कात्तिक १८ गते प्रधानमन्त्रीको १६ औं चुनाव
काठमाडौं, कात्तिक १५ (नागरिक)- प्रधानमन्त्री १५ औं पटक पराजित हुँदा प्रधानमन्त्रीका एक मात्र प्रत्यासी रामचन्द्र पौडेलले ९६ मत मात्र पाए। उनको दल कांग्रेससँग संसदमा १ सय १४ सदस्य छन्। पौडेलको विपक्षमा २ मत पर्यो। यसले प्रधानमन्त्री चुनावको रौनक हराउँदै गएको संकेत गरेको छ।
राजनीतिक गृहकार्य बिनै संसदमा भइरहेको एकोहोरो चुनावमा १ सय २९ सभासद् उपस्थित थिए। त्यसमध्ये ३१ सभासद् तटस्थ रहे। प्रधानमन्त्री चयनका लागि अर्को चुनाव कात्तिक १८ गते दिउँसो ३ बजे हुनेछ।
५ सय ९९ सदस्यीय सदनमा बहुमत भन्दा बढी स्थान ओगट्ने माओवादी र एमाले मतदानमा भाग नलिने पूर्व निर्णयमा अडिग रहेकाले पौडेलको हार निश्चित थियो। दलहरुबीच राजनीतिक सहमति नबनुन्जेल यो अवस्था कायमै रहने देखिएको छ।
सातौं पटकसम्म माओवादी अध्यक्ष पुष्पकमल दाहालसँगै प्रतिस्पर्धा गरेका कांग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले त्यसयता ८ निर्वाचनमा एक्लो पराजित भएका छन् । प्रधानमन्त्रीको दौडमा एक्लै भए पनि प्रधानमन्त्री निर्वाचित हुन सदनको कुल सदस्य संख्याको बहुमत अर्थात तीन सय सभासद्को समर्थन आवश्यक पर्छ ।