नेपालले सोको जानकारी सभामुख सुवासचन्द्र नेम्वाङलाई मंगलबारै गराएको स्रोतले जानकारी दियो। सभामुख नेम्वाङसँग यस विषयमा जिज्ञासा राख्दा उनले कुनै प्रतिक्रिया जनाएनन्। राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले राष्ट्रपति र प्रधानमन्त्रीबीच भएको कुराकानीबारे राष्ट्रपति कार्यालयलाई जानकारी नभएको बताए। राष्ट्रपति नभएकाले यस विषयमा कुनै कानूनी परामर्शको कार्यक्रम तय नभएको उनले जानकारी दिइ।
सत्तारूढ गठबन्धनभित्रकै सबैभन्दा ठूलो दल कांग्रेससँग पनि कामचलाउ हैसियतको सरकारले बजेट ल्याउनेबारे छलफलसम्म नगरेको मुख्य सचेतक लक्ष्मणप्रसाद घिमिरेले बताए। 'बजेट ल्याउनेबारे गरिराखेको चाहिं के छ यो सरकारले?', घिमिरेले आश्चर्य मान्दै प्रश्न गरे। उनले भने, 'के कसरी कस्तो बजेट ल्याउने भन्नेबारेमा कांग्रेससँग कुरा गरेको छैन तर अर्थमन्त्री बजेट पेश गर्ने मिति तोकेर सभामुखसँग समय माग्दैछन्।' एमाले अध्यक्ष खनालको काम चलाउ सरकारले बजेट ल्याउने नमिल्ने भन्ने तर प्रधानमन्त्री, अर्थमन्त्री र सञ्चारमन्त्रीको तत्कालै ल्याउने भन्ने विरोधाभाषपूर्ण अभिव्यक्तिबाट आफू आश्चर्यचकित भएको उनले बताए।