विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय
२६ मंसिर २०७६
•
३ मिनेट पाठ
विरोधपछि रोकियो न्यायाधीश नियुक्तिको निर्णय
काठमाडौं – न्यायपरिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीश नियुक्ति सिफारिसमा पदमप्रसाद वैदिकको विकल्प खोज्ने भएको छ। बुधबार बसेको परिषद् बैठकले सर्वोच्चको रिक्त न्यायाधीशमा कसैको पनि नाम सिफारिस गर्न सकेन। यसअघि बसेको बैठकले परिषद्कै सदस्य वैदिकलाई न्यायाधीशमा सिफारिस गर्ने प्रस्तावमा विरोध भएपछि निर्णय रोकिएको थियो।




न्यायाधीश नियुक्तिको सिफारिस गर्ने जिम्मेवारी बोकेको न्यायपरिषद्का सदस्य वैदिकले सर्वोच्चमा रिक्त न्यायाधीशमा जाने प्रस्तावपछि बुधबार राष्ट्रपतिसमक्ष राजीनामा बुझाएका थिए। राजीनामा बुझाएका उनलाई न्यायाधीश नियुक्तिको सिफारिस गर्न बिहीबार बसेको न्यायपरिषद् बैठकले निर्णय रोकेको थियो। उनले राजीनामा दिएपछि न्यायाधीश बनाउन लागिएको भन्दै नेपाल बार एसोसिएनले विरोध जनाएको थियो।

बारको ४६औं कार्यकारिणी परिषद् बैठकलाई बुटवलमा सम्बोधन गर्दे मंगलबार प्रधानन्यायाधीश एवं परिषद् अध्यक्ष चोलेन्द्रशमशेर जबराले बारको भावनाविपरीत न्यायाधीश नियुक्ति नगर्ने बताएका थिए। त्यसको भोलिपल्ट बुधबारको बैठकले वैदिकलाई न्यायाधीश नियुक्ति सिफारिसको निर्णय रोकेको छ।

परिषद्ले वैदिक अध्यक्ष रहेको एक छानबिन समितिको अध्यक्षमा परिषद्का सदस्य रामप्रसाद सिटौलालाई जिम्मा दिएको छ। जिल्ला न्यायाधीश अर्जुन कोइरालाले गरेको एक हाउजिङ मुद्दामा मिलापत्र गरेको उजुरी परेपछि छानबिन गर्ने निर्णय भएको थियो। छानबिनका लागि वैदिकको अध्यक्षतामा उच्च अदालत पाटनका मुख्य न्यायाधीशसहितको तीन सदस्यीय समिति बनाइएको थियो।

त्यसैगरी पुनःनिर्माण प्राधिकरणको गुनासो सुन्ने र चित्त नबुझेपछि पुनरावेदन गर्ने समितिमा न्यायाधीश अध्यक्ष रहने व्यवस्था छ। प्राधिकरणको उजुरी पुनरावेदन समितिको अध्यक्ष उच्च अदालत पाटनका न्यायाधीश प्रभा बस्नेतलाई अध्यक्ष बनाउने निर्णय वैठकले गरेको छ। त्यसैगरी, न्याय सेवा आयोगको बुधबारै बसेको वैठकले न्याय सेवा आयोगका सहसचिव, उपसचिवको बढुवा गर्ने निर्णय गरेको छ।
अर्को समाचार
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
८ सेकेन्ड अघि
•
० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
फाइल तस्बिर
काठमाडौं । राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ। नेपालका राजनीतिक दलहरूमध्ये महाधिवेशनमा पहिलोपटक इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने दल राप्रपा हो।




तत्कालीन राप्रपा नेपालले २०७१ सालको महाधिवेशनदेखि सुरु गरेको यो अभ्यासलाई २०७३ र २०७८ सालका महाधिवेशनमा समेत निरन्तरता दिएको थियो।

पार्टीको आगामी आठौँ केन्द्रीय महाधिवेशन (२०८३) मा पनि इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत नेतृत्व चयन गरिने प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

भोटिङ मेसिनमार्फत निर्वाचन गराउने निर्णय केन्द्रीय निर्वाचन समितिको बैठकले गरेको श्रेष्ठले बताए।

राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६ देखि २८ गतेसम्म काठमाडौंमा हुँदैछ।
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock ८ सेकेन्ड अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
राजनीति
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जनादेश प्राप्त सरकारलाई असफल हुने छुट छैन : विश्वप्रकाश शर्मा
नागरिकमा छाएको निराशा चिर्न राजनीतिक दल देश विकासका सवालमा एकमत हुनुपर्नेमा उनले जोड दिए।
Whatsapp
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
राजनीति
Clock ६ मिनेट अघि | ० मिनेट पाठ
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष पोखरेलद्वारा कांग्रेस लुम्बिनीको महामन्त्रीमा उम्मेदवारी घोषणा
नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष विपुल पोखरेलले नेपाली कांग्रेस लुम्बिनी प्रदेशको महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन्।
Whatsapp
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
खेल
Clock १४ मिनेट अघि | १ मिनेट पाठ
दोस्रो रात्रिकालीन सडक दौड पुस १० गते हुने
पर्यटनको राजधानी पोखरामा आगामी पुस दोस्रो साता रात्रिकालीन सडक दौड ‘पोखरा नाइट स्ट्रिट रेस–२०२६’ आयोजना हुने भएको छ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटतर्फ आर्मी दोस्रो चरणमा प्रवेश, एनआरएनए बाहिरियो
सुर्खेतमा जारी दशौं राष्ट्रिय खेलकुदको पुरुष क्रिकेटमा नेपाल आर्मी दोस्रो चरण प्रवेश गर्दा एनआरएनए टोली भने लिग चरणबाटै बाहिरिएको छ ।
Whatsapp
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
खेल
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद: महिला बास्केटबलको उपाधि एपीएफ र आर्मीलाई
दशौं राष्ट्रिय खेलकुदअन्तर्गत महिला बास्केटबलको उपाधि एपीएफ र नेपाल आर्मीले आइतबार हात पारेका छन् ।
Whatsapp
यो पनि पढौँ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
खेल
Clock २८ मिनेट अघि | १ मिनेट पाठ
दशौं राष्ट्रिय खेलकुद : पुलिस फाइनल प्रवेश, आर्मीसँग भिड्ने
विभागीय टोली नेपाल पुलिस क्लब दशौं राष्ट्रिय खेलकुद प्रतियोगिताको महिलातर्फ फाइनल प्रवेश गरेको छ।
Whatsapp
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
‘कांग्रेसको आधिकारिक सभापति मै हुँ, महाधिवेशनपछि नयाँ नेतृत्व आउँछ’ : देउवा
देउवा पक्षीय कांग्रेसको प्रदेश अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीको आधिकारिकताबारे आफू विश्वस्त रहेको बताएका हुन्।
Whatsapp
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
अर्थ
Clock ३९ मिनेट अघि | १ मिनेट पाठ
कोरला भन्सार : ‘अव्यवस्थित संरचनाले सकस’
मुस्ताङ भन्सार कार्यालयका अनुसार अहिले चीनबाट नेपालमा सामान र साधन भित्र्याउने एक मात्र नाका कोरला बनेको छ।
Whatsapp
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
अर्थ
Clock ४३ मिनेट अघि | १ मिनेट पाठ
ढिलाइले प्रभावित एमसीसी आयोजना : म्याद थप्ने सरकारको पहल, समयमै काम सक्ने चुनौती
नेपाल सरकारले म्याद थपको औपचारिक अनुरोध एमसीसी बोर्डमा पठाउने तयारी गरेको छ। आगामी डिसेम्बरमा बस्ने बोर्ड बैठकले प्रस्तावलाई स्वीकृति दिएमा आयोजनाले थ...
Whatsapp
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हुथी आक्रमणपछि साउदी अरबको रक्षा बलियो बनाउन पाकिस्तानले सेना पठाउने
यमनका इरानसमर्थित हुथी विद्रोहीको आक्रमणपछि साउदी अरबको रक्षा क्षमता बलियो बनाउन पाकिस्तानले आफ्नो सेना पठाउने भएको छ ।
Whatsapp
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
भारतीय भूमिबाट शेख हसिनाले किन ‘बंगलादेश पाकिस्तानी सेनाको अधीनमा हुन्थ्यो’ भनिन् ?
बंगलादेशकी अपदस्थ प्रधानमन्त्री तथा अवामी लिगकी अध्यक्ष शेख हसिनाले आफ्नो देशको वर्तमान तारेक रहमान सरकारको आलोचना गर्दै स्वतन्त्रता प्राप्त नभएको भए...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस