३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

राजनीतिक अस्थिरताले खेल क्षेत्र विकास हुन सकेनः रावल

अछाम- सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता भीम रावलले राजनीतिक अस्थीर वातावरण द्धन्द्ध र देशको आर्थिक अवस्था कमजोरीका कारणले खेलकुदको क्षेत्रमा विकास हुन नसकेको बताएका छन्।

सुदुरपश्चिम स्तरिय कराँते प्रतियोगिताको अछामको साँफेवगरमा उद्घाटन गर्दै रावलले भने, ‘गौतम बुद्ध र सगरमाथाको देशका नागरिक भएकोले हामीले खेल क्षेत्रको माध्यमबाट देशलाई स्थापित गर्न सक्यो भने राष्ट्रभक्ति अझ प्रगाढ हुनेछ’ रावलले भने। सुदुरपश्चिमका विभिन्न जिल्ला तथा क्षेत्रमा खेलकुद विकास र व्यवस्थित खेल मैदानको लागि सम्बन्धित ठाउँहरुमा आवाज उठाउने गरेको बताएका छन्।

कात्तिक ५ गते मंगलबारदेखि अछामको साँफेबगरमा सञ्चालन भएको प्रदेशस्तरिय प्रथम कराते प्रतियोगिताको सुरु भएको छ। राष्टिय गोजुरियो कराँते दो संघ नेपाल अछाम शाखाको आयोजनामा भएको कराँते प्रतियोगिता कातिक ७ गतेसम्म सञ्चालन हुने राष्ट्रिय गोजुरियो कराँते संघ अछामका अध्यक्ष प्रकाश शाहले जानकारी दिए। प्रतियोगितामा सुदुरपश्चिम प्रदेशका सबै ९ वटै जिल्लाबाट दुई सय जना कराँते खेलाडीहरुले सहभागिता जनाउने भएका छन्।

जिल्लामै पहिलो पटक सञ्चालन भइरहेको प्रदेश स्तरीय कराँते प्रतियोगीतामा जम्मा ५३ वटा ईभेन्टमा ५३ वटा स्वर्ण पदक, ५३ वटै रजत पदक र १ सय ६ वटा काँस्य पदकका लागि प्रतिष्पर्धा हुने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा २० देखि ७० केजी तौल समुहमा प्रतिस्पर्धा गराईनेछ। खेलको माध्यमबाट अछाम जिल्लालाई चिनाउने, पर्यटन प्रर्बद्धन गर्ने र व्यापार पर्बद्धन प्रतियोगिताको आयोजना अछामको साँफेबगरमा गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: ५ कार्तिक २०७६ १२:२५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App