‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता
०४ माघ २०७६
•
७ मिनेट पाठ
‘जनसत्ता’का लिखतलाई धमाधम मान्यता
तत्कालीन माओवादी जनसत्ताले पास गरेको जग्गाको लिखत।
दाङ – तत्कालीन द्वन्द्वकालमा माओवादी ‘जनसत्ता’ले पास गरेका जग्गाका लिखतले मान्यता पाउन थालेका छन्। माओवादीले तत्कालीन अवस्थामा खडा गरेका जनसत्ताले पास गरेका लिखतलाई मान्यता दिलाउन स्थानीय सरकार नै सक्रिय भएका छन्।




रुकुममा जनसत्ताका लिखतको आधिकारिकताका विषयमा लामो समयसम्म विवाद चलेपछि स्थानीय सरकार नै ती लिखतलाई मान्यता दिलाउन लागि परेका थिए। रुकुम, मुसिकोट नगरपालिकाका मेयर देवीलाल गौतमका अनुसार जनसत्ताका लिखतकै आधारमा पास गरिएका जग्गाले कानुनी मान्यता पाइरहेका छन्। ‘अहिलेसम्म रुकुमका कुल जनसत्ता लिखतमध्ये ८० प्रतिशतले मान्यता पाइसकेको अवस्था छ,’ उनले भने, ‘यहाँका हरेक स्थानीय तहले यो विषयलाई गम्भीरताका साथ महत्व दिएर काम अगाडि बढाइरहेका छन्।’ तत्कालीन जनसत्ताले पास गरेका लिखतलाई मान्यता दिलाउन लागिपरेका केही स्थानीय तहहरुले उक्त लिखत मान्न दबाबसमेत दिएका थिए। उक्त लिखतलाई नमान्नेहरुलाई ‘ठग’ को सूचीमा राखेर स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा रोक्ने निर्णय केही स्थानीय तहले नै गरेका थिए। रुकुमको चौरजहारी नगरपालिकाले लिखत नमान्नेहरुलाई नगरपालिकाको सेवा सुविधाबाट वञ्चित गर्ने निर्णय गरेको थियो।

रुकुमको त्रिवेणी गाउँपालिकाले तत्कालीन जनसत्ताका लिखतलाई मान्यता दिलाउन शिविर नै सञ्चालन ग¥यो। गत पुस २७ र २८ गते गाउँगाउँमा शिविर सञ्चालन गरेको यो गाउँपालिकाकै पहलमा ४४ वटा जनसत्ता लिखतले मान्यता पाए। गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्तीका अनुसार यो गाउँपालिकामा ६८ वटा जनसत्ता लिखतले मान्यता पाउने या नपाउने भन्ने विषयमा विवाद थियो। ‘६८ मध्ये ४४ वटा लिखतका विषयमा सहमति गराएर किनबेच भएको जमिनलाई कानुनीरुपमा वैध बनाएका छौं,’ घर्तीले भने, ‘बाँकी २४ लिखतका विषयमा पनि सहमतिको प्रयास गरिरहेका छौं।’

जनसत्ताका लिखत नमान्नेहरुलाई ‘ठग’ को सूचीमा राखेर स्थानीय सरकारबाट प्रदान गरिने सेवासुविधा रोक्ने निर्णय केही स्थानीय तहले गरेका थिए।

जनसत्ताको लिखतलाई नमान्ने १० जनालाई स्थानीय सरकारले चेतावनीसमेत दिइसकेको छ। पुनः एकपटक अन्तिम प्रयास गर्ने र सहमतिमा नआए ती व्यक्तिहरुलाई सामाजिक रुपमै बहिष्कृत गर्ने गाउँपालिकाका अध्यक्ष घर्तीले बताए। ‘हामीले तत्कालीन जनसत्ताको लिखतका आधारमा पास भएको जग्गाको विवादलाई धेरैभन्दा धेरै हल गरिसकेका छौं,’ उनले भने, ‘उक्त लिखतलाई मान्दै मान्दैनौं भनेर अटेरी गर्नेहरुलाई पुनः एकपटक सम्झाउने प्रयास गर्छौं। त्यति गर्दा नि नमाने समाजमा उभ्याउँछौं।’ उनका अनुसार जनसत्ताको लिखतलाई नमान्नेहरुको पुरानो कसुरलाई समाजमा सार्वजनिक गरिदिने चेतावनी गाउँपालिकाले दिएको छ। ‘जनसत्ताको लिखत मान्दैनौं भन्नेहरु पहिला सामाजिक रुपमा बहिष्कृतहरु छन्,’ उनले भने, ‘अहिले मान्दै मानेनन् भने उनीहरुको पुरानो कसुर सार्वजनिक गरेर समाजबाटै बहिष्कृत गर्नेगरी अगाडि बढ्नेछौं।’

रुकुमका स्थानीय तहले सुरुमा वडा कार्यालयमार्फत जनसत्ताका लिखतबारे विवादको उजुरी माग गरेका थिए। पहिला जनसत्ताको पासका आधारमा जग्गा बिक्री गर्नेहरुले पुनः उही जग्गामा आफ्नो दाबी गर्न थालेपछि जग्गा खरिदकर्ताको निवेदन माग गरिएको थियो। ती निवेदनका आधारमा स्थानीय तहले जग्गा खरिद र बिक्री गर्नेलाई सँगै राखेर छलफल गराएका थिए। छलफलबाट जनसत्ताको लिखतका आधारमा पास भएको जग्गा पुरानै मूल्यमा पुनः पास दिन विक्रेताहरु राजी भएको स्थानीय तहले जनाएका छन्। कतिपय स्थानीय तहले जनसत्ताको लिखतलाई नमाने अप्ठ्यारो पर्ने भन्दै चेतावनी दिएपछि जग्गा विक्रेताहरु पुनः जग्गा पास दिन बाध्य भएको पनि जनाइएको छ। ‘सुरुमा सौहार्द्रपूर्ण तरिकाले सम्झाउँछौं। धेरैजसोले सहजै मान्नुभएको छ,’ त्रिवेणी गाउँपालिकाका अध्यक्ष घर्तीले भने, ‘अटेरी गर्नेहरुलाई चेतावनी पनि दिएका छौं, पहिला जनसत्ताको लिखतलाई मानेर जग्गा बिक्री गर्ने अनि अहिले मान्दैनौं भनेर ठगी गर्ने अधिकार कसैलाई पनि छैन।’

रुकुमकै चौरजहारीमा रहेका चार सय लिखतमध्ये ५० प्रतिशतले कानुनी मान्यता पाइसकेका छन्। नगरपालिकाका मेयर विशाल शर्माका अनुसार बाँकी २ सय लिखतलाई आपसी छलफलबाट कानुनी मान्यता दिइने उनको भनाइ छ। माघभरिमा सबै लिखतको समस्या समाधान गरिसक्ने उनले बताए। यो नगरपालिकाले लिखतलाई मान्यता दिने प्रयासस्वरुप छलफलका लागि आगामी ७ देखि १२ गते सम्म पुनः स्थानीय सरकारकार प्रतिनिधिलाई गाउँगाउँमा खटाउने भएको छ। त्यसपछि माघ अन्तिम साता मालपोत कार्यालयमा पु-याएर जग्गा पास गरिदिने तयारी भएको मेयर शर्माले जानकारी दिए

रुकुममा द्वन्द्वकालमा झन्डै चार हजार जग्गाका लिखत जनसत्ताबाट पास भएका थिए। सर्वोच्चले उक्त लिखतलाई मान्यता दिन नमिल्ने फैसला गरेपछि जग्गा विक्रेता र खरिदकर्ताबीच विवाद बढ्दै गएको थियो।
अर्को समाचार
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
३८ मिनेट अघि
•
१ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
सुनसरी। गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।




अनुगमनका क्रममा उनले प्रतिष्ठानमा उपचारका लागि आउने बिरामीको सुरक्षा, उपचार सेवाको सहजता तथा हुन सक्ने बिचौलियाको प्रभावबारे चासो राखे।

त्यस अवसरमा गृहमन्त्री गुरुङले बिरामीको हित र  स्वास्थ्य सेवा तथा सुरक्षालाई उच्च प्राथमिकता दिई कार्यसम्पादन गर्न निर्देशन दिए।

बिचौलियाले बिरामीलाई अन्यत्र लैजाने तथा अनावश्यक रूपमा एम्बुलेन्स प्रवेश गराउने जस्ता गतिविधि नियन्त्रण गर्न उनले निर्देशन दिए।

त्यस अवसरमा उपकुलपति प्राडा स्मृति कार्की र निर्देशक इन्द्रकुमार बिचौलियालगायत प्रतिष्ठानका पदाधिकारीले अस्पतालबाट प्रवाह भइरहेको स्वास्थ्य सेवा, गर्न लागिएको प्रयास र अन्य भावि योजनाबारे जानकारी गराएका थिए।

त्यस क्रममा गृहमन्त्री गुरुङले प्रतिष्ठानमा एमआरआई सेवा सञ्चालनबारे जानकारी लिए। उक्त सेवासम्बन्धी प्रक्रियामा कुनै समस्या भए जानकारी गराउन पनि निर्देशन दिए।

यसैबीच, गृहमन्त्री गुरुङले धरान उपमहानगरपालिका–१८ स्थित नेपाल बौद्ध गुम्बाको समेत अवलोकन गरे। उनी आजै  इटहरीस्थित तमु ह्युल छोंज धी गुरुङ राष्ट्रिय परिषद्को १५औँ राष्ट्रिय पार्षद् सभामा सहभागी हुने कार्यक्रम छ।
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
अर्थ
Clock ५ मिनेट अघि | १ मिनेट पाठ
जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चित गरिने
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलविद्युत् आयोजनामा स्थानीयको हक सुनिश्चितताका निम्ति आफ्नो मन्त्रालयले हरसम्भव प्रयत्न गर्ने बता...
Whatsapp
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
खेल
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टमा भारतको कमजोर सुरुवात
न्युजिल्यान्डविरुद्धको दोस्रो टेस्टको पहिलो इनिङ्समा भारतले कमजोर प्रदर्शन गरेको छ।
Whatsapp
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
अपराध
Clock २० मिनेट अघि | १ मिनेट पाठ
ताप्लेजुङ प्रहरीद्वारा फरार पाँच प्रतिवादी पक्राउ
विभिन्न मुद्दामा दोषी ठहर भई फरार रहेका ५ जनालाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ।
Whatsapp
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
राजनीति
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
गृहमन्त्री गुरुङद्वारा बिपी प्रतिष्ठानमा स्वास्थ्य सेवा र सुरक्षा व्यवस्थाको अनुगमन
गृहमन्त्री सुधन गुरुङले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अनुगमन गरेका छन्।
Whatsapp
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कला/साहित्य
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
‘प्रश्नको घेरामा नेपालको लोकतन्त्र’ सार्वजनिक
कोञ्ज्योसोम प्रज्ञाप्रतिष्ठानका अध्यक्ष गोपाल सञ्जेलले लोकतन्त्रलाई दल, नेता र सरकारसँग मात्रै जोडेर बुझ्न नहुने धारणा राखे।
Whatsapp
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
खेल
Clock ५० मिनेट अघि | १ मिनेट पाठ
केन्याली धावक मुरिउकीले जिते नेपालगन्ज म्याराथन उपाधि
धारा नेपालगन्ज म्याराथनको १२ औं संस्करणको उपाधि केन्याली धावक जुलियस मुरिउकी वाहोमेले हात पारेका छन्।
Whatsapp
यो पनि पढौँ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
समाज
Clock ५५ मिनेट अघि | १ मिनेट पाठ
‘पेन्डिङ’ फाइल शून्यमा झार्दै झापा प्रशासन
झापा प्रशासनले सेवाग्राहीलाई राष्ट्रिय परिचयपत्र र राहदानीको फोटा तथा जैविक विवरण (बायोमेट्रिक) काम एकै दिनमा उपलब्ध गराउन सुरु गरेको छ।
Whatsapp
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
समाज
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
महिला पहिला : मौनताको पर्खाल भत्काउने १६ दिन
घरभित्रको पीडा र विभेदको अन्त्यमा हाम्रो समाजमा घरलाई प्रायः शान्ति, माया र सुरक्षाको सबैभन्दा बलियो थलो मानिन्छ।
Whatsapp
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस