खाडीमा १० लाख नेपाली प्रभावित
२४ पौष २०७६
•
९ मिनेट पाठ
खाडीमा १० लाख नेपाली प्रभावित
काठमाडौं – संयुक्त राज्य अमेरिका र इरानबीच द्वन्द्व बढ्दा मध्यपूर्वमा काम गरिरहेका करिब १० लाख नेपाली असुरक्षित देखिएका छन्। इरानले मध्यपूर्वमा बेस क्याम्प खडा गरेर बसेका अमेरिकी सैनिकलाई आक्रमण गर्ने धम्की दिएपछि मध्यपूर्वका विभिन्न मुलुकमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्ने समस्या खडा भएको छ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित नेपाली दूतावासकी डेपुटी चिफ अफ मिसन रीता धितालले अमेरिका र इरानबीच द्वन्द्व चर्केपछि युएईका अधिकारी ‘अलर्ट’ अवस्थामा रहेको बताइन्। ‘अमेरिकी राष्ट्रपति र युएईका विदेशमन्त्रीको पछिल्लो भनाइले योभन्दा खराब अवस्था नआउला कि भन्ने अपेक्षा गरेका छौं,’ बुधबार उनले नागरिकसित भनिन्, ‘अवस्था बिग्रियो भने पनि नेपालीलाई कसरी उद्धार गर्ने भन्नेबारे परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क गरिरहेका छौं।’ हाल युएई–काठमाडौं सीधा हवाई उडान भइरहेकाले समस्या आइहाले पनि उद्धारमा कठिनाइ नहुने उनको भनाइ छ।

यतिखेर युएईमा तीन लाखजति नेपाली कार्यरत रहेको नेपाली दूतावासले जनाएको छ। यसबाहेक अवैध रूपमा थप एक लाख नेपाली रहेको अनुमान छ।

२०७२ पछि सरकारले महिलालाई घरेलु कामदारका रूपमा विदेश पठाउन प्रतिबन्ध लगाएपछि श्रम स्वीकृतिबिनै नेपाली महिला तेस्रो मुलुक हुँदै युएईलगायतका खाडी मुलुक जाने गरेका छन्।

वैदेशिक रोजगार विभागका अनुसार श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको संख्या करिब ४५ लाख पुगेको छ। रोजगारीमा जानेमध्ये करिब ९० प्रतिशत खाडीका ६ मुलुक (युएई, कतार, ओमान, बहराइन, कुवेत र साउदी अरेबिया) तथा मलेसिया जाने गर्छन्।

विभागका अधिकारीहरू श्रम स्वीकृति लिएकामध्ये यतिखेर कम्तीमा २५ लाखले गन्तव्य मुलुकमा काम गरिरहेको अनुमान लगाउँछन्। वैदेशिक रोजगारीमा रहेका २५ लाखमध्ये १० लाखभन्दा बढी खाडीका ६ मुलुकमा रहेको विभागका अधिकारीहरू बताउँछन्।

अमेरिका–इरान द्वन्द्वको असर इरान, इराक हुँदै खाडी मुलुकमा पर्ने देखिएकाले त्यहाँ कार्यरत नेपाली त्रसित बनेको कतारको दोहामा कार्यरत बाग्लुङ, बुर्तिवाङका रमेश घर्तीमगरले बताए। ‘अमेरिका र इरानबीच द्वन्द्व चर्कंदै गएपछि घरबाट पटकपटक कुनै समस्या परेको छ कि भनेर सोधपुछ भइरहेको छ,’ फोनमा उनले भने, ‘धेरैले सोधीखोजी गर्न थालेपछि यहाँ रहेका नेपाली त्रसित छन्।’

इरान–इराकमा भइरहेको द्वन्द्व मध्यपूर्वसम्म फैलियो भने एकैचोटि ठूलो संख्याका नेपाली जोखिममा पर्ने भएकाले उद्धारका लागि सरकारी संयन्त्र चनाखो हुनुपर्ने त्यहाँ कार्यरत नेपालीले बताएका छन्।

‘अहिले नै युद्ध हुन्छ वा हुँदैन, केही भन्न सकिँदैन,’ दुबईमा कार्यरत रोल्पा, घर्तीगाउँमा किरण केसीले भने, ‘युद्ध भइहाल्यो भने कसरी उद्धार गर्ने भन्नेबारे ठोस योजना सरकारसँग हुनुपर्छ।’

कतारस्थित नेपाली दूतावासकी द्वितीय सचिव ऋचा भट्टराईले अहिलेसम्म जोखिम नदेखिए पनि पछिल्लो अवस्थाबारे गम्भीरतापूर्वक नियालिरहेको बताइन्। पछिल्लो समस्यालाई लिएर परराष्ट्र मन्त्रालयसँग नियमित सम्पर्क भइरहेको उनको भनाइ छ।

खाडीका अन्य मुलुकका तुलनामा कतार–काठमाडौं दैनिक ६ हवाई उडान हुने भएकाले समस्या आइहाले पनि उद्धार गर्न कठिनाइ नहुने अधिकारीहरूको विश्वास छ।

हाल कतार–काठमाडाैँ रुटमा दैनिक कतार एअरवेजले चार तथा नेपाल एअरलाइन्स र हिमालय एअरले दैनिक एकएक उडान गरिरहेका छन्। भट्टराईका अनुसार यतिखेर कतारमा तीन लाख ६३ हजार नेपाली कार्यरत छन्।

त्यस्तै नेपाली कामदार धेरै कार्यरत रहेको अर्को गन्तव्य साउदी अरेबिया हो। विभागका अनुसार साउदीमा यतिखेर करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ। कुबेतमा ५० हजार, ओमान र बहराइनमा २५/२५ हजार जति नेपालीले काम गरिरहेको हुनसक्ने अनुमान गरिएको छ। उता द्वन्द्वग्रस्त मुलुक इराक र अमेरिकी बेस क्याम्प रहेको इजरायलमा १०/१० हजार जति नेपाली रहेको अनुमान छ।

विभागले वैदेशिक रोजगारीमा जानेको विवरणमात्र राख्ने तर फर्कनेको विवरण नराख्ने गरेकाले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएकामध्ये कति गन्तव्य मुलुकमा छन् र कति स्वदेश फर्किए भन्ने यकिन तथ्यांक पाउन कठिन छ।

लामो समयदेखि वैदेशिक रोजगारीमा गएकामध्ये फर्कनेको पनि विवरण राख्नुपर्ने आवाज उठ्दै आए पनि सरकारले त्यस्तो व्यवस्था गर्न सकेको छैन। विभागका महानिर्देशक भीष्मकुमार भुसाल विभागसँग श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको मात्र विवरण हुने बताउँछन्। ‘वैदेशिक रोजगारीमा गएकामध्ये कति फर्किए भन्ने विवरण विभागसँग हुँदैन,’ उनले भने, ‘त्यस्तै प्रतिबन्ध लगाएको मुलुक इराकमा कति नेपाली छन् भन्नेबारे पनि केही भन्न सकिँदैन।’ सरकारले इराक रोजगारीमा प्रतिबन्ध लगाए पनि यतिखेर केही नेपाली त्यहाँ कार्यरत रहेको बताइन्छ। ती नेपाली कसरी इराक पुगे भन्नेबारे केही भन्न नसकिने अधिकारीहरू बताउँछन्।

इराकमा अमेरिकी र इरानी सेनाबीच भीडन्त भइरहेकाले त्यहाँ रहेका नेपाली सबैभन्दा बढी असुरक्षित बनेका छन्। त्यसैले उनीहरूको सुरक्षाका लागि सरकारले तत्काल पहल गर्नुपर्ने आवाज उठेको छ।

विभागका महानिर्देशक भुसाल विदेशमा रहेका नेपालीको उद्धारमा परराष्ट्र मन्त्रालयको भूमिका महत्वपूर्ण हुने बताउँछन्। वैदेशिक रोजगार बोर्ड सचिवालयका कार्यकारी निर्देशक राजन श्रेष्ठ अमेरिका र इरानबीचको तनावले मध्यपूर्वमा रहेका नेपाली असुरक्षित देखिएकाले समस्या समाधानका लागि बिहीबार सरोकारवाला निकायबीच सामूहिक रूपमा छलफल हुने बताए। ‘मध्यपूर्वमा रहेका नेपालीलाई कसरी सुरक्षित राख्ने भन्नेबारे छलफलबाट केही उपाय तय होला भन्ने लागेको छ,’ उनले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ८ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ८ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस