प्रधानमन्त्री चिकित्सकको निगरानीमा
१६ कार्तिक २०७६
•
३ मिनेट पाठ
प्रधानमन्त्री चिकित्सकको निगरानीमा
काठमाडौं – दुई दिनको उपचारपछि अस्पतालबाट बालुवाटारस्थित सरकारी निवास फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार चिकित्सकको प्रत्यक्ष निगरानीमा आराम गरेका छन्। उनको काठमाडौंको ग्रान्डी अस्पतालमा बुधबार र बिहीबार दुईपटक हेमोडायलासिस गरिएको थियो।




प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘डाक्टरको मनिटरिङमा उहाँ (प्रधानमन्त्री) ले आज दिनभरि आराम गर्नुभयो।’ ओलीलाई उपचारमा संलग्न दुई चिकित्सक दिव्या सिंह र दिलीप शर्माले शुक्रबार भेटेका थिए। डाक्टरद्वयसँग स्वास्थ्य अवस्था र उपचार विधिका विषयमा प्रधानमन्त्री ओलीले लामो छलफल गरेका थिए।

चिकित्सकद्वय सिंह र शर्माले ग्रान्डीमा गरेको स्वास्थ्य परीक्षणको रिपोर्ट हेर्नुका साथै केही दिनको ‘अब्जरभेसन’ पछि थप उपचार विधि र प्रक्रिया निर्धारण गरिने बताएका थिए। शर्मालाई उद्धृत गर्दै स्रोतले भन्यो, ‘अहिलेलाई ठीक छ। केही दिन हेरौं। यसबीचमा देशभित्र र बाहिरका चिकित्सकसँग पनि परामर्श गरौंला। त्यसपछि मात्रै केकस्तो विधि अपनाउने भन्ने निर्णय गरौंला।’ प्रधानमन्त्रीलाई फेरि पनि डायलासिस गर्नुपर्ने हो भन्ने प्रश्नमा बालुवाटार स्रोतले भन्यो, ‘चिकित्सकले नै केही दिन पर्खिन भनेकाले पनि अहिले नै अबको उपचार विधि र प्रक्रियाका विषयमा भन्नु अपरिपक्व हुन्छ।’ चिकित्सकको सल्लाहमा औषधि घटाउने बढाउने क्रम चलिरहेको बताउँदै स्रोतले थप्यो, ‘भोलि (शनिबार) नै हेमोडायलासिसमा जाने कुरा होइन।’ १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीको स्वास्थ्य समस्या पुरानै भएको सुनाउँदै निकट स्रोतले भन्यो, ‘रेगुलर स्वास्थ्यमा समस्या भएकै हो।’

यसैबीच नेपाल कम्युनिस्ट पार्टीको अध्यक्षमेत रहेका प्रधानमन्त्री ओलीले शुक्रबार पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र महासचिव विष्णु पौडेलसँग भने भेट गरेका छन्। दाहालसँग पार्टी र आफ्नो स्वास्थ्य अवस्थाका विषयमा ओलीले कुरा गरेका थिए। दुई नेतासँगको छलफलपछि मंसिर १४ गते हुने उपनिर्वाचनमा पार्टीको तर्फबाट खडा गर्ने उम्मेदवारको नाम टुंगो लगाउन सचिवालयको बैठक शनिबार बस्ने तय भएको छ। ‘भोलि (शनिबार) बिहान १० बजे पार्टीको सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा हुनेछ’, नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘बैठकमा आसन्न उपनिर्वाचनको तयारी र उम्मेदवार तय गर्ने विषयमा छलफल हुनेछ।’
अर्को समाचार
कर्णाली रंगशाला आइपुगे रवि
१४ मिनेट अघि
•
० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
सुर्खेत। रास्वपा सभापति रवि लामिछाने कर्णाली प्रदेश रंगशाला आएका छन्।




रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ११ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १४ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
यो पनि पढौँ
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस