'आन्तरिक विवादले वाक्क भएँं'
१७ पौष २०७६
•
५ मिनेट पाठ
'आन्तरिक विवादले वाक्क भएँं'
इटहरी – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रको विवादले आफू वाक्क भएको बताएका छन्। देउवाका अनुसार पार्टीभित्र नेता रामचन्द्र पौडेल पक्षले आफूविरुद्ध मोर्चाबन्दी गर्न अनेक बखेडा झिकेर विवाद बढाउने काम गर्दै आएको छ।




‘पौडेल पक्षले पटकपटकको आग्रह नमान्दा केन्द्रीय समितिले बहुमतका आधारमा केही निर्णय गरेको हो,’ सभापति देउवाले मेलमिलाप दिवसका अवसरमा बुधबार सुुनसरीको इनरुवामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘बाध्यताले बहुमतले केही निर्णय गर्नुपरेको हो।’ देउवाले पार्टीभित्र जतिसुकै राम्रो काम गर्दा पनि पौडेल पक्षले जस नदिएको गुनासो गरे। ‘मलाई पौडेल पक्षबाट जहिल्यै पेल्ने काममात्र भएको छ,’ उनले भने, ‘म पार्टीभित्रका विवाद मिलाउने पक्षमा छु तर पौडेल पक्ष वार्ता र सहमतिमा नआउँदा मलाई दिक्क लागेको छ।’

देउवाले एक अर्को प्रसंगमा सत्तारूढ दल नेकपाले सभामुखको उम्मेदवार छान्न नसक्नु लाजमर्दो भएको बताए। ‘सत्तासीन नेकपाले सभामुख र उपसभामुख टुंगो नलगाउँदा संसद् नै बन्धक भएको छ,’ उनले भने। देउवाले ओली सरकार अहिलेसम्मकै नालायक भएको टिप्पणी पनि गरे।

सुनसरीका कांग्रेस नेता–कार्यकर्ताले पार्टीभित्रको मेलमिलाप हेर्न आउन शीर्ष नेतालाई निम्तो दिएका छन्।

स्थानीय नेताहरूका अनुसार सुनसरीमा कांंग्रेस बलियो हुँदै गए पनि अन्यत्र आन्तरिक विवादले संगठन अस्तव्यस्त बनेको छ। पार्टीभित्रको मेलमिलाप हेर्न शीर्ष नेतालाई सुनसरी आउन यहाँका नेता–कार्यकर्ताले चुलो निम्तो दिएका छन्। मिलमिलाप दिवस कार्यक्रममा सुनसरीका नेता–कार्यकर्ताले कांग्रेस गुटउपगुटले शिथिल भएको र शीर्ष नेताहरूले गुटगत स्वार्थभन्दा माथि उठेर आआफ्नो जिम्मेवारी निर्वाह गर्न नसकेको भन्दै आन्तरिक मेलमिलाप हेर्न यहाँ आउन निम्तो दिएका हुन्। कांग्रेस नेता तथा कोसी गाउँपालिका अध्यक्ष अयुब अन्सारीले केन्द्रदेखि गाउँसम्म पार्टीभित्रको गुट अन्त्य भएमात्र मिलमिलाप दिवसको अर्थ रहने बताए। सबै अगुवा नेता गुटगत स्वार्थभन्दा माथि उठेर कार्यकर्तालाई एकढिक्का बनाउन लाग्नुपर्ने उनले बताए। कार्यक्रममा धरान उपमहानगरपालिकामा भएको उपनिर्वाचनमा कांग्रेस मिलेकै कारण जित हासिल भएकाले यसबाट शिक्षा लिन शीर्ष नेतृत्वलाई सुझाव दिइयो।

प्रदेश सांसद ज्योति सुब्बाले पार्टी एक ढिक्का भएमात्र मिलमिलापको अर्थ रहने बताइन्। ‘पार्टीभित्र एकता नभए मेलमिलापको अर्थ हुँदैन,’ उनले भनिन्। संघीय सांसद सीताराम मेहेताले पार्टीभित्रको चरम गुटबन्दीले कार्यकर्तामा निराशा बढेको बताए। केन्द्रीय सदस्य नरेन्द्र चौधरीले कांग्रेसभित्रका गुटउपगुट चिर्न मेलमिलाप आवश्यक रहेको बताए। केन्द्रीय सदस्य अमृत अर्यालले पार्टीभित्रको एकता र मेलमिलाप हेर्न सुनसरी आउनुपर्ने बताए। कार्यक्रममा कांग्रेस उपसभापति विजयकुमार गच्छेदार, केन्द्रीय सदस्यहरू मीन विश्वकर्मा, ज्ञानेन्द्र कार्की, महेश आचार्य, नेपाली कांग्रेस सुनसरीका सभापति राजीव कोइरालालगायतले गुटउपगुट सुनसरीमा नभएकोे जिकिर गरेका थिए।

मेलमिलाप दिवसका अवसरमा कांग्रेस सुनसरीले इनरुवाका चारजना वडाध्यक्षसहित धरानका मेयर तिलक राई र कांग्रेस क्षेत्रीय सभापति सुरेशमान श्रेष्ठलाई सम्मान ग-यो।
अर्को समाचार
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
१६ मिनेट अघि
•
१ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभित्र विवाद चलिरहेका बेला उनले आफू अझै पनि वैधानिक सभापति रहेको दाबी गरे।

Tata ev homepage after main news

देउवा पक्षले आइतबार वीरेन्द्रनगरमा आयोजना गरेको नेपाली कांग्रेस कर्णाली प्रदेश अधिवेशनको उद्घाटन गर्दै उनले आफूलाई सभापतिबाट हटाउने वैधानिक प्रक्रिया नै पूरा नभएको जिकिर गरे।

‘जस्तोसुकै अवस्थामा पनि सभापति मै हुँ, अब महाधिवेशनमा निष्पक्ष निर्वाचन हुन्छ। चुनावबाट जित्ने सभापति हुन्छ,’ उनले भने।

आफूले राजीनामा नदिएको र पार्टी विधानअनुसार अविश्वासको प्रस्तावबाट दुईतिहाइ बहुमतले हटाउने प्रक्रिया पनि पूरा नभएको देउवाले सुनाए। राजतन्त्रकालदेखि नै अदालतप्रति विश्वास रहेको उल्लेख गर्दै उनले अहिलेको विवादमा पनि अदालतबाट आफ्नै पक्षमा फैसला आउने दाबी गरे।

पाँचपटक प्रधानमन्त्री भइसकेको र राजनीतिक जीवनमा धेरै जिम्मेवारी पूरा गरिसकेको उनले स्मरण गरे। नेतृत्वका लागि पाउनुपर्ने सबै अवसर पाइसकेको भन्दै देउवाले अब नयाँ पुस्तालाई नेतृत्वमा अवसर दिनुपर्ने धारणा राखे। आगामी महाधिवेशन निष्पक्ष निर्वाचनबाट हुनुपर्ने र त्यसबाट विजयी हुने व्यक्ति नै सभापति बन्नुपर्ने उनको भनाइ थियो।
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock १० मिनेट अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock १६ मिनेट अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ३५ मिनेट अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock १ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
प्रधानमन्त्री शाहको चीन भ्रमणबारे परराष्ट्रमन्त्री खनालले के भने ?
प्रधानमन्त्री बालेन्द्र शाहको चीन भ्रमणको तयारीबारे चर्चा भए पनि भ्रमणको मिति अझै तय नभएको पाइएको छ।
Whatsapp
यो पनि पढौँ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
लगानीमैत्री वातावरण बनाउन सरकारले केही दिनभित्रै कानुन संशोधन गर्ने
परराष्ट्रमन्त्री शिशिर खनालले लगानीमैत्री वातावरण निर्माणका लागि कानुनी तथा नियामकीय सुधार सरकारको प्राथमिकतामा रहेको बताएका छन्।
Whatsapp
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे प्रतिबद्धतासहित काठमाडौं जलवायु घोषणा जारी, कार्यान्वयनमा जोड
जलवायु परिवर्तनका कारण बढ्दै गएको बाढी, पहिरो, अत्यधिक तापक्रम, जलस्रोत संकट र वायु प्रदूषणका चुनौती सामना गर्न काठमाडौं महानगरपालिकाले सात बुँदे प्रत...
Whatsapp
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
फोटो फिचर
Clock १ घण्टा अघि | १ मिनेट पाठ
झोला बोकेर सिंहदरबार गेट पुगे जेनजीका आफन्त, माग पूरा नभएसम्म अनशन बस्ने (तस्बिरसहित)
गत वर्षको ‘जेनजी आन्दोलन’का क्रममा पक्राउ परेका प्रदर्शनकारीको विनासर्त रिहाइको माग गर्दै उनीहरूका आफन्त सिंहदरबार दक्षिण गेट अगाडि धर्नाम...
Whatsapp
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई  प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कानुन निर्माणमा निजी क्षेत्रका समस्या र आवश्यकतालाई प्राथमिकता दिन्छौँ : सभामुख अर्याल
उनले निजी क्षेत्र, व्यापारी, व्यवसायी तथा उपभोक्ताको हितलाई ध्यानमा राखेर कानुन निर्माण गर्नुपर्नेमा जोड दिए।
Whatsapp
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
चीनले गर्यो अन्तरिक्षमा चार नयाँ उपग्रहको सफलतापूर्वक प्रक्षेपण
चीनले आइतबार चार नयाँ उपग्रह अन्तरिक्षमा सफलतापूर्वक प्रक्षेपण गरेको छ।
Whatsapp
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
राजनीति
Clock २ घण्टा अघि | १ मिनेट पाठ
अब नेता फकाउने होइन, जनता फकाउने हो : वरिष्ठ उपसभापति शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले आफूहरू अब नेता फकाउनेतर्फ भन्दा जनता फकाउनेतर्फ लागेको बताएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस