काठमाडौं – संक्रमणकालीन न्यायमा पीडित केन्द्रित प्रक्रिया अवलम्बन गर्न परराष्ट्र, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री प्रदीप ज्ञवालीसमक्ष पीडितले ध्यानाकर्षण पत्र बुझाएका छन्। संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउन सरकारले तदारुकता देखाउन नसकेको द्वन्द्वपीडितको गुनासो छ। द्वन्द्वपीडित साझा चौतारीले शान्ति प्रक्रियामा पीडितको सत्य, न्याय र परिपूरणको अधिकारप्रति सही बाटो अवलम्बन गर्न आग्रह गरेका छन्।
सत्य, न्याय र परिपूरण दिलाउने भन्दा पीडितलाई थकाउने, गलाउने नियतले शान्तिसम्झौता भएको ९ वर्षपछि आयोग गठन गरिएको पीडितको पत्रमा उल्लेख छ। दुईवटा आयोगमा चार वर्षसम्म एकजना पीडितले न्याय पाउन नसकेको बताउँदै पुनः गठन हुन लागेको आयोगप्रति ध्यान दिन आग्रह गरेका छन्। ऐन संशोधन गरी आयोगका पदाधिकारी हटाइए पनि राज्यबाट कुनै ठोस प्रयास नभएको भन्दै पीडित समुदाय निरास र आक्रोशित भएका छन्। दुई आयोग असफल हुनुका कारणको समीक्षा गर्दै संक्रमणकालीन न्याय प्रक्रियाको नया“ मार्गचित्र, कार्ययोजना तयार गर्न आग्रह गरेका छन्।
सिफारिस समिति गठन भए पनि कुनै नतिजा नआएकोप्रति पीडित चिन्तित छन्। ‘ऐन नै त्रुटिपूर्ण रहेकाले सर्वाेच्च अदातलको फैसलाअनुरूप ऐन संशोधन गरेर काम अघि बढाउन माग गरेका छन्। सिफारिस समितिले सुरु गरेको सिफारिस प्रक्रिया तत्काल खारेज गर्न माग गरेका छन्।
सार्वजनिक सरोकारको विषयलाई गोप्य र अपारदर्शी राजनीतिक संयन्त्रले काम गरिरहेको पीडितको आरोप छ। ‘पीडितलगायत सरोकारवालाको अर्थपूर्ण सहभागिता र अपनत्वमा संक्रमणकालीन न्याय प्रक्रिया परामर्श गर्नुपर्छ,’ ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘सुझाव, अन्तर्राष्ट्रिय दायित्व, संविधान, शान्तिसम्झौता, सर्वोच्चले जारी गरेको परमादेश बमोजिम काम गर्नुपर्छ।’
‘पीडित, मानवअधिकार सुमदाय एवं विषयविज्ञ सम्मिलित मस्यौदा कार्यदल’ गठन गर्नुपर्ने र कार्यदलबाट संशोधन गर्नुपर्ने तथा नयाँ निर्माण गर्नुपर्ने कानुनको मस्यौदा तयार पार्नुपर्नेमा पीडितले जोड दिएका छन्।