आज उम्मेदवारी दर्ता
२१ कार्तिक २०७६
•
४ मिनेट पाठ
आज उम्मेदवारी दर्ता
काठमाडौं – मंसिर १४ गते हुने उपनिर्वाचनका लागि बिहीबार उम्मेदवारी दर्ता हुँदैछ। निर्वाचन आयोगले सार्वजनिक गरेको कार्यतालिका अनुसार प्रतिनिधिसभा सदस्यका लागि कास्की–२ तथा प्रदेशसभा सदस्यका लागि बाग्लुङ, भक्तपुर र दाङमा उम्मेदवारी मनोनयन हुनेछ।




उम्मेदवारले बिहीबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म सम्बन्धित जिल्लाको सदरमुकामस्थित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयनपत्र दर्ता गराउनुपर्नेछ। मंसिर १४ मै हुने स्थानीय तहको उपनिर्वाचनका लागि भने कात्तिक २७ गते उम्मेदवारी दर्ता हुनेछ।

उपनिर्वाचन कार्यतालिका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाअन्तर्गत बिहीबार दिउँसो ३ बजे उम्मेदवारको सूची प्रकाशन हुनेछ। त्यस्तै शुक्रबार बिहान ११ बजेदेखि अपराह्न ५ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, शनिबार उजुरीमाथि छानबिन गरी नामावली प्रकाशन गरिनेछ।

आइतबार बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारी फिर्ता लिने समय तोकिएको छ। सोही दिन साँझ ५ बजेसम्म उम्मेवारको अन्तिम नामावली प्रकाशन गरिने छ। त्यसको भोलिपल्ट सोमबार उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ। मतदान मंसिर १४ गते बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म हुने छ।

उपनिर्वाचनबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदाताले कुनै भयबिना मतदान गर्ने गरी आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको बताए।

पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता ईश्वरी पौडेलले प्रदेश प्रमुखहरूको नियुक्ति निर्वाचन आचारसंहिताविपरीत नभएको बताए। ‘आचारसंहिताको कुनै पनि बुँदामा मन्त्रिपरिषद् र प्रदेश प्रमुखहरूको हेरफेर गर्न नहुने भनिएको छैन,’ उनले भने, ‘आचारसंहिताको कुनै बुँदामा प्रदेश प्रमुखको नियुक्ति गर्न नहुने नभएकाले यसबारे सरकारलाई निर्देशन दिन आवश्यक देखिएन।’ प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले निर्वाचन आचारसंहिता मिचेर प्रदेश प्रमुख नियुक्त गरेको आरोप लगाउँदै आएको छ।

विभिन्न कारणले रिक्त भएका जनप्रतिनिधिहरू पदका लागि मंसिर १४ गते उपनिर्वाचन हुन लागेको हो। प्रतिनिधिसभा १, प्रदेशसभा ३ र स्थानीय तहका ४८ गरी कुल ५२ पदका लागि ३७ जिल्लामा उपनिर्वाचन हुँदैछ। आगोगले स्वीकृत गरेको अन्तिम मतदाता नामावली अनुसार उपनिर्वाचनमा ४ लाख ५४ हजार १ सय १४ मतदाताले मतदान गर्न पाउने छन्। मतदानका लागि २ सय ४७ मतदान स्थल र ५ सय ३७ मतदान केन्द्र तोकिएको आयोगले जनाएको छ।
अर्को समाचार
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ को उम्मेदवारी
१२ वैशाख २०७९
•
४ मिनेट पाठ
धनगढी उपमहानगरपालिकामा मेयरमा १० र उपमेयरमा ७ को उम्मेदवारी
सुदूरपश्चिम प्रदेशको एक मात्रै उपमहानगरपालिका रहेको धनगढीमा मेयर पदका लागि १० जना र उपमेयर पदका लागि ७ जनाले उम्मेदवारी दर्ता गराएका छन् । राजनीतिक दलका तर्फबाट ६ जना र तीन जना स्वतन्त्रबाट मेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरमा ६ जनाले राजनीतिक दलबाट र एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।  




गठबन्धनका तर्फबाट मेयर पदमा नेपाली कांग्रेसका नृपबहादुर वड र नेकपा एमालेका तर्फबाट युवा नेता रणबहादुर चन्दले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका वसन्तबहादुर विश्वकर्मा, सचेत नेपाली पार्टीका भारती थापा, नागरिक उन्मुक्ति पार्टीका मीनकुमार चौधरी, राष्ट्रिय जनमोर्चाका अन्जना श्रेष्ठ मास्के र जनता समाजवादी पार्टीका कविन्द्र ऐरले मेयरपदमा उम्मेदवारी दिएका छन् । मेयर पदमै स्वतन्त्र उम्मेदवार गोपाल हमाल, मदनकृष्ण भट्ट र उद्धवराज पन्तले उम्मेदवारी दर्ता गराएका छन् ।  

धनगढी उपमहानगरपालिकाको उपमेयर पदमा गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका शान्ति अधिकारी र नेकपा एमालेका तर्फबाट कन्दकला रानाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका दुर्गादत्त पन्त, विवेकशील साझा पार्टीका विमला पन्त, नेपाल परिवार दलका विष्णुकुमारी विक, नागरिक उन्मुक्ति पार्टीका सावित्रीदेवी चौधरीले उम्मेदवारी दिएका छन् । उपमेयरमा स्वतन्त्रबाट नेपाली कांग्रेस नेता प्रभाकर भण्डारीले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनको भागबण्डामा असन्तुष्टि जनाउँदै उनले उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् ।  

सोमबार बिहान सुरुमा नेकपा एमालेका उम्मेदवारले पार्टी कार्यालयबाट बाजागाजासहित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मनोनयन दर्ता गराएका थिए । एमालेको मनोनयन दर्ता पछि दिउँसो गठबन्धनका उम्मेदवारहरुले ट्राफिक चौराहबाट बाजागाजासहित निर्वाचन अधिकृतको कार्यालयमा गएर उम्मेदवारी दर्ता गराएका थिए । गठबन्धनको केही दिनदेखि जारी भागबण्डाको छलफल सोमबार दिउँसो मात्रै निष्कर्षमा पुगेको थियो ।  

सुदूरपश्चिमको राजधानी रहेको धनगढी उपमहानगरपालिकाको निर्वाचनलाई सबैले चासोका रुपमा लिएका छन् । मेयर र उपमेयर पदमा मात्रै गठबन्धन भए पनि यहाँका १९ वटै वडामा भने मित्रवत प्रतिस्पर्धा गर्ने बताइएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले १९ वटै वडामा वडा अध्यक्षदेखि सदस्यसम्मको पदमा आ–आफ्नो तर्फबाट उम्मेदवारी दिएका छन् ।  

धनगढी उपमहानगरपालिकामा ९३ हजार १ सय ५१ मतदाता रहेका छन् । यसअघि २०७४ को स्थानीय तहको निर्वाचन भन्दा यसपालिको निर्वाचनमा करिब १७ हजार मतदाता थपिएका छन् । धनगढीमा २०७४ को निर्वाचनमा कांग्रेसबाट निर्वाचित वडले १४ हजार ३ सय २४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी हमालले ११ हजार ५ सय २७ मत ल्याएका थिए । यस्तै अघिल्लो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट उपमेयरमा पराजित अधिकारी अहिले गठबन्धनबाट चुनावी मैदानमा उत्रिएकी छिन् । धनगढी उपमहानगरपालिकामा गठबन्धनका उम्मेदवार वड, एमालेका चन्द र स्वतन्त्र उम्मेदवार हमालबीच मेयर पदमा त्रिपक्षिय प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उपमेयरमा गठबन्धनका अधिकारी र एमालेकी रानाबीच प्रतिस्पर्धा हुने देखिएको छ । टीकापुर घटनाको आरोपमा जेलमा रहेका रेशम चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ अध्यक्ष रहेको नागरिक उन्मुक्ति पार्टीले पनि मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका छन् ।

१३ स्थानीय तह रहेको कैलालीमा मेयर र उपमेयर पदमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले गठबन्धनगरी उम्मेदवारी दर्ता गराएका छन् भने वडास्तरमा भने मित्रवत प्रतिस्पर्धा हुने बताइएको छ । नेपाली कांग्रेसले धनगढी, गोदावरी नगरपालिका, लम्की चुहा नगरपालिका, टीकापुर नगरपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका र वर्दगोरिया गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् भने नेकपा माओवादी केन्द्रले गौरीगंगा नगरपालिका, भजनी नगरपालिका, मोहन्याल गाउँपालिका र कैलारी गाउँपालिकाको मेयर तथा अध्यक्ष पदमा उम्मेदवारी दिएको छ । यस्तै नेकपा (एकीकृत समाजवादी)ले घोडाघोडी नगरपाालिकाको मेयर र चुरे गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

लम्की चुहा मेयरमा कांग्रेसका दुई जनाको उम्मेदवारी  

लम्की चुहा नगरपालिकामा मेयर पदमा कांग्रेसबाट दुई जनाको उम्मेदवारी दर्ता भएको छ । मेयर पदका लागि भक्तबहादुर थापा र सुशीला शाहीले मेयर पदमा उम्मेदवारी दर्ता गराएका हुन् । गठबन्धनका तर्फबाट लम्की चुहा नगरपालिकामा नेपाली कांग्रेसको भाग परेको थियो । दुई जनाको उम्मेदवारी परेपछि आधिकारिक कुन हो भन्नेमा विवाद भएको छ । पार्टीले आधिकारिक भनेको व्यक्ति कांग्रेसको उम्मेदवार हुनेछ भने अर्को व्यक्ति स्वतः स्वतन्त्र उम्मेदवार हुने निर्वाचन अधिकृतले जानकारी दिएका छन् ।
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
खेल
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : सुदूरलाई हराउँदै आर्मी फाइनल प्रवेश
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला क्रिकेट अन्तर्गत विभागीय टोली त्रिभुवन आर्मी क्लब सुदूरपश्चिम प्रदेशलाई पराजित गर्दै फाइनल प्रवेश गरेको छ।
Whatsapp
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
दुर्गममा पनि आधुनिक र गुणस्तरीय स्वास्थ्य पूर्वाधार पुर्‍याउँदै याङवरक पाँचथर
दूरदराजका नागरिकलाई गाउँघरमै गुणस्तरी स्वास्थ्य उपचार सेवा उपलब्ध गराउने उद्देश्यसहित जिल्लाको याङवरक गाउँपालिकाले स्वास्थ्य क्षेत्रको विकास र विस्तार...
Whatsapp
रारा ताल पुग्यो  दशौं राष्ट्रिय खेलकुदको ट्रफी
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
रारा ताल पुग्यो दशौं राष्ट्रिय खेलकुदको ट्रफी
कर्णालीको पर्यटन प्रवर्धन र राष्ट्रिय खेलकुदको प्रचारप्रसारलाई एकैसाथ अघि बढाउने उद्देश्यले सुरु गरिएको टर्च तथा ट्रफी टुरले रारासम्मको यात्रा तय गरेक...
Whatsapp
लागूऔषधसहित चार जना पक्राउ
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
लागूऔषधसहित चार जना पक्राउ
झापामा लागूऔषध ब्राउन सुगरको कारोबारमा संलग्न रहेको आरोपमा दुई युवतीसहित चार जना पक्राउ परेका छन्।
Whatsapp
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
अपराध
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
'प्रहरी निरीक्षक हुँ' भन्दै दुई लाख रुपैयाँ माग्ने पाँच जना पक्राउ
प्रहरी निरीक्षक भएको भन्दै मुद्दा नचलाइदिने बहानामा दुई लाख रुपैयाँ माग गरेको आरोपमा पाँच जना पक्राउ परेका छन्।
Whatsapp
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
चार महिनामा २० अर्ब ४८ करोडको विद्युत् निर्यात, कात्तिकमा मात्रै ४ अर्ब बढी आम्दानी
नेपालले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो चार महिनामा २० अर्ब ४८ करोड रुपैयाँभन्दा बढीको विद्युत् निर्यात गरेको छ।
Whatsapp
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
बजार
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दुई हजारले बढ्यो सुन, चाँदी पनि महँगियो
नेपाली सुनचाँदी बजारमा आइतबार सुन र चाँदी दुबैको मूल्य बढेको छ।
Whatsapp
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदै
सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा यस वर्षको भूतपूर्व सैनिक सम्मेलन भोलि कोशी प्रदेशबाट सुरु हुँदैछ।  
Whatsapp
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकाको क्यालिफोर्नियामा ५.० म्याग्निच्युडको भूकम्प, विमानस्थलमा अवतरण हुन लागेका विमान फर्काइए
अमेरिकाको क्यालिफोर्नियामा शनिबार बिहान ५.० म्याग्निच्युडको भूकम्प गएको छ।
Whatsapp
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानमा ‘कमसल’ मदिरा सेवनबाट ३२ जनाको मृ’त्यु
इरानका विभिन्न प्रदेशमा अक्टोबर ३१ देखि ‘गुणस्तरहीन’ पेय पदार्थ सेवन गरेपछि कम्तीमा ३२ जनाको मृत्यु भएको छ।
Whatsapp
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
समाज
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राष्ट्रिय युवा परिषद्का १७ सदस्यले लिए शपथ
युवा, श्रम तथा रोजगार मन्त्रालयअन्तर्गतको राष्ट्रिय युवा परिषद्मा नियुक्त भएका १७ जना सदस्यले शपथ ग्रहण गरेका छन्।
Whatsapp
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नवजात शिशुको मृ*त्युदर घटाउन रोग पहिचान प्रणाली विस्तार अपरिहार्य
जन्मँदा स्वस्थ देखिने सबै शिशु रोगमुक्त हुन्छन् भन्ने हुँदैन। कतिपय नवजात शिशुमा जन्मजात तथा वंशाणुगत रोगका लक्षण जन्मेको केही दिनपछि मात्र देखिन थाल्...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस