काठमाडौं, मंसिर १४ (नागरिक) - निर्वाचन आयोगले संकलन गरिरहेको फोटो सहितको मतदाता नामावली र राष्ट्रिय परिचयपत्र तयार गर्ने कार्यक्रम बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ।
निर्वाचनको प्रयोजन बाहेक अरु कार्यको लागि मतदाता नामावली प्रयोग गर्न नपाइने कानुनी प्रावधान रहेको दाबी गर्दै रिट दायर भएको हो। रिटमा पुरानो मतदाता नामावलीलाई शुन्यको अवस्थामा पुर्याई नयाँ मतदाता नामावली तयार पार्ने र राष्ट्रिय पत्र तयार गर्ने कार्यक्रमको निर्णय कार्यान्वयनमा रहे लाखौँ मतदाता मतदानबाट बञ्चित हुने दाबी गरिएको छ।