अजय फुयाल- इङ्लिस फुटबलको हस्ती आर्सेनलका प्रशिक्षक आर्सेन वेंगरले महँगो मूल्यमा फर्नान्डो टोरेज र डेभिड लुइजलाई भित्रयाएकोमा चेल्सीको खुलेर आलोचना गरे। उनको तर्क थियो, 'युइएफएको फाइनान्सियल फेयर प्ले' प्रस्तावलाई सहयोग गर्ने वचन दिएको चेल्सीले दुई खेलाडीका लागि ७ करोड ५० लाख पाउन्ड खर्चनु भनेको बेइमानी हो। चेल्सीले ७ करोड पाउन्ड घाटा लागेको फेहरिस्त प्रस्तुत गरेकै दिन, दुई साताअघि दुई खेलाडीलाई घाटा रकमभन्दा बढी खर्चेकोमा उनले आपत्ति जनाएका हुन्।
खासमा युरोपेली फुटबलको सर्वोच्च निकायले त्यहाँ 'क्लब फुटबल' दिगो बनाउन फाइनान्सियल फेयर प्लेको प्रस्ताव ल्याएको थियो। जसलाई युरोपका सबै ठूला क्लबले सर्वसम्मति दिएकै हुन्। चेल्सीले पनि यो प्रस्ताव सकार्ने वचन दिएको थियो। युइएफएको प्रस्तावअनुसार कुनै पनि क्लबले आम्दानीभन्दा बढी खर्च गर्नु हँुदैन। त्यसो भएमा व्यावसायिक फुटबललाई जोगाउने क्लब आफै धराशयी हुने सम्भावना रहन्न। अस्वस्थ प्रतिस्पर्धाबाट पनि संसारको सर्वाधिक लोकप्रिय खेल जोगिन्छ।
युइएफएले क्लबहरूलाई थप सक्षम बनाउने उद्देश्यअनुसार यस्तो प्रस्ताव ल्याएको हो। असहज परिस्थितिमा साख जोगाउन बढी खर्च गर्नुपरे पनि त्यो सोधभर्ना गर्न क्लबले आम्दानी बढाउन नयाँ योजनामा काम गर्नुपर्ने तर्क प्रस्तावमा छ। त्यसैले युरोपका सबै खर्चालु क्लबले यसलाई स्वीकारेका थिए। व्यावसायिक फुटबलका लागि युरोप विश्वकै केन्द्र मानिन्छ, त्यसमा पनि इङ्ल्यान्डका क्लबबाट प्रिमियर लिग खेल्नु सबै उच्चस्तरीय खेलाडीको सपना हुनसक्छ। प्रिमियर लिग अन्य लिगका तुलनामा स्तरीय हुनुमात्र खेलाडीको रोजाइ बन्नु पक्कै होइन। बरु यहाँको महँगो पारिश्रमिकले सबै उत्कृष्ट खेलाडीलाई लोभ्याउँदाचाहिँ प्रिमियर लिग आफै अरुको तुलनामा स्तरीय बनेको हो। युरोप, जहाँ फुटबलमा दर्शकबाट उठने अपार धनराशि, प्रायोजकले दिने मोटो रकम, समर्थकका लागि बनाइएका पोशाकलगायतका सामग्रीको बिक्री र टेलिभिजन अधिकार बेच्दाको ठूलो मूल्य पनि अस्वस्थ प्रतिस्पर्धासामु कम हुन थालेछ। युइएफएको यो प्रस्ताव त्यसैको प्रमाण हो।
नेपालमा पनि फुटबल सबैभन्दा लोकप्रिय खेल भन्न हिच्किचाउनु पर्दैन। यही खेलले मात्र नेपालमा व्यावसायिकतालाई स्वीकारेको छ, जहाँ हजारको हाराहारीमा खेलाडीले रोजगारी पाएका छन्। युरोपमा नआइसकेको समस्याका लागि युइएफए सतर्क भएको समाचार नेपाली फुटबल प्रशासकहरूले पनि पढेका होलान्। खासमा नेपाली फुटबलका अधिकारीहरूले त यस्तो समस्या बारम्बार भोगिरहेका पनि छन्। क्लबहरू आफैबीचको अस्वस्थ प्रतिस्पर्धाको सिकार बन्दा पटक–पटक नेपालमा लिग रोकिएको इतिहास छ। नेपाली फुटबलमा रहेको सबैभन्दा ठूलो समस्या भनेकै आम्दानीभन्दा खर्च बढी हो। जुन सबै क्लबका पदाधिकारीजति अरु कसैलाई थाहा नहोला।
नेपाली व्यावसायिक फुटबलमा क्लबले खर्चने रकमको सबैभन्दा ठूलो हिस्सा खेलाडीको पारिश्रमिकले ओगट्छ। खेलाडीको मूल्य प्रत्येक वर्ष आकासिँदो अवस्थामा छ। १० वर्षअगाडि १५ सय रुपैयाँमा खेल्ने स्तरका खेलाडीले अहिले आफ्नो मूल्य ३० हजारको हाराहारीमा पुर्याएका छन्। युइएफएको प्रस्तावमा झै यहाँ खर्च बढेपछि त्यही अनुपातमा आम्दानी बढाउने काम भने भएको छैन। यहाँका क्लब प्रायोजकले दिने झिनो रकम, एन्फाले प्रदान गर्ने तयारी खर्च, पुरस्कार, गेटमनी र समर्थकबाट उठाउने चन्दाको दायराबाट माथि उठन अझै सकेका छैनन्। त्यसैले हरेक वर्ष पदाधिकारीहरूबाट क्लब धान्न गाह्रो भएको नालायक तर्क नियमित रूपमा सुनिन्छ। खर्च गर्ने क्रममा एकअर्कासँग अस्वस्थ प्रतिस्पर्धा गर्ने नेपाली क्लबले आम्दानीका लागि गतिलो फ्यानवेश बनाउने, तिनलाई क्लबका उत्पादन बेच्नेलगायतका काम अझैसम्म गर्न सकेका छैनन्।
नेपाली क्लबहरूले पनि युरोपमा झै आम्दानी बढाउने योजना अगाडि ल्याएमा अहिले सन्तोष साहुखलले पाएको ५० हजार रुपैयाँले क्लब नथेगिने अवस्था पक्कै आउँदैन। किनकि यहाँ पनि युरोपमा झै व्यावसायिक फुटबललाई भरथेग गर्न खेलप्रेमीहरू तयार छन्। रंगशालामा कुनै गतिलो खेल हँुदा ओइरिने दर्शक यसका प्रमाण हुन्। तर आम्दानीका लागि आफै कुनै रचनात्मक काम नगरी अरुको मुख ताक्ने हो भने चाहिँ सक्नेमात्र खर्च गर्नुपर्छ। खेलाडीको मूल्य बढाउने नाममा फुटबल उद्योग नै धराशयी हुने अवस्था किमार्थ स्वीकार्य हँुदैन। किनकि त्यसले स्वयम् खेलाडीको पनि हित गर्दैन।
बारम्बार आर्थिक कारणले नै खेल्न नसक्ने भएपछि विभिन्न बहाना खोजेर लिग रोक्ने कसरत गर्नुभन्दा आर्थिक आचारसंहिता बनाउनु सबैका लागि राम्रो हो। एन्फाले युइएफएको झै आर्थिक आचारसंहिता ल्याइसकेको छैन। क्लबहरूलाई आम्दानीका बाटोहरू फराकिलो पार्न प्रेरित गर्ने र आम्दानीभन्दा बढी खर्च गर्न नपाउने गरी यस्तो आचारसंहिता ल्याउन ढिलो भइसकेको छ। यसका लागि सबैभन्दा पहिला व्यावसायिक फुटबलको मेरुदण्ड मानिने लिगलाई व्यवस्थित गरेर क्लबका पदाधिकारीलाई विशेष तालिम लिन विकसित देश पठाउनु पनि एउटा उपाय हुनसक्छ। क्लबका पदाधिकारीले विदेशका व्यावसायिक क्लब चल्ने शैली सिकेर लागू गरेमा पक्कै त्यो नेपाली फुटबललाई फलदायी हुने थियो।