तिलक पाठक, काठमाडौं कात्तिक २३- पालैपालो प्रधानमन्त्री हुँदैन भने प्रमुख तीन दलका नेताले पालैपालो मन्त्रिपरिषद् अध्यक्षता गर्ने गरी 'अध्यक्ष मण्डल (प्रेसिडियम) बनाउनेबारे दलहरूबीच छलफल सुरू भएको छ। एकीकृत माओवादी, कांग्रेस र एमालेका शीर्ष नेता रहेको प्रेसिडियम (अध्यक्षमण्डल)लाई मुलुकको कार्यकारी प्रमुख बनाएर सरकार गठनसम्बन्धी गतिरोध अन्त्य गर्ने मोडेलमा तिहारअघि दलहरूबीच गोप्यबासका बेला छलफल सुरु भएको हो।
शीर्ष नेताहरूको नेतृत्वमा हरेक दलका पाँच-पाँच जना प्रतिनिधिसम्मिलित हात्तीवन रिसोर्टमा भएको दुई दिने बैठकमा माओवादी अध्यक्ष पुष्पकमल दाहालले 'प्रेसिडियम'को प्रस्ताव गरेका थिए।
वार्तामा सहभागी माओवादी उपाध्यक्ष बाबुराम भट्टराईले ठूलो दलको नेतृत्व, चक्रीय प्रणाली र अध्यक्षमण्डल बनाएर सरकार निर्माण गर्ने प्रस्ताव आएको बताए। 'समस्या समाधानका लागि हाम्रै तर्फबाट यी प्रस्ताव राखिएको हो', उनले नागरिकसँग सोमबार भने।
अरु विकल्प बन्द नगरे पनि नेताहरूको छलफल प्रेसिडियमतर्फ केन्द्रित हुँदै गएको वार्तामा सहभागी नेताले बताएका छन्। एमाले स्थायी कमिटी सदस्य भरतमोहन अधिकारीले चक्रीय प्रणाली अर्न्तगत सरकार निर्माण गर्दा नेतृत्वको पहिलो पालो कसको भन्नेमा विवाद आएपछि प्रेसिडियम बनाएर अघि बढ्ने प्रस्ताव आएको हो।
संक्रमणकाल अन्त्य गर्न प्रधानमन्त्रीय पद्दतिको सट्टा अध्यक्षतात्मक प्रणाली (चेयरम्यान अफ काउन्सिल अफ मिनिष्टर) राख्ने र मन्त्रीपरिषद्भित्र 'प्रेसिडियम'को ब्यवस्था गरी त्यसमा सबै दलका शीर्ष नेता रहने प्रस्ताव आएको अधिकारीले बताए।
प्रस्तावअनुसार माओवादी, काग्रेस र एमालेका प्रमुख तीन नेता अध्यक्षमण्डलमा रहने छन्। मन्त्रिपरिषद् त्यस अन्तर्गत रहनेछ। प्रेसिडियमको अध्यक्षता तीन नेताले चार/चार महिनाको हिसाबले आलोपालो गरी गर्नेछन्। 'प्रेसिडियमको अध्यक्ष जो हुन्छ, मन्त्री परिषद् अध्यक्षता पनि उसैले गर्ने भन्ने रह्यो', अधिकारीले भने। प्रेसिडियम हुँदा तीनैजना नेताले प्रधानमन्त्री कार्यालय संचालन गर्ने भएकाले यो ब्यवस्थामा आलोपालो प्रणालीमाझैं कुनै दलले पर्खेर बस्नुपर्ने वाध्यता रहँदैन।
संविधान र संविधानसभा नियमावलीमा संशोधन गरी संक्रमणकालका लागि यो प्रणाली अपनाउन सकिने नेताहरूको राय छ।
शान्ति प्रक्रिया, संविधान निर्माण र राज्य पुनसंरचना लगायत महत्वपूर्ण विषय कुनै एक दल विशेषको नेतृत्वमा भन्दा प्रमुख दलको नेतृत्वमा सम्पन्न भयो भन्ने सन्देश जाने भन्दै दलले यो विकल्पमाथि छलफल प्रक्रिया अघि बढाएका हुन्। अधिकारीले भने, अहिलेको अवस्थामा कुनै एक दलले मात्रै शान्ति प्रक्रिया र संविधान निर्माणलाई सम्पन्न गर्न सक्ने स्थिति छैन।'
माओवादीले यो विकल्पमा सहमत भए पनि काग्रेस र एमालेले पार्टीभित्र छलफल गर्नुपर्ने बताएका छन्। दलहरूबीच यही बुधबार अर्को वार्ता गरी निकास खोज्ने सहमति भएको छ। त्यसअघि दलहरुले औपचारिक/अनौपचारिक वार्ताका साथै आन्तरिक गृहकार्य गर्ने समझदारी भएको अधिकारीले बताए।
तत्कालिन सोभियत रुसमा सन् १९५३ मा स्टालिनको मृत्युपछि प्रेसिडियमको ब्यवस्था अभ्यासमा ल्याइएको थियो। स्वीटजरल्याण्डमा सात सदस्यीय मन्त्रिपरिषद्मा प्रेसिडियम जस्तै अभ्यास गर्ने प्रचलन छ। यसलाई 'कलिजियल' भनिन्छ। स्वीटजरल्याण्डमा मन्त्रिपरिषद्का सातै सदस्यले आलोपालो अध्यक्षता गर्छन् भने उसैलाई त्यस अवधिको राष्ट्रपति मानिन्छ। मलेसियामा परम्परागत रुपमा रहेका नौवटा राज्यका राजाहरूबाट पाँच वर्षका लागि पालैपालो निर्वाचित हुने राजतन्त्रात्मक व्यवस्था रहेको छ। यसलाई पनि कतिपयले प्रेसिडियमकै रुपमा ब्याख्या गर्ने गर्छन्।
'कुनै संयन्त्र आफैमा महत्वपूर्ण होइन र अरुसँग तुलना गर्दै हिँड्न पनि पर्दैन', राजनीति शास्त्रका प्राध्यापक कृष्ण खनालले भने, 'अहिले संवैधानिक परिस्थितिमा कसरी उपयुक्त हुन्छ र त्यस्तो संयन्त्र कोप्रति उत्तरदायी रहन्छ भन्ने महत्वपूर्ण कुरा हो।' ठूला दलका शिर्ष नेता संवैधानिक प्रक्रियाप्रति निरन्तर उत्तरदायी हुनुपर्ने बताउदै उनले भने, 'यस्तो संयन्त्र को प्रति उत्तरदायी हुन्छ?' यो विषयमा सहमति नजुटेकाले यस्तो संयन्त्र को प्रति उत्तरदायी हुने विषयले छलफलमा प्रवेश पाएको छैन।
वार्ताका क्रममा माओवादीले विश्वव्यापी मान्यता अनुसार सबैभन्दा ठूलो दलको हिसावले नेतृत्व आफूले गर्न पाउनुपर्ने प्रस्ताव राखेको थियो। काग्रेस र एमालेले शान्ति प्रक्रिया टुंगोमा नपुगेसम्म माओवादी नेतृत्व स्वीकार्य नहुने बताउँदै आएकाले त्यस विषयमा समेत छलफल भएको थियो। दुईवटै विकल्पमा सहमति नजुटेपछि चक्रीय प्रणाली अर्न्तगत आलोपालो गर्ने प्रस्ताव आयो। त्यसका लागि शान्ति प्रक्रियाको टुंगो, संविधान जारी र चुनावको समय भनी संक्रमणकाललाई तीन खण्डमा विभाजन गरियो। तर, कसले पहिला नेतृत्व गर्ने भन्ने विवाद रहेपछि 'प्रेसिडियम'को व्यवस्था गर्ने चौथो विकल्प आएको हो।
चक्रीय प्रणालीको प्रसंगमा काग्रेसले आफनो पार्टीको उम्मेदवारी कायमै रहेकाले पहिलो पालो पाउनुपर्ने दावी गरेको अधिकारीले बताए। 'शान्ति प्रक्रिया टुंगो लगाएर हस्तान्तरण गर्छाैं भन्ने उहाँहरूको भनाइ रह्यो', अधिकारीले भने। एमालेले भने सहमतिको आधारमा जो कोही भए पनि समस्या नहुने प्रस्ताव राखेको उनले बताए। तर, शान्ति प्रक्रिया टुंगो नलागेसम्म माओवादी नेतृत्व स्वीकार्य नहुने केन्द्रीय कमिटीको निर्णय भने वार्ताका क्रममा एमाले नेताले स्मरण गराएका थिए।
वार्तामा एक अर्कामा खुलस्त भएर आफनो कुरा राख्ने, आशंका निवारण र आलोचना गर्ने काम भएको नेताहरुले बताएका छन्। 'संविधानसभा चुनावपछि ६ महिनाभित्र माओवादी लडाकुको समायोजन र पुर्नस्थापना गरेर क्यान्टोनमेन्ट ब्यवस्था अन्त्य गर्ने भनिएको थियो तर २६ महिना पुग्दा पनि लडाकु समायोजन गर्ने चासो तपाईंहरूमा छैन। तपार्इंहरु समायोजन चाहनुहन्न, घुमाई फिराई लडाकु राख्न चाहनुहुन्छ', काग्रेस र एमाले नेताहरुको भनाइ उद्धृत गर्दै अधिकारीले भने।
विशेष गरी काग्रेस नेताले शान्ति प्रक्रिया पूरा गर्ने विश्वासिलो आधार नभएको र माओवादीलाई विश्वास गर्न नसकिने धारणा राखेका थिए। 'शान्ति प्रक्रिया पूरा गर्ने विश्वासिलो सहमति माओवादीले नगरेसम्म नयाँ सरकार बन्न सक्दैन। काग्रेसको वटमलाइन यही हो', काग्रेस नेता कृष्ण सिटौलाले भने। कांग्रेसले वार्तामा पनि यस्तै धारणा राखेको थियो। लडाकुलाई विशेष समितिको मातहत ल्याउने, आवश्यक दस्तावेजमा सहमति जनाउने, सचिवालयको व्यवस्था गरी त्यसको संयोजक तोक्नुका साथै स्वेच्छिक अवकास, पुनर्स्थापना र समायोजन भनी लडाकुलाई तीन समुहमा विभाजन गरी समारोह मार्फत नै शिविरको अवधारणा सकिएको घोषणा गर्नुपर्ने काग्रेस र एमाले नेताको प्रस्ताव थियो। त्यस्तै क्यालेण्डर बनाएर त्यसै अनुरुप शान्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव पनि काग्रेस नेताको थियो।
माओवादी नेताले शान्ति प्रक्रिया अघि बढाउने काम सरकारको भएको बताएका थिए। 'यी सबै काम सरकारले गर्ने हो। सरकारको प्रमुखमा तपाईं रहने, राष्ट्रपति पनि तपार्इंहरूबाटै हुने, संविधानसभा अध्यक्ष तपाईंहरूकै दलबाट हुने, संवैधानिक समितिको अध्यक्ष पनि तपाईहरुकै पार्टीको हुने। अनि हामी सबैभन्दा ठूलो पार्टी बाहिर बसेर ताली पिटने?', माओवादी नेताको भनाइ उद्धृत गर्दै अधिकारीले भने, 'यो सबै कुरा संयुक्त राष्ट्रिय सरकार गठन गरेर मात्रै संभव हुन्छ।'
वार्ता अवधिभर काग्रेस-एमालेले शान्ति प्रक्रिया र माओवादीले सत्ता साझेदारीमा जोड दिएका थिए। 'शान्ति प्रक्रियालाई टुंग्याएर हतियारको राजनीति समाप्त गर्न हामीले जोड दियौं। माओवादीले सत्ता साझेदारीमा जोड दिएका छन्', अधिकारीले भने।
माओवादी नेता भट्टराईले शान्ति र संविधान लक्ष्य र सरकार त्यसलाई प्राप्त गर्ने साधन भएको बताए। 'त्यसैले यी सबै विषयमा प्याकेजमा समाधान खोज्नुपर्छ भन्ने हाम्रो भनाइ हो', भट्टराईले भने।
वार्ता शान्ति प्रक्रिया र सत्ता साझेदारीमा केन्द्रित भएकाले संविधान निर्माण, बजेट लगायतका विषयमा विस्तृत छलफल हुन सकेन। बजेटका लागि रोकतोक गर्न नहुने एमालेे प्रस्तावमा माओवादीले संविधान संशोधन गरी आंशिक बजेट ल्याउन सुझाव दिएका थिए। तर, एमाले र काग्रेस नेताले बजेट खर्चको ब्यवस्था र तलव मात्र नभई करको दायरा मिलाउनुपर्ने, विकास बजेट ल्याउनुपर्ने बताएका थिए।
कांग्रेस, एमाले माओवादी र मधेसवादी दलका प्रतिनिधिसमेत अर्थमन्त्री र अर्थसचिवसँग बसेर साझा बजेट बनाउने प्रस्ताव एमाले नेताले राखेका थिए। एमालेको यस्तो प्रस्तावपछि माओवादी नेताले वुधबारको वैठकमा निर्णय गरौंला भन्ने जवाफ दिए।
संविधान निर्माणको विषयमा माओवादी अध्यक्ष दाहालको संयोजकत्वमा गठित कार्यदलले राम्रो काम गरिरहेको भन्दै त्यसैलाई निरन्तरता दिने सहमति भएको छ। वैठकमा कांग्रेसबाट सभापति सुशील कोइराला र नेताहरू शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महत, कृष्ण सिटौला थिए भने माओवादीवाट अध्यक्ष दाहालसहित नेताहरू मोहन वैद्य, भट्टराई, रामबहादुर थापा र देव गुरुङ थिए। एमालेवाट अध्यक्ष झलनाथ खनाल, प्रधानमन्त्री माधवकुमार नेपालसहित केपी शर्मा ओली, ईश्वर पोखरेल, भरतमोहन अधिकारी थिए। गृहमन्त्री भीम रावल ब्यवस्थापकीय भूमिकामा वैठकमा उपस्थित थिए।
१६ घन्टा वार्ता
शीर्ष नेता गोप्य वैठकका लागि राजधानी बाहिर जाने तयारीका साथ शुक्रबार बिहान सात बजे नै गृह मन्त्रालय जम्मा हुन थालेका थिए। अघिल्लो दिन गृहमन्त्री भीम रावलले जानकारी गराए अनुसार माओवादी, कांग्रेस र एमालेका पाँच/पाँच जना शीर्ष नेता आएका थिए।
एमाले नेता भरतमोहन अधिकारीका अनुसार त्यतिखेरसम्म उनीहरुलाई कुन स्थानमा लाने भन्ने जानकारी गराइएको थिएन। सोलुखुम्बुको लुक्ला वा चितवनको सौराहा हुन सक्ने अनुमान नेताहरुले गरेका थिए। 'लुक्ला जाने भनेर मैले न्यानो कपडा समेत राखेको थिए"', अधिकारीले भने। कतिपय नेताले गृह मन्त्रालय परिसरमा हेलिकप्टर कता छ? भनेर प्रश्न समेत गरेका थिए। 'अरु नेतालाई पनि वार्तास्थलबारे जानकारी भएजस्तो लागेन', अधिकारीले भने।
गृह मन्त्रालयमा भने नेताका लागि दुईवटा पर्यटक बोक्ने माइक्रोवस राखिएका थिए। त्यसपछि मात्रै नेताहरुलाई थाहा भयो, उनीहरु राजधानीवाहिर नभई १६ किमी दक्षिणमा रहेको हात्तिवन रिसोर्टमा जाँदैछन्। माओवादी अध्यक्ष दाहाल, कांग्रेस सभापति कोइराला, एमाले अध्यक्ष खनाल लगायतका नेता एउटै माइक्रोवसमा थिए। प्रधानमन्त्री नेपाल चाहिं पछि अलग्गै निजी जीपमा गएका थिए।
'संयोगले त्यो स्थानमा टेलिफोन लाग्दो रहेनछ। त्यसैले नेताहरुलाई टेलिफोन पनि आएन', उनले भने। रिसोर्टको एउटा कुनोमा मोवाइल फोन लाग्ने भएकाले कतिपय नेताले त्यही स्थानमा गएर आफनो घरमा जानकारी गराएका थिए। 'तीन दलका नेताहरुबीच १६ घण्टा भन्दा वढी वार्ता भयो', अधिकारीले भने, 'त्यसका साथै समानान्तर हिसावले द्धिपक्षिय र ब्यक्तिगत हिसावले पनि वार्ता भए।'
बैठक कोठा आसपास अन्य हलको ब्यवस्था गरिएको थियो जहाँ काग्रेस र माओवादी, माओवादी र एमाले, एमाले र कांग्रेसले छुट्टाछुट्टै वार्ता गरेका थिए। प्रधानमन्त्री नेपाल र दाहाल तथा कोइराला र दाहालबीच छुट्टाछुट्टै पनि कुराकानी भएको थियो।
सहमतिका लागि थप गृहकार्य गर्नुपर्ने र भाइटीका लगाउनुपर्ने भन्दै वार्ता बुधबार बस्ने गरी स्थगित गरियो। फर्किने क्रममा कांग्रेस नेता शेरबहादुर देउवा र एमाले नेता केपी शर्मा ओलीले वार्तस्थलमै आफनो सवारी साधन मगाई अलग्गै फर्किएका थिए। अन्य नेता भने माइक्रोबसमै फर्किएका थिए।