१५ दिनपछि यो सरकारको विकल्प खोजी सुरु हुन्छ : जेपी गुप्ता
२२ माघ २०६७
•
५ मिनेट पाठ
१५ दिनपछि यो सरकारको विकल्प खोजी सुरु हुन्छ : जेपी गुप्ता
काठमाडौं, माघ २२ (नागरिक)- नवनिर्वाचित प्रधान मन्त्री झलनाथ खनालले सपथ नलिँदै मधेसी जनअधिकार फोरम नेपालका सहअध्यक्ष जयप्रकास गुप्ताले १५ दिनभित्र माओवादी अध्यक्ष पुष्पकमल दाहाल र प्रधान मन्त्री झलनाथ खनालले शान्ति र संविधान निर्माणको आधार सुनिश्चित गर्न नसके १६ औं दिनदेखि सरकारको विकल्प खोजी सुरु हुने बताएका छन्।

रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै गुप्ताले सेना समायोजनको सङ्ख्या, मोडालिटी र संविधान निर्माणको सम्बन्धमा रहेका विवादहरु स्वतन्त्र न्यायपालिका, जातीय सङ्घीयताको विकल्प १५ दिनभित्र स्पष्टरुपमा प्रस्तुत गर्न नसके जेठ १४ गतेभित्रमा शान्ति प्रक्रिया निश्कर्षमा नपुग्ने र संविधान नबन्ने निश्चित हुने भएकाले त्यस्तो अवस्थामा सरकारको विकल्पको खोजी सुरु हुने दाबी गरेका हुन। उनले भने- यस्तो अवस्थामा सरकार पूर्ण असफल हुन्छ।

उनले नयाँ संविधान निर्माण गर्ने हो भने संविधानसभाको म्याद पुन थप्नुको विकल्प पनि नरहेकोसमेत बताए। अबको १५ दिनभित्र ठोस पहल नभए संविधान नबन्ने निश्चित हुने ठोकुवा पनि गरे उनले। सेना समायोजन र संविधान निर्माणको प्रक्रियाको दृष्टिकोणले दाहाल प्रधान मन्त्री हुँदाको अवस्था र झलनाथ खनाल प्रधान मन्त्री हुँदाको अवस्थामा कुनै तात्विक अन्तर नभएको दाबी गर्दै उनले सरकार परिवर्तनबाट मात्रै शान्ति र संविधान निर्माणमा कुनै फरक नआउने दाबी पनि गरे। व्यक्ति परिवर्तन भएर मात्रै शान्ति र संविधान सुनिश्चित हुन सक्दैन, झलनाथजीको यात्रा प्रचण्डजीले छाडेको विन्दुबाटै सुरु हुन्छ- उनले थपे।

अहिले सरकारमा जाँदा मधेसवादी दलहरुले पैसा, पद र शानबाहेक केही प्राप्त गर्न नसक्ने दाबी गर्दै गुप्ताले जनआन्दोलन र मधेस आन्दोलनको उपलब्धिलाई
संस्थागत गर्नै नसक्ने ठोकुवा गरे। मधेसवादी दलका नेताहरुको अहिलेसम्मको भूमिका एउटा व्यापारीको भन्दा फरक नभएको भन्दै उनले मधेसी
जनतालाई देखाएर सत्ता प्राप्त गर्नेबाहेक कुनै काम नगरेको आरोप लगाए। उनले भने- तीन महिनामा मधेसवादी दलहरुले सरकारमा गएर कुनै उपलब्धि हासिल गर्न सक्दैनन्। नेताहरुले शासन सौकत र पैसा प्राप्त गर्न सक्लान्।

सरकारमा जाने अवस्थामा आफ्नो पार्टीको संस्थागत निर्णयबाट पार्टी सरकारमा सहभागी हुने भन्दै उनले पार्टीको तर्फबाट सरकारमा सहभागिता जनाउँदा अध्यक्ष उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा जानु उपयुक्त हुने बताए। अध्यक्षजी अनुभवी विद्वान् हुनुहुन्छ, त्यसैले उहाँले नै नेतृत्व गर्नु उपयुक्त हुन्छ- उनको भनाइ थियो। पार्टीको नेतृत्व अध्यक्षले नै गर्दा पार्टी एक ढिक्का हुन्छ भन्दै उनले थपे- फोरम नेपाल फुट्दैन। यद्यपि उनले आफूले भने सत्तामा जाने लोभलाई अन्तिम समयसम्म बाधेर राख्‍ने बताउ।

आफू प्रधान मन्त्री भएको बेला प्रचण्डले सात हजारसम्म लडाकुलाई समायोजन गर्न र चेन अफ कमाण्ड यथावत् राख्‍ने प्रस्ताव गरेको उल्लेख गर्दै उनले अहिले माओवादी आफैं आफ्नो प्रस्तावबाट भागेको आरोप लगाए। प्रचण्डको प्रस्तावमा कङ्ग्रेसले पाँच हजार भनेको थियो, अहिलेसम्म यसमा कुनै प्रगति हुन सकेको छैन- उनले भने।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
५ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस