दिलबहादुर छत्याल, धनगढी, मंसिर १९- सुदूर पश्चिम भ्रमणका क्रममा आइतबार बाजुरा पुगेका राष्ट्रपति रामवरण यादवले राजनीतिक निकासका लागि दलहरु मिल्नुको विकल्प नभएको उल्लेख गरेका छन्। बाजुरा सदरमुकाम मार्तडीमा श्री बाजुरा बहुमुखी क्याम्पसको भवन उदघाटन गर्दै उनले राष्ट्र जोगाउन सबै मिलेर जानुपर्ने बताए।
बाजुराको विकासका लागि जलविद्युत् तथा खाद्यन्न उत्पादनमा जोड दिनुपर्ने राष्ट्रपति यादवले बताए। आइतबार बिहान राष्ट्रपतिले पर्यटकीयस्थल खप्तडको अवलोकन गरेका थिए। डोटी सदरमुकाम शैलेश्वरी मन्दिरमा पूजा गरी उनी खप्तड गएका थिए। गए राति दिपायलस्थित सेनाको सुदुरपश्चिम पृतनामा बास बसेका उनी आज काठमाडौं फर्केका छन्।