काठमाडौं – सरकारले सहमति नलिई सोझै विकास सहायता स्वीकार नगर्न प्रदेश तथा स्थानीय तहलाई रोक लगाएको छ। मन्त्रिपरिषद् बैठकले वैदेशिक सहायतालाई कानुनी र नीतिगत एकरूपता ल्याउन संघीय सरकारको स्वीकृति नलिई प्रदेश र स्थानीय सरकारले विकास साझेदारसँग सहायता स्वीकार नगर्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्को निर्णय प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमार्फत गत साता सबै प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत सबै स्थानीय तह, जिल्ला समन्वय समितिमा पठाइएको छ। प्रधानमन्त्री कार्यालयले वैदेशिक सहायता व्यवस्थित गर्न र एकरूपता ल्याउन आवश्यक भएकाले नेपाल सरकारको स्वीकृतिमा मात्रै वैदेशिक सहायता लिन पाइने भनेको छ। ‘संविधानको धारा ५९ उपधारा ६ मा वैदेशिक सहायता र ऋण लिने अधिकार नेपाल सरकारको हुने भनी व्यवस्था भएको र संविधानको अनुसूची ५ को उदफा ७ मा अन्र्तराष्ट्रिय सन्धि वा सम्झौता संघको अधिकार सूचीमा रहेको छ,’ मन्त्रिपरिषद्को बैठकमा भनिएको छ, ‘त्यसकारण नेपाल सरकारको स्वीकृतिबिना सोझै विकास साझेदारसँग सम्झौता नगर्न र सहमति लिएका तर सहमतिभन्दा फरक ढंगले सम्झौता भएका विषयमा पनि सरकारको स्वीकृति आवश्यक पर्छ।’
प्रदेश र स्थानीय सरकारले आफूखसी वैदेशिक तथा विकास सहायता लिने, सम्बन्ध स्थापित गर्नेलगायतका काम गर्न थालेपछि सरकारले त्यसमा कडाइ गरेको हो। सरकारले स्थानीय तहले जथाभावी भगिनी सम्बन्ध स्थापित गर्ने गरेको भन्दै त्यसलाई पनि रोक्ने तयारी गरिरहेको छ। अर्थ मन्त्रालयले हाल प्रदेश तथा स्थानीय तहमा अन्तर्राष्ट्रिय विकास सहायता परिचालन मापदण्ड स्वीकृतिको चरणमा रहेको जनाएको छ।