काठमाडौं – संघीय संसद्को संयुक्त समिति निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिले कालापानी, लिम्पियाधुरा र लिपुलेकमा भारतीय सीमा अतिक्रमण भएको क्षेत्र खाली गराउन निर्देशन दिएको छ। मंगलबार बसेको समिति बैठकले अतिक्रमण हटाई नयाँ नक्सा सार्वजनिक गर्न निर्देशन दिएको छ। नयाँ नक्सा जारी भएपछि त्यसक्षेत्रमा सरकारी कामकाज र शिक्षण संस्थालगायत सम्पूर्ण काममा उपभोग गर्न पनि निर्देशन दिएको छ। समितिले सीमा स्तम्भ मर्मत, हराएका स्तम्भको खोजी गर्न पनि निर्देशन दिएको छ।
समितिले अतिक्रमणमा परेका क्षेत्रमा १२ महिना बस्न मिल्ने चौकी स्थापना गरी सुरक्षा फौज तैनाथ गर्न पनि भनेको छ। यसका लागि आवश्यक बजेट त्काल उपलब्ध गराउन सम्बन्धित मन्त्रालयहरुलाई भनेको छ। भारतले नयाँ नक्सामा नेपाली भूमि कालापानी, लिम्पियाधुरा र लिपुलेक समेटेरको विषयमा चार मन्त्रालयका मन्त्रीसँगको छलफलपछि समितिले यस्तो निर्देशन दिएको हो। समितिले सिमानाका विषयमा गृह, परराष्ट्र,भूमि र बन मन्त्रालयका मन्त्रीलाई बोलाएर छलफल गरेको थियो।
समितिमा गृहमन्त्री रामबहादुर थापाले नेपाल भारत सीमानाका १ सय ५ वटा सीमाचौकी स्थापना गर्ने र नेपाल चीन सीमामा ७ वटा प्रहरी चौकी निर्माण प्रक्रिया सुरु भएको बताए। गृहमन्त्री थापाले सीमा सुरक्षाका विषयमा दार्चुलामा प्रहरी चौकी स्थापनाको प्रकृया अगाडि बढिसकेको जानकारी दिए। सिमानामा सशस्त्र प्रहरी बलका लागि चौकी स्थापना गर्न लागिएको हो। चौकी विस्तार गर्दा मोटरबाटोले जोड्नुपर्ने हुँदा मोटरबाटो खन्दा केही बजेटको आवश्यक पर्ने भएको छ। ‘सीमा सुरक्षा पोस्ट बिस्तार गर्ने मन्त्रिरिषद्को निर्णयअनुसार प्रक्रिया अगाडि बढेको छ,’ मन्त्री थापाले भने। गृहमन्त्री थापाले लिम्पियाधुराको विवाद समाधानका लागि काम सुरु भएको बताए। कालापानी क्षेत्रसम्म पुग्ने मोटरबाटो निर्माण प्रक्रिया पनि सुरु भएको गृहमन्त्रीले जानकारी दिए।