काठमाडौँ, मङ्सिर १०- नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एनेकपा (माओवादी)लाई जनविद्रोह र सर्वसत्तावादी सत्ता लाद्ने सोच त्याग्न आग्रह गर्दै सहमति, समझदारी र वार्ताद्वारा राजनीतिक समस्याको समाधान खोज्नुपर्ने बताएका छन्।
काठमाडौँमा आज आयोजित नेपाल प्रेस युनियन नेपाल टेलिभिजन शाखाको अधिवेशनमा बोल्दै सभापति कोइरालाले बन्दुक र लडाकूको डरधाकबाट नेपाली जनतालाई मुक्त गरेर विगतमा भएका सहमति इमान्दारीपूर्वक पालन गरेर शान्ति प्रक्रियालाई तार्किक निष्कर्षमा पुर्याउन आग्रह गरे।
अन्तर्राष्ट्रिय समुदायसमेतले आग्रह गर्दागर्दै पनि माओवादीले शिविरबाट लडाकुलाई राजनीतिक बैठकमा सहभागी गराएकोमा आपत्ति जनाउँदै सभापति कोइरालाले राजनीतिक स्थायित्व र दीगो शान्तिको बाधक को हो भनेर नेपाली जनताले छुट्ट्याउनुपर्ने बताए।
उनले संसदमा नेपाली काँग्रेसको प्रधानमन्त्रीको उम्मेदवारी कायमै रहेको बताउँदै प्रधानमन्त्रीले सबैसँग सहमति जुटाएर संसद अधिवेशन बोलाउँछु भनेकाले त्यो काम छिटो गर्न आग्रह गरे।
नेपाली काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले माओवादीले शान्तिप्रक्रियालाई टुङ्ग्याउन, संविधान लेखनलाई तीव्रता दिन र राजनीतिक सहमतिको पालना गर्ने काममा आनाकानी गरेर पालुङटारको विस्तारित बैठकबाट निहुँ खोज्ने काम हुन लागेको बताए।
संसदको चुनाव टार्दै जान र संसदमा रहेको कामबाट उम्किन प्रधानमन्त्रीले संसदको अन्त गर्दै जाने हो भने प्रधानमन्त्री निरङ्कुश बन्ने खतरालाई आमन्त्रण गर्ने काम हुनसक्छ भन्दै नेता पौडेलले संसदको अधिवेशन छिटो बोलाउनुपर्नेमा जोड दिए।
- रासस