काठमाडौं, कात्तिक १९ (नागरिक)- अर्को महिना राजधानीमा हुने ब्रिटिस गोर्खा कपमा पनि दुई ए डिभिजन लिग क्लबले भाग नलिने भएका छन्।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले तोकेको मिति कात्तिक १५ भित्र 'जी'फाइभ मच्छिन्द्र क्लब र नवलपरासीको कोइलापानी पोल स्टार क्लब दर्ता भएनन्। ए डिभिजनमा रहेका १८ मध्ये अन्य १६ टोलीले भने ब्रिटिस कप खेल्न एन्फामा दर्ता भएका छन्।
दुई महिनाअघि भएको सानमिगेल नकआउटमा मच्छिन्द्र, कोइलापानीसहित ब्रिगेड ब्वाइज क्लब (बिबिसी), स्वयम्भु र युनाइटेड युथ गरी ५ क्लबले भाग लिएका थिएनन्।
त्यतिबेला क्लब दर्ता गरेर पनि सामसुङ जाउलाखेल युथ क्लबले भने खेल्न पाएन। आफ्नो खेल हुनु ७२ घन्टापछि खेलाडी दर्ता गराएको भन्दै एन्फाले जावलाखेललाई खेल्न रोक लगाएको थियो।
'ए डिभिजनका १८ मध्ये १६ क्लब ब्रिटिश क्लबका लागि दर्ता भएका छन्,' एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधरले भने, 'दर्ता नहुनेमध्ये कोइलापानी केही खबर गरेन।
मच्छिन्द्रले भने सुविधा के के हुने भन्ने जानकारी माग्दै कात्तिक १५ मा पत्र पठाएको थियो। हामीले तत्काल त्यसको जवाफ पठाए पनि दर्ता भएन।' मच्छिन्द्रका सचिव प्रवोदवीरसिंह कंसाकार एन्फालाई घच्घच्याउन पत्रकार गरेको बताउँछन्। 'खेल्ने भनेर मात्र हुन्न। पुरस्कार राशि, तयारी खर्च सबैका विषयमा बुझ्न हामीले पत्र पठाएका हौं,' उनले भने,'त्यसपछि जवाफ क्लबमा आयो होला मैले हेर्न पाएको छैन।' समयमा दर्ता नहुँदा खेल्न पाइन्छ त भन्ने नागरिकको प्रश्नमा कंसाकारको जवाफ थियो,' नियमले पाइन्न भने त हामी के गर्न सक्छौं र। ' यद्यपि एन्फाले नकआउटलाई स्वेच्छिक बनाएको छ।
मंसिर १५ देखि हुने ब्रिटिस कपमा भाग लिने क्लबले तयारीका लागि ५० हजार रुपैयाँ पाउने प्रमुख कार्यकारी तुलाधरले बताए। सहभागीलाई चार समूहमा विभाजन गरी लिगकम नकआउटका आधारमा खेलाउने छ। लिग चरणका खेलबाट उठेको रकममध्ये २० प्रतिशत व्यवस्थापन खर्च कटाई बाँकी ८० प्रतिशत त्यस दिने खेल्ने दुई क्लबलाई बाँडिनेछ। त्यस्तै क्वार्टरफाइनलमा ६० प्रतिशत टिकट शुल्क क्लबले नै पाउने छन्।
विजेताले १० लाख र उपविजेताले ५ लाख रुपैयाँ पाउने छन्। सेमिफाइनलमा पराजित हुने दुई टोलीले समान १ लाख प्राप्त गर्ने छन्।
प्रमुख प्रायोजक ब्रिटिस गोर्खा ग्रुपले प्रायोजनवापत उपलब्ध गराउने २० लाख रुपैयाँ एन्फाले पुरस्कारमा खर्च गर्ने जनाएको छ। प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्स, मिडफिल्ड, फरवार्ड, प्रशिक्षक र फेयर प्ले टोलीले समान ५० हजार रुपैयाँ पाउने छन्।
ब्रिटिश कपका लागि दर्ता हुनेमा नेपाल पुलिस, नबिल थ्री स्टार, न्युरोड टिम (एनआरटी), नेपाल आर्मी, लक्ष्मी हुन्डाई मनाङ, फ्रेन्ड्स, हिमालयन शेर्पा, एपिएफ, बाँसबारी, आरसिटी, बौद्ध, बिबिसी, स्वयम्भु, युनाइटेड युथ, सरस्वती, जावलाखेल छन्। क्लब दर्ता भए पनि सरस्वती र युनाइटेडले खेलाडी दर्ता गराएका छैनन्। आफ्नो खेलको ७२ घन्टाअघि क्लबले खेलाडी दर्ता गर्न पाउने एन्फा नियमावलीमा उल्लेख छ।