सरकारी कलेजमा विद्यार्थी नेताको ‘लुट’
११ पौष २०७६
•
७ मिनेट पाठ
सरकारी कलेजमा विद्यार्थी नेताको ‘लुट’
काठमाडौं – सरकारी कलेज विद्यार्थी नेताका लागि कमाइ खाने भाँडो बन्ने गरेका छन्। चाहे विदेश भ्रमण होस् वा विद्यार्थीलाई प्रदान गर्ने छात्रबृत्ति वितरणमा, विद्यार्थी नेताले व्यक्तिगत फाइदा उठाएका हुन्छन्। यहाँसम्मकी आफ्नो निजी भ्रमणको खर्च पनि उनीहरूले सरकारी कलेजबाटै भराएको पाइएको छ। २०७५ साउन ९ गते पाटन संयुक्त क्याम्पका ४ जना नेताहरूले थाइल्याण्ड भ्रमणका लागि टिकट बुक गरे। र, प्रति व्यक्ति ७० हजार रुपैयाँको दरले पेस्की पनि लिए। तर पेस्की फर्छ्योट पनि गरेका छैनन्।




अचम्म्मको कुरा के छ भने ती विद्यार्थी नेतालाई निमन्त्रणा गर्ने कम्पनी माउण्ट सिजुवोको कम्पनी लिमिटेडको वेबसाइट अध्ययन गर्दा उक्त कम्पनी ट्राभल एजेन्सी रहेको देखियो। उक्त कम्पनीले ती विद्यार्थी नेतालाई युवा राजनीति र वातावरणको नाममा अध्ययन गर्न बोलाएको देखियो। अध्ययन भ्रमणपछि थाइल्याण्ड भ्रमणमा जाने विद्यार्थी नेताले प्रतिवेदन पनि बुझाएनन्।

विद्यार्थी नेताहरू खगेन्द्र ब. विष्ट, झपीन्द्रकुमार खत्री, तारा प्रसाद शर्मा र सञ्जीव कार्कीले थाइल्याण्ड भ्रमणमा सहभागी हुन क्याम्पस प्रमुख पाटन संयुक्त क्याम्पसलाई पत्राचार गरे। चिठीमा उनीहरूले विद्यार्थीहरुको नाम पनि उल्लेख गरे। तर कार्यक्रम हुने स्थान, कार्यक्रमको विवरण केही उल्लेख गरिएन। भ्रमणको कार्यक्रम विद्यार्थी नेताको व्यक्तिगत इमेलमा आयो। थाइल्याण्डका भ्रमणका लागि विद्यार्थी नेताबाट चिठी आएकै दिन क्याम्पस प्रमुखले एक दिन ढिलो नगरी थाइल्याण्डमा कार्यक्रममा सहभागिताको लागि पेश्कि स्वरुप ७० हजारका दरले दिनु भनि क्याम्पस प्रमुखबाट तोक आदेश लगाइदिए।

‘यसरी निमन्त्रणा आउँदा व्यक्तिको नाम तोकेर आउनु आधिकारिक संस्था र व्यक्तिगत निमन्त्तणामा आएको विषयमा क्याम्पसबाट हचुवाको भरमा पेश्कि रकम दिनु, मनोनयन गरी विद्यार्थी पठाउनु पर्नेमा सो नगरी व्यक्तिगत भ्रमणको लागि पेश्की रकम उपलब्ध गराउनु नियम बाहिर हो।’ राष्ट्रिय सतर्कता केन्द्रले तयार गरेको रिपोर्टमा भनिएको छ। भ्रमणपछि कार्य सम्पन्न प्रतिवेदन पेस गर्न क्याम्पस प्रशासनले २०७६ भदौ १ गते ताकेता ग¥यो तर प्रतिवेदन अहिलेसम्म तयार भएन।

कानुनअनुसार कार्यक्रममा सहभागी विद्यार्थीले कार्यक्रममा सहभागी भई कार्यक्रमको प्रतिवेदन र बिल भरपाईसहित तोकिएको समयभित्र पेश्की फर्छ्यौट गर्नु पर्ने हो तर अहिलेमम्म उनीहरूले त्यस्तो गरेनन्। साथै क्याम्पस प्रशासनबाट समेत पेश्की पछर्यौट गर्न पहल भएन। यसबाट उक्त भ्रमणमा आर्थिक अनियमितता भएको केन्द्रको रिपोर्टमा ठहर गरिएको छ।

६८ लाख फर्छ्यौट हुन बाँकी

पाटन संयुक्त क्याम्पमा अध्ययतरत विद्यार्थी नेताले करिब ६८ लाख पेश्की फर्छ्यौट अहिलेसम्म गरेका छैनन्। २०६० सालदेखि हालसम्म विद्यार्थी संघ संगठन तथा विद्यार्थी नेताका नाममा क्याम्पसबाट दिइएको पेश्की रकमको विवरण अनुसूचीमा राखिएको छ।२०६० सालदेखि हालसम्म विभिन्न मितिमा विद्यार्थी संगठन तथा विद्यार्थी नेताका नाममा लिइएका पेश्की सम्बन्धमा २०७६ भदौ ३ को पत्रमा पत्र बेरुजु देखिएको केन्द्रले तयार गरेको रिपोर्टमा जनाइएको छ। रिपोर्टअनुसार फर्छ्यौट हुन नसकेको यस्तो पेश्की रकम ६७ लाख ९६, हजार ५ सय ४७ रुपैयाँ ९७ पैसा देखिएको छ। ‘२०६० सालदेखि हालसम्म विभिन्न मितिमा विद्यार्थी संगठन तथा विद्यार्थी नेताका नाममा लिइएको पेश्की हालसम्म पनि फर्छ्यौट गरेको पाइएन। यसबाट नियमबाहिर गई अनियमिता गरेको देखियो।’ केन्द्रले तयार गरेको प्रतिवेदनमा भनिएको छ। नियमानुसार पेश्की फर्छ्यौट नगर्ने जिम्मेवार पदाधिकारी एवं विद्यार्थीलाई कानुनबमोजिम कारबाही गर्न केन्द्रले सिफारिस गरेको छ।

अध्ययन पूरा भएकालाई छात्रवृत्ति

बिए तेस्रो वर्ष २०७२ सालमा अध्ययन गरेको विद्यार्थीलाई २०७६ असार १९ गते छात्रवृत्ति वितरण गरियो। जबकी २०७२ सालमा बिए तेस्रो वर्ष अध्ययन गरेको विद्यार्थी २०७४ सालमा अध्ययन पूरा हुन्छ। यसबाट अध्ययन पूरा भएको व्यक्तिलाई पनि छात्रबृत्ति देखिएको देखिन्छ। साथै सो क्याम्पसबाट वितरण गरेको छात्रवृत्तिको भरपाईमा एकै व्यक्तिबाट सम्पूर्णको दस्तखत गरी रकम हिनामिना गरिएको प्रतिवेदनमा जनाइएको छ। केन्द्रले तयार गरेको रिपोर्टमा वैदेशिक भ्रमण, छात्रवृत्ति वितरण, पेश्की फर्छ्यौटमा अनियमितता तथा लापारबाही भई भ्रष्टाचार भएको ठहर गरी उक्त काममा संलग्न कर्मचारी पदाधिकारीमा थप अनुसन्धान गरी कारबाही गर्न आवश्यक देखिएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सिफारिस गरिएको छ। साथै सुझाव कार्यान्वयन गर्न त्रिभुवन विश्वविद्यालय र पाटन संयुक्त क्याम्पसलाई पनि केन्द्रले निर्देशन दिएको छ।
अर्को समाचार
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
२७ मिनेट अघि
•
० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
काठमाडौं । वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।




पार्टीले उनलाई महत्वपूर्ण जिम्मेवारीसहित केन्द्रीय नेतृत्वमा आबद्ध गराएको जनाएको छ।

शिक्षा, अर्थतन्त्र, अनुसन्धान तथा संस्थागत सुशासनका क्षेत्रमा लामो अनुभव हासिल गरेका बज्राचार्यलाई पार्टी सभापति कुलमान घिसिङले खादा ओढाएर स्वागत गरेका थिए।

बज्राचार्यको आगमनले पार्टीको केन्द्रीय नेतृत्व थप अनुभवी, प्राज्ञिक र सशक्त बन्ने तथा नीति निर्माण र राष्ट्र निर्माणको अभियानलाई नयाँ उचाइ दिने पार्टीको विश्वास छ।
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १० मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock २१ मिनेट अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock २७ मिनेट अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ४२ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
यो पनि पढौँ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock ५४ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस