प्रदेशसभा बैठक अर्को साता
१५ पौष २०७६
•
५ मिनेट पाठ
प्रदेशसभा बैठक अर्को साता
प्रदेश ३ को मन्त्रिपरिषद् बैठक बस्दै। तस्बिरः नागरिक
मकवानपुर – प्रदेश ३ को प्रदेशसभा बैठक बर्खे अधिवेशन अन्त्य भएको चार महिनापछि अर्को साता बस्ने भएको छ। सोमबार बसेको प्रदेशको मन्त्रिपरिषद्ले निर्णय गर्दै आगामी सोमबार प्रदेशसभाको बैठक बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गर्ने निर्णय गरेको हो। सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी(नेकपा) केन्द्रीय सचिवालयले प्रदेशको नाम र स्थायी राजधानीबारे निर्णय गरेको भोलिपल्टै प्रदेश ३ सरकारको बैठक बसेको हो। ‘पुस २१ गते हिउँदे अधिवेशन आह्वान गर्ने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ,’ प्रदेश ३ सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भने।




प्रदेशसभाले प्रदेशको स्थायी राजधानी र नाम तोक्ने लगभग पक्का भएको छ। नेकपाको केन्द्रीय सचिवालयको निर्णयसँगै प्रदेशको नाम बागमती र राजधानी हेटौंडालाई प्रदेशसभाबाट औपचारिकता दिइने मुख्यमन्त्री डोरमणि पौडेलले बताएका छन्। नेपालको संविधानअनुसार प्रदेशसभाको दुईतिहाइ मतबाट प्रदेशको स्थायी राजधानी र नाम टुंगो लगाउने व्यवस्था छ। १ सय १० जना सांसद रहेको प्रदेश सभामा नेकपाको दुईतिहाइ बढी अर्थात् ८० सांसद छन्। त्यस्तै, नेपाली कांग्रेसको २२, विवेकशील साझा, नेमकिपा, राप्रपा, राप्रपा संयुक्त र स्वतन्त्र गरी आठ सांसद रहेको छ।

प्रदे सभाका जेष्ठ सदस्यसमेत रहेका मुख्यमन्त्री पौडेलकोे अध्यक्षतामा दुई वर्षअघि नेपालको सबैभन्दा पहिला प्रदेशसभाको पहिलो बैठक बसेको थियो। प्रदेश सभाको २०७४ माघ १८ गते बैठक बसे लगत्तै स्थायी राजधानी र नाम तय गर्न बहस शुरु भएपछि विवाद भएपछि विशेष समिति पनि गठन गरिएको थियो।

राजधानीबारे नेकपाका प्रदेश सांसदहरुबिच मत बिभाजन भएपछि निर्णय गर्न मुख्यमन्त्री पौडेललगायतले पार्टी केन्द्रीय नेताहरुलाई आग्रह गर्दै आएका थिए। नेकपाकै केही सांसदहरु काभ्रे र भक्तपुर प्रदेशको स्थायी राजधानी बनाउन लविङ्ग गरिरहेका थिए।

स्थायी राजधानी र नाम तय हुने

प्रदेशसभाको आगामी बैठकको मुख्य अजेन्डा राजधानी र नाम हुने लगभग पक्का भएको छ। आगामी सोमबार बस्ने पाँचौ अधिवेशनमा अन्य विधेयक दर्ता नगरिँदै बैठक आह्वान गर्ने निर्णयले राजधानी र नामाकरण टुंग्याउने निश्चित छ।

प्रदेशसभा सचिवालयमा सरकारका तर्फबाट कुनै विधेयक दर्ता नभएको र समितिमा कुनै विधेयक नरहेको प्रदेशसभाका सचिव रामशरण घिमिरेले बताए। ‘प्रदेशसभा सचिवालयमा कुनै विधेयक दर्ता छैन,’ उनले भने, ‘प्रदेश सभाको समितिमा पनि विधेयक पठाइएको छैन।’

नाम र राजधानी नै टुंग्याउन नसकेको आरोप खेप्दै आएको प्रदेश सरकारलाई पार्टी केन्द्रीय निर्णयले राहत प्रदान गरेको छ। नेकपा केन्द्रीय सचिवालयको निर्णय गरेलगत्तै बसेको प्रदेश मन्त्रिपरिषद बैठकले प्रदेशसभा बैठक आह्वान गर्ने निर्णयले पनि स्थायी राजधानी र नाम टुंग्याउन बल पुगेको देखिन्छ।

गत भदौ २५ गते बर्खे अधिवेशन सकाएपछि लामो समयसम्म प्रदेशसभा बैठक आह्वान नगरेपछि नेपाली कांग्रेसलगायतले सरकारको ध्यानाकर्षण गराएका थिए। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस, विवेकशील साझा, नेमकिपा तथा सत्ता पक्षकै अधिकांश प्रदेश सांसदले प्रदेशसभाको बैठक बसी राजधानी, नामसँगै समसामयिक विषयमा छलफल गर्नुपर्ने बताउँदै आएका थिए।

प्रदेशसभाको चारवटा अधिवेशनमा एक सय २७ वटा बैठक बसेको थियो। प्रदेशसभाले ४५ वटा विधेयक पारित गरेको छ भने ४४ वटा विधयेक प्रदेश प्रमुखबाट प्रमाणिकरण भई ऐन(कानुन) निर्माण भइसकेको छ।
अर्को समाचार
सभामुख रिक्तताको चार महिना : बागमती प्रदेशसभा पुस तेस्रो साता बोलाउने तयारी
०५ पौष २०८२
•
२ मिनेट पाठ
सभामुख रिक्तताको चार महिना : बागमती प्रदेशसभा पुस तेस्रो साता बोलाउने तयारी
बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने गरी प्रदेश सरकारले तयारी थालेको छ। प्रतिपक्षी दलहरूले प्रदेशसभा बैठक बोलाउन दबाब दिएपछि प्रदेश सरकारले यही पुसको तेस्रो साता बस्ने गरी बैठक बोलाउने तयारीमा जुटेको हो।




‘प्रदेशसभाको बैठक पुसको तेस्रो सातासम्ममा बस्ने गरी तयारी भइरहेको छ’, बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले भने, ‘जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट प्रदेशसभा हल क्षतिग्रस्त अवस्थामा छ, अहिलेका लागि अस्थायी रूपमा हेटौँडा उपमहानगरपालिका कार्यालय नजिकैको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहलबाटै बैठक सञ्चालन गर्ने तयारी गर्न कर्मचारीहरू जुटेका छन्।’ उनका अनुसार केही दिनभित्रै त्यहाँ फर्निचर, माइक जडानलगायतको काम सकिन्छ र त्यसलगत्तै बैठक बोलाउने तयारीमा सरकार छ।

‘बैठकको तयारीका लागि उपसभामुख र प्रदेशसभाअन्तर्गतको विषयगत समितिका सभापतिहरू पनि छलफलमा जुटेका छन्’, मुख्यमन्त्री बानियाँले भने, ‘उनीहरूले विभिन्न दलका नेताहरूसँग नियमित छलफल गरिरहेका छन्, हामीले पनि छिट्टै बैठक आह्वान गर्न प्रदेश प्रमुखलाई पत्राचार गर्छौं।’ त्यसपछि प्रदेशसभाको बैठक बस्छ उनको भनाइ छ।

केही दिनअघि प्रदेश मामिला समितिको पहलमा सभामुख, विभिन्न समितिका सभापति र प्रदेशसभा सचिवालयका पदाधिकारीको संयुक्त बैठक बसेर तत्काल प्रदेशसभाको बैठक बोलाउन प्रदेश सरकारलाई आग्रह गरेको थियो।

‘हाम्रो पहलमा बैठक बसेर प्रदेशसभाको बैठक अघि बढाउन सरकारलाई आग्रह गर्‍यौँ’, प्रदेश मामिला समितिका सभापति छिरिङ दोर्जे लामाले भने, ‘सरकारले पनि बैठक बोलाउन तयारी गरिरहेको आश्वासन दिएको छ, हेरौं छिट्टै प्रदेशसभाको बैठक बस्छ होला।’

बागमती प्रदेशसभाका प्रतिनिधित्व गर्ने प्रतिपक्षी दलहरूले तत्काल प्रदेशसभा अर्थात् हिउँदे अधिवेशन बोलाउन माग गर्दै आएका छन्। नबोलाइए नियमावलीअनुसार अघि बढ्ने उनीहरूले चेतावनी दिएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा एकीकृत समाजवादी पार्टी र हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री बानियाँलाई भेटेर प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन आग्रह गरेका थिए। बागमती प्रदेशको रिक्त सभामुख पदमा सत्तारुढ नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले दाबी गर्दै आएको छ।

जेनजी आन्दोलनका क्रममा सामाजिक सञ्जालबाट राजीनामाको घोषणा गरेका बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले गत असोज १ गते लिखित राजीनामा दिएपछि सभामुख पद रिक्त भएको हो। रिक्त सभामुख पदमा सत्तारुढ दुवै पार्टीले दाबी गरेपछि विगत चार महिनादेखि बागमती प्रदेशसभाको बैठक बस्न सकेको छैन।

सरकारको सिफारिसमा प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले यही मङ्सिर ३ गते रातिदेखि प्रदेशसभाको अधिवेशन अन्त्य गरेको थियो। तर रिक्त सभामुख पदमा सत्तारुढ दुवै दलबीच सहमति नहुँदा सरकारले बैठक नबोलाएको हुनसक्ने अनुमान छ। प्रदेशसभाको बैठक बोलाएको १५ दिनभित्र सभामुख चयन गर्नुपर्ने कानुनी व्यवस्था छ। त्यसैले सत्तारुढ दलबीच सभामुखमा सहमति नजुटेसम्म प्रदेशसभाको बैठक नबोलाउने रणनीतिमा सरकार छ। रासस
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock १९ मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock २६ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock ४४ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock ४८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock १ घण्टा अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस