काठमाडौं – दुई महिनाअघि संसदबाट पारित विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। विज्ञापन ऐनले अभिव्यक्ति स्वतन्त्रता संकुचन गरेको दाबीसहित ऐन कार्यान्वयन नगर्न माग राखी अधिवक्ता अनन्तराज लुइँटेलले रिट दर्ता गरेका हुन्।
२०७६ कात्तिक ८ मा राष्ट्रपतिबाट प्रमाणीकरण भई लागू भइसकेको ऐनले संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता र सञ्चारको हकसमेत कुण्ठित गरेको रिट निवेदकको दाबी छ। ‘ऐन दुवै सदनबाट पास हुँदा जुन प्रावधानका आधारमा सार्वजनिक भएको छ, त्यसले केही न केही अभिव्यक्ति स्वतन्त्रता संकुचन गरेको छ,’ रिटमा भनिएको छ, ‘संविधानले मौलिक हकका रुपमा स्वीकार गरिसकेपछि अभिव्यक्ति स्वतन्त्रतालाई संसद्बाटै संकुचन गरिनुले प्रश्न उठ्नु स्वाभाविक छ।’
विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐनको दफा ८ उपदफा १,२ को खास समय निर्धारण गर्न सक्ने, दफा १५ उपदफा २ को सञ्चारमाध्यमबाट प्रसारण गरिने सामग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षतः विज्ञापनमा पूर्वप्रतिबन्ध लगाएको निवेदकको दाबी छ।
‘दफा १५ को (ङ) मा नभए नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐनविपरीत विज्ञापन गरिए अनुगमन गर्ने वा गराउने’ उल्लेख छ। जसले प्रत्यक्ष विज्ञापनमा पूर्वप्रतिबन्ध लगाएको निवेदकको दाबी छ।
दफा २३ (१) मा छापा तथा विद्युतीय सञ्चारमाध्यमबाट प्रकाशन तथा प्रसारण हुने विज्ञापनले कानुनबमोजिम मापदण्ड पूरा गरे या नगरेको विषयमा प्रदेश कानुनबमोजिम सूचना तथा सञ्चारसम्बन्धी विषय हेर्ने मन्त्रालयले अनुगमन तथा नियमन गर्नसक्ने व्यवस्था गरिएको छ। दफा २३ (३) मा नियम वा मापदण्डको पालना नगरेको पाइएमा विज्ञापन बन्द गर्न वा हटाउन सक्ने भन्ने व्यवस्था संविधानको धारा १९ विरुद्ध रहेको र बदरभागी भएको दाबी रिटमा गरिएको छ।
दफा २३ (४) मा उपदफा (३) बमोजिमको मापदण्ड पालना नगरिए एक लाख रुपैयाँसम्म जरिवाना गरिने र उपदफा (५) मा यस ऐनअन्तर्गत बन्ने नियमावलीबमोजिम प्रदेश सरकारले नियमनको व्यवस्था निर्धारण गराउने व्यवस्थासमेत बदरको माग छ।
दफा २४ मा भएको छापा तथा विद्युतीय सञ्चारमाध्यमको विज्ञापनको अनुगमन र नियमन स्थानीय तहले गर्न पाउने व्यवस्थालाई असंवैधानिक भनिएको छ। दफा २५ को उपदफा (४) मा स्पष्ट रूपमा कुनै सम्पादकले समेत ऐनको उल्लिखित व्यवस्थाको प्रतिकूल हुनेगरी कुनै कुरा प्रकाशन गरेमा सजायको भागीदार हुने व्यवस्थालाई बदरको माग गरिएको छ।
‘सम्पादक नै मिडियाको मालिक भएमा भने त्यस्तो सम्पादकलाई सजाय गर्न बाधा नपर्ने व्यवस्था संविधानको धारा १७, १९, धारा २७४ (१०) को प्रतिकूल भएकोले संविधानको धारा १३३ (१), (२) र (३) तथा धारा १३७ (३) बमोजिम प्रारम्भदेखि उत्प्रेषणको आदेशद्वारा बदर गरिपाऊँ’, रिट निवेदकले भनेका छन्, ‘विज्ञापनको नियमन र अनुगनका नाममा अभिव्यक्ति स्वतन्त्रतामाथि अंकुश लगाउने व्यवस्था नगर्नू नगराउनू भनी विपक्षी निकायका नाममा परमोदश, अन्तरिम आदेश जारी गरिपाऊँ।’