हेड सरदेखि सभामुखसम्म
१३ माघ २०७६
•
८ मिनेट पाठ
हेड सरदेखि सभामुखसम्म
सिन्धुपाल्चोक – ‘सम्माननीय सभामुखज्यू। यत्रतत्र भ्रष्टाचार छ ! कहाँ छैन र भ्रष्टाचार ?’ प्रतिनिधिसभा सदस्यको हैसियतमा अग्निप्रसाद सापकोटाले संसद्को रोस्टममा उभिएर तत्कालीन सभामुख कृष्णबहादुर महरामार्फत सरकारलाई बारम्बार औंला ठडाएर प्रश्न गर्थे। ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा अघि सारेको आफू आबद्ध नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारका कमीकमजोरीमाथि सांसदको हैसियतमा औंला ठड्याउने उनै सापकोटा अहिले प्रतिनिधिसभाको सभामुख भएका छन्।




प्रतिनिधिसभामा एकल मनोनयन दर्तादेखि सभामुख घोषणासम्म उनी विवादरहित भने बन्न सकेनन्। नवनिर्वाचित सभामुख सापकोटाको राजनीतिक जीवन यात्रा संघर्षपूर्ण छ। डेढ दशक शिक्षण, दसवर्षे ‘जनयुद्ध’ का क्रममा विभिन्न मोर्चामा खटिँदा बेहोर्नुपरेका हन्डरदेखि दुईपल्ट मन्त्री भएको आरोह–अवरोहका साक्षी हुन् उनी।

सभामुखमा उम्मेदवारी दर्ता गराएपछि गत बिहीबार आफ्नो निर्वाचन क्षेत्रको एक कार्यक्रममा सहभागी भएका उनले संसद्को गरिमा उच्च बनाउन आफूले सभामुखको ‘रिहर्सल’ गरिरहेको बताएका थिए। राजनीतिक यात्रामा व्यक्तिगत र परिवारको स्वार्थका लागि कहिल्यै नसोचेको बताउँदै सापकोटाले नागरिककर्मीसँगको भेटमा भनेका थिए, ‘संसद्मा पनि यस्तै निस्वार्थी भावनाले काम गर्छु।’

स्पस्ट वक्ताको परिचय बनाए पनि छिट्टै आवेशमा आउने र तत्काल कडा प्रतिक्रिया जनाउने स्वभावलाई सापकोटाका समकक्षी उनको कमजोरी ठान्छन्।

सिन्धुपाल्चोक गृहजिल्ला भएका सापकोटालाई जिल्ला र निर्वाचन क्षेत्रका कसैले पनि नामको पछाडि ‘ज्यू’, ‘जी’ जोडेर सम्बोधन गर्दैनन्। ‘अग्नि सर’ को नामले उनी जिल्लामा परिचित छन्। लाग्छ, उनी अझै शिक्षक हुन्। १५ वर्ष शिक्षण गर्ने क्रममा उनले यो परिचय बनाएका थिए। शिक्षण पेसा छाडेको २८ वर्षपछि पनि उनको यो पहिचान कायमै छ। शिक्षण पेसाका क्रममा उनले सात वर्ष विभिन्न विद्यालयको प्रधानाध्यापक चलाए। तातोपानीको विकट गाउँ बोक्चेनबाट शिक्षणयात्रामा लागेका उनी २०४८ सालमा राजीनामा दिएर पूर्णकालीन राजनीतिमा होमिनुअघि साँगाचोकस्थित जनजागृति माविका शिक्षक थिए। उनले शिक्षण जीवनको लामो समय यही विद्यालयमा व्यतित गरे।

शिक्षण पेसासँगै २०२९ सालमा विद्यार्थी संगठनमा आवद्ध भएर उनले राजनीतिक यात्रा पनि अघि बढाएका थिए। २०३५ सालमा तत्कालीन नेकपा चौथो महाधिवेशनको सदस्यता लिएर उनले पार्टी राजनीति थालनी गरे। २०३७ सालमा शिक्षक संघर्ष समितिको सदस्य भएर जिल्ला अध्यक्ष हुँदै केन्द्रीय महासचिव र उपाध्यक्ष भएका सापकोटाले २०४८ सालमा शिक्षकबाट राजीनामा दिएर पूर्णकालीन राजनीतिक यात्रा सुरु गरे। सापकोटाको राजनीतिक यात्राको ‘टर्निङ प्वाइन्ट’ यहींबाट सुरु हुन्छ।

२०४८ सालमा तत्कालीन राष्ट्रिय जनमोर्चाबाट सांसदको उम्मेदवार बनेका उनले २०४९ मा पार्टीको केन्द्रीय सदस्यको जिम्मेवारी पाए। २०५१ मा नेकपा (एकता केन्द्र) को केन्द्रीय सदस्य भएका उनले पार्टी एकतापछि पनि नेकपा (माओवादी) मा सोही हैसियत पाए। २०५२ माघमा भूमिगत भएर माओवादी जनयुद्धमा होमिएका सापकोटाले पूर्वी उपक्षेत्रीय ब्युरो इन्चार्चको भूमिका निर्वाह गरे।

२०५७ मा पार्टीको दोस्रो राष्ट्रिय सम्मेलनबाट पोलिट्ब्युरो सदस्य निर्वाचित उनी २०५८ मा सरकारसँग वार्ता गर्न विद्रोहीका तर्फबाट गठित तीन सदस्यीय समितिका सदस्य भए। २०६२ चैत १४ गते माओवादीले सिन्धुपाल्चोकको ठोकर्पामा गरेको कार्यक्रममा तत्कालीन शाही नेपाली सेनाले हवाई आक्रमण गर्दा सापकोटा गम्भीर घाइते भए। उनको शरीरमा तीनवटा गोली लागेको थियो। गोलीको दाग शरीरमा अझै छ। ‘विभिन्न आक्रमणमा बाँचें तर ठोकर्पा आक्रमणमा चाहिँ बाँच्छु भन्ने आसै थिएन,’ उनले भनेका थिए।

२०६२÷६३ सालको दोस्रो जनआन्दोलनमा उपत्यका र आसपास जनपरिचालनको नेतृत्व गरेका सापकोटा २०६४ मा भएको पहिलो संविधानसभा निर्वाचनमा सिन्धुपाल्चोक–२ बाट निर्वाचित भए। २०६८ मा सूचना तथा सञ्चारमन्त्री भएका उनी २०७० मा दोस्रो पटक पनि सोही क्षेत्रबाट संविधानसभा सदस्यमा निर्वाचित भए। २०७१ मा एकीकृत (नेकपा) को स्थायी सदस्य भएका उनी २०७३ मा केपी शर्मा ओली नेतृत्वको सरकारमा वन, भूसंरक्षण तथा वातावरणमन्त्री बने। जतिबेला संविधानसभाबाट जारी संविधानलाई लिएर भारतले अघोषित नाकाबन्दी गरेको थियो। मुलुक संघीयतामा गएपछि २०७४ सालमा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा उनी सिन्धुपाल्चोक–१ बाट विजयी भए।

सभामुखमा निर्वाचित हुनुअघि ६२ वर्षीय सापकोटा तत्कालीन एमाले र माओवादी एकतापछि बनेको नेकपा स्थायी समिति सदस्य पनि थिए। भद्र स्वभावका उनी अध्ययनशील नेतामा गनिन्छन्। स्पस्ट वक्ताको परिचय बनाए पनि छिट्टै आवेसमा आउने र तत्काल कडा प्रतिक्रिया जनाउने स्वभावलाई सापकोटाका समकक्षी उनको कमजोरी ठान्छन्।

चौतारा–साँगाचोकगढी नगरपालिका–४ कुबिन्डे गाउँमा २०१४ फागुन २४ गते जन्मिएका सापकोटाले त्रिभुवन विश्वविद्यालयबाट स्नातक गरेका छन्। ‘कानुन बनाउन संसद् उच्चतम थलो हो। सभामुखको हैसियतले संसद्बाट मुलुकको ‘सिस्टम’ विकास गर्ने खालका कानुन बनाउन भूमिका निर्वाह गर्छु,’ सभामुखमा निर्वाचित हुनुअघि उनले नागरिकसँग भनेका थिए।
अर्को समाचार
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
१० मिनेट अघि
•
१ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
पर्वत। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्।




लामो समयदेखि स्थानीयवासीका लागि समस्या बन्दै आएको सुनछाप पहिरोले गत असोजमा थप क्षति पुर्‍याएपछि स्थानीय आवागमन, सडक यातायात तथा सिँचाइ सेवा प्रभावित बनेको छ। मन्त्री श्रेष्ठले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै पहिरोका कारण उत्पन्न समस्या, जोखिम र तत्काल आवश्यक पहलका विषयमा जानकारी लिएका हुन्।

अवलोकनपछि स्थानीय जनप्रतिनिधि तथा प्रशासनका प्रतिनिधिसँग भएको छलफलमा पहिरोको तत्काल मर्मतसँगै दीर्घकालीन नियन्त्रण र प्रभावित पूर्वाधारको संरक्षणलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्नेमा जोड दिइएको थियो।

समस्या समाधानका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, पूर्वाधार मन्त्रालय, विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, प्रदेश सरकार र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर एकीकृत योजना अघि बढाउने पहल सुरु गरिएको मन्त्री श्रेष्ठले बताए।

सो अवसरमा पर्वतका प्रतिनिधिसभा सदस्य सागर भूसालले सुनछाप पहिरोको नियन्त्रण अत्यावश्यक रहेको उल्लेख गर्दै यसको दिगो समाधानका लागि सरकारको ध्यानाकर्षण गराएका थिए।

स्थानीय समस्या र आवश्यकताको वास्तविक पहिचान स्थलगत अवलोकनबाटै सम्भव हुने उल्लेख गर्दै मन्त्री श्रेष्ठले स्थानीय जनप्रतिनिधि र समुदायसँगको सहकार्यमा पहिरो नियन्त्रण तथा प्रभावित पूर्वाधारको संरक्षणका लागि आवश्यक पहल र सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरे।
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock ३ मिनेट अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock ७ मिनेट अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
राजनीति
Clock १० मिनेट अघि | १ मिनेट पाठ
सुनछाप पहिरोको दीर्घकालीन नियन्त्रणका लागि ऊर्जा मन्त्रीले समन्वय गर्ने
मन्त्री विराज भक्त श्रेष्ठले पर्वतको मोदी गाउँपालिका–२ स्थित सुनछाप पहिरोको स्थलगत अवलोकन गरी स्थानीयवासीका समस्या र क्षतिबारे जानकारी लिएका छन्...
Whatsapp
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
राजनीति
Clock २२ मिनेट अघि | १ मिनेट पाठ
सरकारी निकायका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन गर : पूर्ण बस्नेत
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले सरकारी निकायबाट भएका गैरकानुनी गतिविधिको निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन्।
Whatsapp
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
अर्थ
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
सिंगाडाखेतीबाट पहिचान बनाउँदै प्रेम
बाँकेको जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपलाई यतिबेला गाउँकै तलाउमा सिंगाडा (फानी फल) टिप्न र बेच्न भ्याइनभ्याइ छ। 
Whatsapp
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
अन्तर्राष्ट्रिय
Clock ३८ मिनेट अघि | १ मिनेट पाठ
भारतमा सबै राज्यको संसद् सीट सङ्ख्यामा समानुपातिक रूपमा ५० प्रतिशत वृद्धि गर्ने तयारी
भारतको सङ्घीय सरकारले नोभेम्बर ३० बाट सुरु हुने संसद्को विशेष अधिवेशनमा सीमाङ्कन (दोस्रो) विधेयक, २०२६ प्रस्तुत गर्ने तयारी गरेको छ। 
Whatsapp
यो पनि पढौँ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
समाज
Clock ५१ मिनेट अघि | १ मिनेट पाठ
विराटनगर महानगर प्रमुखका वाचा अधुरै
विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले २०७९ सालको स्थानीय तहको निर्वाचनमा गरेका अधिकांश वाचा अधुरै छन्।
Whatsapp
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
टोप्लाका महिलाले पाए गाउँमै प्रसूति सेवा
विकट भूगोल, टाढाको स्वास्थ्य संस्था र आर्थिक अभावका कारण यहाँका महिलाले प्रसूति सेवाका लागि लामो समयदेखि सास्ती खेप्दै आएका थिए।
Whatsapp
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
अमेरिकामा शक्तिशाली आँधी : १० लाख बढी घरमा विद्युत् सेवा अवरुद्ध, २५ सय उडान ढिला र ४५० रद्द
अमेरिकामा आएको शक्तिशाली आँधीका कारण तीव्र हावा र भारी वर्षाले १० लाखभन्दा बढी घरमा विद्युत् सेवा अवरुद्ध भएको छ।
Whatsapp
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
बजार
Clock १ घण्टा अघि | ० मिनेट पाठ
यस्तो छ आज तरकारी र फलफूलको थोक मूल्य
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य सार्वजनिक गरेको छ।
Whatsapp
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
राजनीति
Clock १ घण्टा अघि | ० मिनेट पाठ
वरिष्ठ अर्थशास्त्री प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध
वरिष्ठ अर्थशास्त्री तथा लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति प्रा.डा. सुवर्णलाल बज्राचार्य उज्यालो नेपाल पार्टीमा आबद्ध भएका छन्।
Whatsapp
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
अर्थ
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दूधको मूल्य प्रतिलिटर ८० कायम गर्न किसानको माग
कास्कीका दूग्ध उत्पादक किसानले दूधको मूल्य प्रतिलिटर रु ८० कायम गर्न माग गरेका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस