उजिर मगर, काठमाडौँ, मंसिर १६- माओवादीको आज बस्ने भनिएको केन्द्रीय कमिटीको बैठक भोलिसम्मका लागि स्थगित भएको छ। पालुङटार बैठकमा छलफल गरिएका तीन वटा दस्तावेजलाई एउटै बनाएर तत्कालीन कार्यनीति बनाउने विषयमा तयारी नपुगेकोले बैठक स्थगित गरिएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
पालुङटारमा भएको छैठौं केन्द्रीय विस्तारित बैठकले अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्षद्वय मोहन वैद्य र बाबुराम भट्टराईका तीनवटा प्रस्तावलाई टुंगो लगाउन नसकेपछि केन्द्रीय समितिलाई जिम्मा दिएको हो। बैठकले सहमति भएका विषयलाई एउटै दस्तावेजमा समावेश गर्ने र बिमतिलाई बहसमा लैजाने भएको निर्णय गरेको हो।
नमिलेका सैद्धान्तिक विषयहरुलाई कसरी बहसमा लाने भन्नेबारे केन्द्रीय समितिबाट विधि निश्चित गर्ने सहमति भए अनुसार आज बैठक बस्न लागेको थियो।