घोषणा भयो, कार्यान्वयन भएन
१९ मंसिर २०७६
•
६ मिनेट पाठ
घोषणा भयो, कार्यान्वयन भएन
सुर्खेत – कर्णाली प्रदेश सरकारले गत असोज १ गते प्रदेश राजधानी वीरेन्द्रनगरमा भव्य कार्यक्रम गरेर प्रदेशका १७ लाख ७० हजार नागरिकको सामूहिक दुर्घटना बिमा गर्ने घोषणा ग-यो। आन्तरिक मामिला तथा कानुन मन्त्रालयका तर्फबाट मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितिमा राष्ट्रिय बिमा कम्पनीसँग सोही दिन सम्झौतापत्रमा हस्ताक्षरसमेत भयो। तर प्रदेश सरकारले त्यसरी तामझामका साथ घोषणा गरेको सामूहिक बिमा कार्यक्रम डेढ महिना पुग्न लाग्दा पनि कार्यान्वयन हुन सकेको छैन।




‘सामूहिक दुर्घटना बिमा कार्यक्रम घोषणा भए पनि कार्यविधि तयार भइसकेको छैन,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादवले भने, ‘मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएपछि मात्रै उक्त कार्यक्रम कार्यान्वयनमा आउँछ।’ सचिव यादवका अनुसार कार्यविधि तयार गरेर सहमतिका लागि आर्थिक मामिला तथा योजना मन्त्रालयमा पठाइएको छ। ‘हामीले उहिल्यै कार्यविधि ड्राफ्ट गरेर सहमतिका लागि आर्थिक मन्त्रालयमा पठाएका हौं,’ सचिव यादवले भने, ‘उताबाट फाइल आएको छैन।’ उनले मन्त्रिपरिषद्बाट कार्यविधि पारित भएर बिमा पोलिसी लागू भएपछि मात्रै नागरिकले दुर्घटनाबापतको रकम पाउने बताए।

प्रदेश सरकारले सामूहिक दुर्घटना बिमाबापत एक करोड ७५ लाख रुपैयाँ छुट्ट्याएको छ। बिमा कम्पनीसँग भएको सम्झौताअनुसार प्रदेश सरकारले प्रत्येक नागरिकहरूको तर्फबाट सात रुपैयाँका दरले प्रिमियम तिर्ने उल्लेख छ। यो कार्यक्रमअन्तर्गत भूकम्प, आगलागी, चट्याङ, बाढीपहिरोलगायत प्राकृतिक प्रकोपमा परी मृत्यु हुनेका परिवारले एक लाख रुपैयाँ पाउने बिमा कम्पनीसँग सम्झौता भएको छ। तर बिमितको मृत्यु कर्णाली प्रदेशभन्दा बाहिर भए र कर्णाली प्रदेश बाहिरका नागरिकको कर्णालीमा मृत्यु भए सो सुविधा नपाउने सर्त सम्झौतापत्रमा उल्लेख छ।

आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले विपद् जोखिमविरुद्ध सम्पूर्ण कर्णालीका नागरिकको सामूहिक दुर्घटना बिमा कार्यक्रम घोषणा गरिए पनि कार्यविधि तयार नहुँदा कार्यान्वयन नभएको बताए। उनले एक–दुई साताभित्रै कार्यविधि मन्त्रिपरिषद्बाट पारित हुने जानकारी दिए। ‘आर्थिक मामिला मन्त्रालयबाट सहमति आउनेबित्तिकै मन्त्रिपरिषद्मा पेस गर्ने तयारी थालेका छौं,’ उनले भने।

दुई लाख पु-याउने तयारी

सुरुमा दुर्घटनामा मृत्यु हुने परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेको प्रदेश सरकारले सो रकम बढाएर दुई लाख पु-याउने तयारी थालेको छ। आन्तरिक मामिला तथा कानुनमन्त्री नरेश भण्डारीले केही रकम थप्दा प्राकृतिक प्रकोपमा मृत्यु हुने परिवारलाई दुई लाख रुपैयाँ दिन सकिने भएकाले सोहीअनुसार तयारी थालिएको बताए। ‘सुरुमा हामीले कर्णालीका १७ लाख ७० हजार परिवारका लागि प्रिमियर तिर्न एक करोड ७५ लाख रुपैयाँ छुट्याएका थियौं,’ मन्त्री भण्डारीले भने, ‘३६ लाख रुपैयाँ थप गर्दा दुर्घटनामा मृत्यु भएका परिवारले दुई लाख रुपैयाँ पाउने देखिएकाले सोहीअनुसार तयारी भइरहेको छ।’

बिमाविज्ञ सुकल्याण पराजुलीले १७ लाख ७० हजार नागरिकका लागि सुरुमा सात रुपैयाँ प्रिमियम तिर्ने गरेर राष्ट्रिय बिमा संस्थानसँग सम्झौता भएको थियो। ‘प्रदेश सरकारले ३६ लाख रुपैयाँ थप गर्दा प्रतिव्यक्ति नौ रुपैयाँ प्रिमियम तिर्नुपर्छ,’ उनले भने, ‘यसबापत प्राकृतिक प्रकोपमा परेर मृत्यु भएका व्यक्तिका परिवारले दुई लाख रुपैयाँ पाउँछन्।’

प्रदेश सरकारले सामूहिक दुर्घटना बिमा कार्यक्रममा कर्णालीमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूलाई पनि समावेश गर्ने तयारी थालेको छ। यसअघि बिमा कम्पनीसँग भएको सम्झौतामा कर्णालीका स्थायी बासिन्दाका साथै कर्णालीमै बसोबास गरिरहेका नागरिकहरूको मात्रै बिमा गर्ने उल्लेख थियो। तर हाल कर्णालीमा कार्यरत कर्मचारीलाई पनि बिमा कार्यक्रममा समावेश गर्ने तयारी भइरहेको छ।

‘कर्णालीका १० हजार राष्ट्रसेवकलाई पनि हामी यो कार्यक्रममा समेट्दैछौं,’ आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव वीरेन्द्र यादवले भने, ‘कार्यविधिमै यसलाई उल्लेख गर्छौं।’ प्रदेश सरकारले चालू आर्थिक वर्षभित्र जोखिममा रहेका कर्णालीका १० हजार घरको बिमा गर्ने तयारी गरेको छ। जसअनुसार दुर्घटनाका कारण घरमा क्षति पुगे प्रतिघर पाँच लाख रुपैयाँको बिमा सुविधा दिइनेछ।
अर्को समाचार
स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा भयो कार्यान्वयन भएन
१८ चैत्र २०८१
•
३ मिनेट पाठ
स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा भयो कार्यान्वयन भएन
प्रतिनिधिसभाअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अमरबहादुर थापाले स्थानीय तहमा आधारभूत अस्पतालको घोषणा भए पनि संरचना नबन्दा समस्या भएको बताएका छन्।




सुदूरपश्चिम प्रदेश, कैलाली जिल्लाको गोदावारी नगरपालिकामा सञ्चालित ‘अधिकारमा आधारित यौन तथा प्रजनन स्वास्थ्य अधिकार र सेवामा पहुँच सुदृढीकरण परियोजना समीक्षा’ कार्यक्रमलाई सोमबार यहाँ सम्बोधन गर्दै उनले भौतिक संरचना बनेका अस्पतालमा स्वास्थ्य जनशक्ति नपुगेर जनताले आधारभूत स्वास्थ्य सेवासमेत पाउन नसकेको बताए। आधारभूत स्वास्थ्य सेवालाई संविधानमा मौलिक हक बनाए पनि कार्यान्वयन हुन नसकेको सभापति थापाको भनाइ छ।  

'सरकारी स्वास्थ्य संस्थामा ९८ प्रकारका औषधि निःशुल्क पाइन्छ भन्ने तर नदिने गर्दा नागरिक असन्तुष्ट भएका छन्। माथिल्लो वर्गसँग लिएर तल्लो वर्गलाई दिने समन्वयकारी भूमिकामा राज्यले काम गर्नुपर्नेमा त्यस्तो हुन सकेको छैन,' उनले भने।

नगरपालिकासँग समन्वय गरेर परियोजना सञ्चालन भएको नगर उपप्रमुख शारदादेवी रोकायाले जानकारी गराइन्। परियोजना पूर्ण रूपमा सफल रहेको र यस्ता कार्यक्रम पालिकामा निरन्तर सञ्चालन गरिराख्न उनले आग्रह गरिन्। परियोजना सञ्चालनपछि गोदावरी नगरपालिकामा प्रजनन स्वास्थ्य अधिकार ऐन निर्माण भएको, स्वास्थ्य सचेतनामा उल्लेख्य वृद्धि भएको उपप्रमुख रोकायाको भनाइ छ।

यो परियोजना सम्पन्न भएपछि नगरपालिकाले सुरक्षित मातृत्वमा ठूलो उपलब्धि हुने स्वास्थ्य शाखा प्रमुख नवराज अवस्थीले बताए। पालिकामा १८ वटा स्वास्थ्य संस्था रहेको बताउँदै सेवाका बारेमा सुसूचीत नभएको उनले सुनाए।

अन्यको तुलनामा गोदावरी नगरपालिका अगाडि रहेको मञ्चका अधिवक्ता दिपेश श्रेष्ठले बताए। प्रगतिशील स्थानीय कानुन निर्माण गरेर पालिकाले आफूलाई अगाडि राखेको उनको भनाइ छ। केयर नेपालका कालिदास जोशीले १२ वटा वडामा २१ वटा समुदाय गठन गरी सहजकर्ता तोकेर काम भइरहेको जानकारी दिए।

समुदायस्तरीय जवाफदेहीताबारे निड्स नेपालकी कार्यक्रम अधिकृत रुचि रानामगरले स्पष्ट पारेकी थिइन्। रिप्रडक्टिभ राइटका प्रभावर श्रेष्ठले गोदावारी नगरपालिकामा सञ्चालन भएको पाइलट परियोजनाका बारेमा विस्तृत जानकारी दिनुभएको थियो। कार्यक्रममा परियोजना सञ्चालनको उद्देश्य, तयारी र चुनौतीका बारेमा श्रव्यदृश्य सामग्री प्रस्तुत गरिएको थियो।

सेन्टर फर रिप्रोडक्टिभ राइटकी प्रविना बज्राचार्यले दुई वटा समूहलाई एक ठाउँमा राखेर काम गर्नुपरेको बताइन्। परियोजना सम्पन्न भएपछि प्राकृतिक जोखिममा प्रजनन स्वास्थ्यजस्तो महत्त्वपूर्ण विषयमा पालिकाले उपलब्धि हालिस गरेको उनले विश्वास व्यक्त गरिन्।

कैलालीको गोदावरी नगरपालिकामा पाइलट प्रोजेक्टका रूपमा सेन्टर फर रिप्रोडक्टिभ राइट, केयर, महिला कानुन र विकास मञ्च (एफडब्लुएलडी) निड्स नेपाल र ह्युमननिट्रेन पार्टनरसिप प्लेटफर्मले परियोजना सञ्चालन गरिरहेका छन्। विपद् व्यवस्थापन नीति तथा योजनामा यौन तथा प्रजनन स्वास्थ्य अधिकार समावेश गर्दै आपतकालीन अवस्थामा पनि सुरक्षित, गुणस्तरीय र निरन्तर स्वास्थ्य सेवा सुनिश्चित गर्न परियोजना सञ्चालन गरिएको कन्सोर्टियम प्रोजेक्टका प्राविधिक संयोजक शङ्कर धामीले जानकारी दिए। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ३३ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ५३ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ५७ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस