सभामुख निर्वाचनको मिति नतोकिने
०४ पौष २०७६
•
५ मिनेट पाठ
सभामुख निर्वाचनको मिति नतोकिने
काठमाडौं – संसद्को उपल्लो सदन राष्ट्रियसभा र तल्लो सदन प्रतिनिधिसभाको हिउँदे अधिवेशन शुक्रबार(आज)बाट सुरु हुँदैछ। अपराह्न ४ बजेबाट दुवै सदनको बैठक नयाँ बनोश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा रहेको दुईवटा सभाहलमा बस्दैछ। प्रतिनिधिसभाको शुक्रबारको बैठकले सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नुपर्ने भए पनि त्यसको सम्भावना भने देखिएको छैन। सभामुखको उम्मेदवारका विषयमा नेकपाभित्र टुंगो लाग्न नसकेपछि प्रतिनिधिसभाको अर्को बैठक एक साता पछि धकेलिने देखिएको छ। संसद् सचिवालय स्रोतले भन्यो, ‘शुक्रबारसम्म थप केही प्रगति नभएमा संसद्को अर्को बैठक पुस ९ गते बस्ने सम्भावना छ, त्यो समयसम्म कुनै सहमति भएमा त्यो बैठकले मात्रै सभामुखको निर्वाचनको मिति र निर्वाचन अधिकृत तोक्नेछ।’ पूर्वसभामुख कृष्णबहादुर महरा यौनकाण्डमा परेका कारण सभामुख पद असोजदेखि रिक्त छ।




प्रतिनिधिसभाको बैठकको कार्यसूची तय गर्न उपसभामुख शिवमाया तुम्बाहाम्फेले शुक्रबार १ बजे कार्य व्यवस्था परामर्श समितिका सदस्यसँग छलफल गर्ने भएकी छन्। उपसभामुखले कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउन नमिल्ने भएपछि कार्य व्यवस्था परामर्श समितिका सदस्यसँगको बैठक बस्ने भनिएको छ। सभामुख नभएका कारण सभाको अध्यक्षता गर्ने काम उपसभामुखले नै गर्ने भएकी छन्।

कार्य व्यवस्था परामर्श समितिका सदस्यको बैठकले शुक्रबारको कार्यसूचीमा सभामुख पदको निर्वाचनसम्बन्धी विषयमा छलफल गर्ने स्रोतले बतायो। प्रतिनिधिसभामा विचाराधीन विधेयकको अवस्थामा, उपसभामुखबाहेक अन्य अध्यक्षता गर्ने सात सदस्यको मनोनयन गर्ने र अन्य विषयमा कार्य व्यवस्था परामर्श समितिका सदस्यसँग छलफल हुने भएको संसद् सचिवालय स्रोतले बताएको छ। प्रतिनिधिसभा नियमावली २०७५ को नियम १० बमोजिम सभामुखले आफू तथा उपसभामुको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न प्रत्येक अधिवेशनको प्रारम्भमा बढीमा ७ जना सदस्यलाई मनोनित गर्नसक्ने व्यवस्था भएका शुक्रबारको बैठकमा कारण अध्यक्षता गर्ने व्यक्तिको मनोनयन गरिनेछ।

प्रतिनिधिसभाको कार्यसूचीमा अधिवेशन प्रारम्भ भएको दिन दलीय आधारमा छलफल गर्ने विषय नराख्ने तयारी भएको छ। प्रतिनिधिसभाको बैठकमा राष्ट्रपतिबाट अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाइनेछ। शुक्रबारको बैठकमा राष्ट्रपति कार्यलयबाट मन्त्रिपरिषद् पुर्नगठनसम्बन्धी पत्र पनि सभाको अध्यक्षता गर्ने व्यक्तिले पढेर सुनाउनेछन्। बैठकको सुरुमा एक मिनेट ज्ञात अज्ञात सहिदप्रति मौन धारण गरिनेछ। त्यसपछि बजेट अधिवेशन अन्त्य पछि निधन भएका पूर्व सांसद्को शोक प्रस्ताव पारित गरिनेछ। एमालेका पूर्व सांसद् हरि वैरागी, एमालेकी कमला सुवेदी, कांग्रेसका पूर्व सांसद् रामलखन महतो, कांग्रेसका पूर्व सांसद् रामेश्वर ढुंगेलको निधनप्रति शोक प्रस्ताव पारित गरिनेछ। राष्ट्रियसभाले भने पहिलो बैठकमा सबैदलका संसदीय दलका नेतालाई भनाइ राख्न समय दिने जनाएको छ। राष्ट्रियसभाको कार्यव्यवस्था परामर्श समितिको बिहीबारको बैठकले शुक्रबारको संसद् बैठकको कार्यसुची तय गरेको छ। यो सभामा पनि राष्ट्रपतिको अधिवेशन आह्वान पत्र, मन्त्रिपरिषद् पुर्नगठन सम्बन्धी पत्र, र मृतक सांसदप्रति शोक प्रस्ताव पारित गरिनेछ। सभाको अध्यक्षता गर्ने तीन जना सदस्यको नाम भने पुरानै कायमै रहनेछ। यो सभाको नियमावलीमा एउटा अधिवेशनमा तोकिएका अध्यक्षता गर्ने सदस्यको नाम सधैंभरि कायम रहने व्यवस्था छ। पहिलो अधिवेशनमा सिफारिस भएका तीन जनाको नाम अहिलेसम्म कायमै छ।
अर्को समाचार
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
१६ मिनेट अघि
•
१ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।




पार्टीको असन्तुष्ट पक्षप्रति लक्षित गर्दै शर्माले भने, ‘उहाँहरूलाई धेरै आग्रह गरियो, तर मान्नुभएन। अब नेता फकाउँदै हिँडिँदैन, गाउँमा गएर जनता फकाउने हो।’

‘अब नेता फकाउने कार्यभन्दा जनतालाई बुझाउने कार्यमा अघि बढ्नुपर्छ, गाउँ-गाउँ र घर-घरमा कांग्रेस पुग्नुपर्छ,’ उनले भने।

उनले पुरानो प्रतिनिधिसभा नब्युँतिएझैँ कांग्रेसको पुरानो कार्यसमिति पनि नब्युँतिने भएकाले भ्रम र अलमलमा नपर्न सबैलाई आग्रह गरे।

झापा क्षेत्र नम्बर ३ अन्तर्गत कचनकवल गाउँपालिका-७ स्थित सहिद स्व. चन्द्रमणि भट्टराईको सालिकमा माल्यार्पणपछि आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेटघाट कार्यक्रममा उनले जनताको मन जितेर मत जित्ने अभियानमा जुट्न कार्यकर्तालाई आह्वान गरे।

वरिष्ठ उपसभापति शर्माले जनताको मन जितेर आगामी स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले बहुमत ल्याउने गरी सामाजिक सेवामूलक काम, विकास निर्माण र जनताका दैनिकीमा परेका अप्ठ्यारामा सहयोगी बन्नुपर्नेमा जोड दिए।

निर्वाचनमा जो राम्रो उम्मेदवार छ, उसैलाई बोकेर जानुपर्ने बताउँदै शर्माले भने, ‘आफूभन्दा कोही राम्रो र जित्ने उम्मेदवार छ भने उसैलाई बोकेर हिँडौँ र चुनाव जिताऔँ।’

पार्टीको १५औँ महाधिवेशनपछि पहिलोपटक गृहजिल्ला झापा आइपुगेका शर्माले जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा पुगेर कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम तय गरेका छन्।

महाधिवेशनबाट गगन थापाको सभापतित्वमा नयाँ नेतृत्व आएसँगै नेपाली कांग्रेस बदलिएको दाबी गर्दै उनले राजनीतिमा मन र मत जित्न त्याग र फराकिलो मनले नै पार्टीलाई जिताउने उल्लेख गरे।

देशलाई समुन्नतिमा लैजाने र जनतालाई निराशाबाट मुक्त गर्ने काम कांग्रेसले नै गर्ने बताउँदै उनले पार्टी अब बोलीमा मात्र नभई व्यवहारमा समेत सुधारिएर तल्लो तहमा फर्किएको जानकारी दिए।

कार्यक्रममा नेपाली कांग्रेस कोशी प्रदेश सभापति एवं पूर्वमुख्यमन्त्री उद्धव थापाले १५औँ महाधिवेशनबाट गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्व आएसँगै कांग्रेसमा नयाँ जोस र आशा पैदा भएको दाबी गरे।
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock २९ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
यो पनि पढौँ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल : अश्माङ्क च्याम्पियन, महिलातर्फ अञ्जिला विजेता
गोकर्ण गल्फ क्लबमा आयोजित ‘ग्लोबल आइएमई प्लाटिनम गल्फ इन्भिटेसनल २०२६’ को उपाधि अश्माङ्क कार्कीले जितेका छन्।
Whatsapp
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
काठमाडौंका स्पा सेन्टरमा प्रहरीको छापा, १३ महिलासहित १४ जना नियन्त्रणमा
व्यावसायिक तथा सार्वजनिक मर्यादाविपरीत गैरकानुनी गतिविधि हुने गरेको सूचनाका आधारमा प्रहरीले विभिन्न स्थानका स्पा सेन्टरमा चेकजाँच गरेको हो।
Whatsapp
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
अपराध
Clock १ घण्टा अघि | १ मिनेट पाठ
५४ हजार नगदसहित जुवा खालबाट १० जना पक्राउ
उयदपुर प्रहरीले जुवा (ताल) खालबाट रंगेहात नगदसहित १० जनालाई पक्राउ गरेको छ।
Whatsapp
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
राप्रपाले आसन्न महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गर्ने
राप्रपाले आगामी आठौँ महाधिवेशनमा इलेक्ट्रोनिक भोटिङ मेसिन प्रयोग गरी नेतृत्व चयन गर्ने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस