पालुङटार (गोरखा), मंसिर १६ - एकीकृत माओवादीको पालुङटार बैठक नेतात्रयको विचारको सेरोफेरोमा टुंगियो। बैठकमा सहभागी करिब सात हजार प्रतिनिधिहरूले उनीहरूलाई विभिन्न प्रश्न गरेका थिए।
प्रत्येक समूहका तीन टोली नेताले तीनै नेताको पक्षमा बोले पनि बाँकीले बोल्ने चाहना भएर पनि पाएनन्। बोल्न नपाउने कार्यकर्ताले आफ्नो बिचार नोटबुकको पानामा लेखेर थिएका थिए।
नेतृत्वलाई प्रश्न गर्दै उनीहरूले आफ्नो समूहको वकालतसमेत गरेका थिए। नागरिकले प्राप्त गरेका चिर्कटामा अभिव्यक्त तिनका विचारको सम्पादित अंश :
आदरणीय अध्यक्ष ज्यु,
अभिवादन!
विशेष अस्ति आफ्नो विचार प्रस्तुत गर्ने सन्दर्भमा क. रोशन जनकपुरी लगायतका कमरेडहरूले राखेका मुख्य दुई विषय : एक, गौर घटनाबारे र अर्को, गाडी सुविधा अध्यक्ष नजिक भएको कारण उपलब्ध गराएको भन्ने कुरा नियोजित र षड्यन्त्रमूलक ढंगले अलि माथिकै नेतृत्वको सरसल्लाहमा आएको जस्तो बुझिन्छ।
उहाँको यस अभिव्यक्तिले हलका साथीहरूमा ठूलै भ्रम पर्न गएको छ, तसर्थ यसरी सम्पूर्ण जानकारी बिना नै चरित्र हत्या गर्ने उद्देश्यले व्यक्त बिचारबारे या त अध्यक्षज्युबाट वा मधेश व्यूरो इन्चार्जबाट नै भए पनि स्पष्ट पारिदिनु हुन अनुरोध छ।
०६७ मंसिर ११
रामकुमार शर्मा
आदरणी क.हरू अभिवादन!
५ गतेदेखि जारी हाम्रो विस्तारित बैठक आज अन्तिम दिनसम्म आउँदा तीनजना नेता तीनतिर छन्। हाम्रो आशा, अपेक्षा, पार्टी एक योजनामा एक क्रियान्वयनमा अझै एक भएर जान्छ भनेको त तीनै जना नेता चर्का/चर्का कुरा गर्दैछन्।
झनै क. किरणले सेना छैन, सेनाभित्र जनवादको अभ्यास छैन भनेर भन्नुभयो यो आरोप लगाउने काम मात्रै हो कि नेताहरूले यस्तै गर्दै भन्दै जाने हुन भने क्रान्ति र क्रान्तिमा लागेका हाम्रो भविष्य पनि बर्वाद पार्छन् कि भन्ने चिन्ता लाग्यो। त्यसैले अब हामीले सेना-पार्टी छोडेर घरमा गएर कुटो कोदालो गरेर बस्नु पर्ने जस्तो देखियो, नेताहरूको अभिव्यक्तिले।
पार्टीलाई सुझाव
प्रस्तावित मस्यौदा संविधानमा भएका कमजोरी :
संविधानले हाम्रो धारणाको ऐनाको काम गर्नुका साथै आन्दोलन उठाउने काममा समेत सहयोगी हुने हुन्छ। तर, हाल प्रस्तावित मस्यौदा संविधानले हाम्रो धेरै हदसम्म गलत चित्रण गरेको छ।
श्रमिक जनताको मन छोएको छैन र परिणामतः आन्दोलनको लागि सहयोगी हुन नसक्ने देखिन्छ। यसले हाम्रो जनविद्रोहको लागि आधार प्रदान गर्न सक्दैन, गरिब जनताको लागि यो खाली प्राज्ञिक अभ्यास मात्रै देखिन गएको छ। यस संविधानका प्रमुख कमजोरीहरू संक्षिप्तमा निम्न अनुसार छन् :
१) यसले सामन्तवादी साम्राज्यवादी दलहरूलाई अंकुश लगाउँदैन।
२) उत्पादनका साधनहरूको व्यक्तिगत स्वामित्व र सामूहिक स्वामित्व मध्ये कुन प्रधान हो भन्नेबारे मौन छ।
३) श्रमिकहरुको मर्यादित जीवनको पक्ष लिए तापनि यो संविधान श्रमिक वर्ग हितबारे अमूर्त छ। उदाहरणको लागि प्राइभेट प्रोफिटिङ्गको अधिकारिक नियमबारे मौन छ। प्रोफिटको क्यापिटलमा रिप्रोडक्सन हुने प्रणालीमा अंकुश लगाएको छैन। जनवादी चरणमा पनि यो प्रक्रियामा धेरै हदसम्म अबद्ध छ।
मुक्ति नेपाल, डीओसी अमेरिकाबाट, अहिले पालुङटार मंसिर ११, ०६७।
अध्यक्षले स्पष्ट पार्नुपर्यो
महिला कमरेडहरू(सहिद परिवार)ले पुर्नविवाह गरेपछि सहिद परिवार नभन्ने/नमान्ने समस्या देखिन्छ। यर्थाथ के हो?
प्रस्तुतिः उजिर मगर