काठमाडौं – संक्रमणकालीन न्याय प्रक्रिया जटिल बन्दै गइरहेका बेला सरकारले आफूखुसी देखावटी काम गरेको आरोप लगाउँदै द्वन्द्वपीडितले असहमति जनाएका छन्। द्वन्द्वपीडितका लागि भनिएको संक्रमणकालीन न्याय प्रक्रिया थालिएदेखि नै पीडितले सधैं असन्तुष्टि जनाउँदै आएका छन्। संक्रमणकालीन न्याय टुंगाउन सत्य निरूपण तथा मेलमिलाप, बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पुनर्गठनको प्रक्रियामा समेत असहमति जनाएका हुन्। दुई आयोगका पदाधिकारी सिफारिसका लागि समितिको कामलाई स्थगितको माग गर्दै सरकारले शान्ति प्रक्रिया टुंग्याउन नखोजेको आरोप लगाएका हुन्।
‘सिफारिस समितिको राजनीति नियन्त्रित र देखावटी प्रक्रिया तत्काल स्थगन’को माग गरेका छन्। विगतको असफलताका कारण खोजी कार्ययोजना बनाएर नयाँ विश्वसनीय प्रक्रिया थालनीमा जोड दिएका छन्। नीतिगत, कानुनी तथा व्यावहारिक विषयमा संवाद, छलफल गरी सहमतिको वातावरण, सहजीकरण गर्न एक उच्चस्तरीय विश्वसनीय संयन्त्र गठनको माग छ। पीडितका माग बेवास्ता गरी सरकारले एकलौटी निर्णय गरेमा सम्पूर्ण प्रक्रिया बहिष्कार गरी सडक आन्दोलनमा जाने चेतावनीसमेत दिएका छन्।
‘सरकार जिम्मेवार नभएर प्रक्रियाका नाटक मञ्चन गरी नेपालको शान्ति प्रक्रिया टुंगोमा पुग्न लागेको देखाउन खोजेको निष्कर्ष छ,’ द्वन्द्वपीडित साझा चौतारीले भनेको छ, ‘यो प्रक्रियाप्रति आफ्नो गम्भीर असहमति छ।’ कानुन संशोनधनका विषयमा पीडितसँग सरोकार नराखिएको गुनासो गरेका छन्। सरकारले सोमबार सातै प्रदेशमा कानुन संशोधन परामर्श थाल्ने बताएको छ।
नेपालको संक्रमणकालीन न्याय प्रक्रियामा गत वर्ष द्वन्द्वपीडित साझा चौतारीले सार्वजनिक गरेको वडापत्र अनुसार हुनुपर्ने अडान पीडितहरुको छ। वडापत्रमा पीडितको माग, आवश्यकता, सर्वोच्च अदालतले विभिन्न समयमा जारी गरेका आदेश, नेपाल पक्ष राष्ट्र भएको अन्तर्राष्ट्रिय कानुन, नेपालको द्वन्द्वको चरित्रमा आधारित भएको स्पष्ट गरेका छन्।
अहिले सरकारले दुई रिक्त आयोग गठनका लागि सिफारिस समिति गठन गरेको छ। सिफारिस समितिको कामप्रतिसमेत पीडितले असन्तुष्टि देखाएका छन्। सरकारले कानुन संशोनधनका लागि परामर्श थाल्ने तयारी गरिरहेका बेला ‘नाममात्रको परामर्श’ भन्ने टिप्पणी गरेका छन्।
‘पीडितले उठाउँदै आएको अर्थपूर्ण सहभागिता अनुरुप नभएकाले स्वीकार्य छैन,’ साझा चौतारीले भनेको छ, ‘कानुन नबनाई आयोग गठन गर्दा पुरानो अन्तरगत बन्न भएकाले नयाँ कानुन नबन्दासम्म यो प्रक्रिया बन्द गर्न हामीले माग गर्दै आएका थियौ।’
राष्ट्रिय मानवअधिकार आयोगले बारम्बार उठाउँदै आएको धारणाविपरीत दुई आयोग गठनको प्रक्रियामा लागेको बताएका छन्। पीडितको सत्य, न्याय र परिपुरणको अधिकार निषेध गरी निश्चित र राजनैतिक स्वार्थ मात्र पूरा गर्ने खतरा बढाएकोप्रति उनीहरूको असन्तुष्टि छ। ‘विद्यमान असफल प्रक्रिया पुनरावलोकन माग, अहिलेको ऐनमा रहेको आयोगको कार्यदेशप्रति नै द्वन्द्वपीडितको असहमतिमा पुरानै कानुन र प्रक्रियाद्वारा गठन हुने आयोग फेरि पनि विगतका आयोगजस्तै असफल हुने भएकाले पीडितलाई थप पीडा हुने वास्तविकता औल्याँउदै आएका छौं।’
कानुन संशोधन र दुई आयोग पुनर्गठन गर्ने नाममा पीडितको आँखामा छारो हाल्न लागेको आरोप लगाएका छन्। अन्तर्राष्ट्रिय समुदायलाई झुक्याउन समय खेर फालेको सरकारले अहिले आयोग पुनर्गठन, कानुन संशोधन, परामर्शको देखावटी नाटक मञ्चन गर्न खोजिएको आरोप छ।
पीडितलाई गुमराहमा राखेर राजनैतिक स्वार्थपूर्तिको योजना गरिएको चौतारीका अध्यक्ष भागीराम चौधरी र महासचिव जनकबहादुर राउतद्वारा जारी विज्ञप्तिमा छ। संक्रमणकालीन न्याय प्रक्रिया समाधानतिर भन्दा अविश्वास, जटिलता बढाउने शंका गरेका छन्। साझा चौतारीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई बुझाएको ज्ञापनपत्रलाई वेवास्ता गरिएको पीडितको भनाइ छ।