लेखा समितिले माग्यो सम्झौताको कागजात
०८ पौष २०७६
•
५ मिनेट पाठ
लेखा समितिले माग्यो सम्झौताको कागजात
काठमाडौं – संसद्को सार्वजनिक लेखा समितिले गोकर्ण फरेस्ट रिसोर्ट सम्झौता र दरबारमार्गको लिज सम्झौताको कागजात सात दिनभित्र बुझाउन नेपाल ट्रस्टको कार्यालयलाई निर्देशन दिएको छ। नेपाल ट्रस्टको जग्गा प्रक्रिया पूरा नगरी यती समूह र त्यससँग जोडिएका नाफामुखी संस्थाहरूलाई भाडामा दिएको विषय बाहिर आइरहेका बेला लेखा समितिको सोमबारको बैठकले लिज सम्झौताको कागजात मगाउने निर्णय गरेको हो।




६ वर्ष समय बाँकी हुँदै २५ वर्ष लिज अवधि थप गरिएको गोकर्ण फरेस्ट रिसोर्टको सम्झौता र दरबारमार्गको लिज सम्झौताको व्यापक विरोध भएको छ। दुई साताअघि बसेको मन्त्रिपरिषद् बैठकले गोकर्ण फरेस्ट रिसोर्टको लिज अवधि २५ वर्ष थप्ने निर्णय गरेको थियो। कानुन नै संशोधन गरेर नेपाल ट्रस्टको सम्पत्ति व्यक्तिका लागि उपलब्ध गराएको भन्दै सांसदले आपत्ति जनाएका छन्। राष्ट्रियसभाको सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेस सांसद राधेश्याम अधिकारीले नेपाल ट्रस्टको सम्पत्ति हिनामिना गर्न लागिएको भन्दै आपत्ति जनाए। ‘सञ्चारमाध्यमले एकपछि अर्को समाचार लेख्दा पनि यसको प्रतिवाद गर्ने, जनतालाई आश्वस्त पार्ने काम सरकार पक्षबाट भएको छैन,’ उनले भने।

कानुन नै संशोधन गरेर नेपाल ट्रस्टको सम्पत्ति व्यक्तिका लागि उपलब्ध गराएको भन्दै सांसदले आपत्ति जनाएका छन्।

नेपाल ट्रस्टको ऐन संशोधन विधेयक नै बदनियतपूर्वक ल्याइएको भन्दै त्यसको आफूले विरोध गरेको उनले बताए। ‘अहिले नेपाल ट्रस्टका सम्पत्ति कसरी व्यक्तिगत लाभका लागि एउटा व्यापारिक समूहलाई हस्तान्तरण गरिँदैछ भन्ने दरबारमार्गको जग्गाबाट देखिन्छ,’ उनले भने। नारायणहिटी राजदरबारको विदेशी सत्कार कक्षमा रेस्टुराँमात्र नभई सिंगै नारायणहिटी दरबारलाई नै होटलमा परिणत गर्न लिजमा दिए हुने भन्दै उनले व्यंग्य गरे। गोकर्ण रिसोर्टको जग्गा ६ वर्ष बाँकी रहँदै लिजमा दिने काम भएको विषयमा पनि उनले विरोध जनाए। यती होल्डिङ्सलाई ६ वर्ष अवधि बाँकी रहेको अवस्थामा २५ वर्षका लागि लिजमा दिने काम भएको छ।

नेकपाका प्रमुख सचेतक खिमलाल भट्टराईले गोकर्ण रिसोर्ट र दरबारमार्गस्थित नेपाल ट्रस्टको जग्गा लिजमा दिने विषयमा सरकारले संसद्मा स्पष्ट पार्नुपर्ने बताए। अर्को प्रसंगमा उनले भने, ‘हिजो पनि कालापानीको विषयमा कुरा नउठेको होइन, सरकारमा कोको थिए केके गरे ?’ अहिले सरकारले कालापानी, लिम्पियाधुरा र लिपुलेक हाम्रो हो भनेर बोलेको पनि उनले बताए। सरकारले कूटनीतिक पहललाई अघि बढाएको र सिंगो मुलुकलाई एकताबद्ध गर्ने काम गरेको भन्दै उनले सरकारको बचाउ गरेका थिए।

कांग्रेस सांसद बद्री पाण्डेले नेपालको जमिन मिचिएको विषयमा कूटनीतिक पहल नभएको बताए। ‘नेपालको सीमा मिचिएको छ, किन कूटनीतिक पहल गरिँदैन’, उनले भने, ‘सरकार के गर्दैछ ? यसबारे प्रधानमन्त्रीले संसद्मा आएर बोल्नुपर्छ। कसैको एक इन्च जग्गा लिनु पनि छैन, एक इन्च जग्गा छोड्ने पनि होइन।’ समाजवादी पार्टीका रामप्रीत पासवानले प्याजको मूल्य अत्यधिक बढेको सन्दर्भ जोड्दै सरकारको आलोचना गरे। उनले भने, ‘जबसम्म जनताको मुहारमा उज्यालो आउन सक्दैन, तबसम्म मुलुकमा समृद्धि आउँदैन।’ उनले एनसेल, वाइडबडी, दरबारमार्गको जग्गा, गोकर्ण रिसोर्टलगायत काण्डमा फसेकाले सरकारले केही गर्न नसकेको बताए।

नेकपाका चक्रप्रसाद स्नेहीले खुला सिमानाका कारण बेलाबेलामा भारतले अतिक्रमण गरेको बताए। सीमा अतिक्रमणबारे बोल्ने पहिलो सहिद गोविन्द गौतमलाई सम्झँदै उनले भने, ‘हामी चुप बसेर सुन्ने हो भने अरूका सामु झुकिरहन्छौें।’
अर्को समाचार
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
१ मिनेट अघि
•
१ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
फाइल तस्बिर
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।




काठमाडौं क्षेत्र नं ६ अन्तर्गत टोखा नगरपालिका-१ बौडेश्वर झोरमा आज आयोजित मतदाता भेटका क्रममा उनले केही दिनभित्रै लगानीसँग जोडिएका केही कानुन संशोधन गर्न लागिएको उल्लेख गरेका हुन्। 

कानुनी व्यवस्था सहज नभएसम्म लगानीका लागि अनुकूल वातावरण निर्माण गर्न कठिन हुने उनको भनाइ थियो। उद्योग व्यवसाय फस्टाउने वातावरण बनेपछि मात्रै रोजगारी सिर्जना र आर्थिक समृद्धिले गति लिने उनले जानकारी गराए। 

मन्त्री खनालले काठमाडौं क्षेत्र नं ६ मा विकाससँग जोडिएका विभिन्न योजनामध्ये साङ्ला खोला करिडोरलाई जोड्ने विषयलाई आफूले प्राथमिकता दिएको पनि उल्लेख गरे। काठमाडौं क्षेत्र नं ६ को विकासका लागि आफू निरन्तर लागिपरेको उनको भनाइ थियो।

फरक एक प्रसंगमा मन्त्री खनालले परराष्ट्रमन्त्री प्रधानमन्त्री वालेन्द्र शाहको चीन भ्रमणको मिति तय भइनसकेको बताए। रासस
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ मिनेट अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock ४६ मिनेट अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
यो पनि पढौँ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
समाज
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
ट्रक र पिकअप ठोक्किँदा एक जनाको मृ’त्यु
पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिका–१ स्थित होङ्सी गेटमा ट्रकको ठक्करबाट पिकअप...
Whatsapp
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
समाज
Clock ५९ मिनेट अघि | १ मिनेट पाठ
१३२ केभीको चोभार सबस्टेसन सञ्चालनमा
काठमाडौं उपत्यकाको विद्युत् आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको चोभार सबस्टेसन सञ्चालनमा आएको छ।
Whatsapp
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पोखराको मेयर बन्ने लक्ष्यसहित राजनीतिमा आए र्‍यापर जेम्सी
उनी आइतबार उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) मा प्रवेश गरेका हुन्। पार्टी प्रवेशसँगै उनले आगामी स्थानीय तहको निर्वाचनमा पोखरा महानगर...
Whatsapp
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सुकुमबासीको समस्या पेचिलो बन्दै : सरकार भन्छ उठेर जाऊ, सुकुमबासी भन्छन् जाँदैनौँ
भक्तपुरको मध्यपुर थिमि नगरपालिका बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिएर बसेका विस्थापित सुकुमबासी परिवार र सरकारबीचको विवाद थप पेचिलो बन्दै गएको छ।
Whatsapp
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
इरानले अमेरिकी सेनाविरुद्ध स्टारलिंक प्रयोग गरेको खुलासा भएपछि रिसाए एलन मस्क
अमेरिका र इजरायलले इरानमाथि आक्रमण सुरु गरेपछि इरानले अमेरिकी सेनाविरुद्धको सैन्य अभियानमा स्पेसएक्सको स्टारलिंक स्याटेलाइट इन्टरनेट सेवा प्रयोग गरेको...
Whatsapp
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
नेपाल एक्सेसिबिलिटी समिट भोलिदेखि पोखरामा, १० देशका चार सय बढी सरोकारवाला सहभागी हुने
पोखरामा सोमबारदेखि नेपाल एक्सेसिबिलिटी समिट हुने भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस