नेपाली भूमिमा भारतीय अवरोध
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
नेपाली भूमिमा भारतीय अवरोध
स्थानीय कबुलियती वन समूहमार्फत पाँचथरको फालेलुङ गाउँपालिका–६ स्थित आहाल भन्ने ठाउँमा निर्माण गर्न थालिएको पर्यटकीय संग्रहालयको भवन निर्माण भारतीय सुरक्षाकर्मी रोकिदिएको छन् । सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले गस्तीसमेत गर्न थालेको छ ।




संग्रहालय बनाउन लागिएको ठाउँ सीमास्तम्भभन्दा सय मिटर यता नेपालतर्फ पर्छ । नक्सामा उक्त ठाउँ भारततर्फ पर्ने दाबी गर्दै उनीहरूले भवन निर्माण रोकिदिएका हुन् । वैशाख २४ थालिएको काम २७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।  

भवन नबनाउन, बनाए भत्काउने भनेपछि काम रोकिएको हो । भारतीय पक्षले भवन निर्माणमा रोक लगाएपछि फालेलुङ गाँउपालिका अध्यक्ष सन्चकुमार केरुङसहित जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा केही स्थानीयले उक्त स्थानको अनुगमन गरेका थिए । ५७÷३ नम्बरको सानो तथा ५८÷९ नम्बरको जंगे पिलरभन्दा सय मिटरवरै भवन निर्माण गर्न खोजिए पनि भारतीय सुरक्षाकर्मीले अवरोध पु¥याएको गाउँपालिका अध्यक्ष केरुङले बताए । ‘भारतीय सुरक्षाकर्मीसँग कुरा गर्दा कुनै निकास निस्किएन,’ उनले भने, ‘नेपाली भूमिमा हस्तक्षेप भएको भनेर माथिल्लो निकायलाई पत्राचार गरेका छौं ।’

वन डिभिजन कार्यालय पाँचथरको १० लाख सहयोगमा स्थानीय संस्कृति झल्काउने किसिमको संग्रहालय बनाउने काम अघि बढाइएको थियो । यसअघि आहाल भन्ने ठाउँनजिकै रहेको पर्यटकीयस्थल सन्दकपुरमा भ्यु टावर निर्माण गर्दा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेको थियो । सीमा क्षेत्रमा टे«किङ रुट बनाउँदा पनि अवरुद्ध गर्ने गरेको स्थानीय शिल्प राईले बताए । सीमानजिक नेपालतर्फका निर्माणलगायत काममा विगतदेखि नै भारतीय पक्षले अवरोध गर्ने गरेको राईले जानकारी दिए । उनका अनुसार यसअघिनेपालतर्फको चारराते भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीले पोखरी बनाउन थालेपछि नेपाली गोठ सञ्चालकले विरोध जनाएपछि रोकिएको थियो ।  

गाउँपालिकाको टोलीले अनुगमन गरेर पत्राचार गरेको प्रजिअ अर्जुनकुमार शर्मा (गुरागाईं) ले जानकारी दिए । त्यसबारे गृह मन्त्रालय लेखेर पठाइएको उनको भनाइ छ । त्यहाँको सीमा नाकामा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थिति भए पनि नेपाली सुरक्षाकर्मी भने बेलाबेलामा मात्र पुग्छन् । जिल्लामा भारतसँग जोडिने ४५ किलोमिटर क्षेत्र छ । सीमाक्षेत्रमा सशस्त्र प्रहरी राख्ने चर्चा भएको लामो समय भए पनि अहिलेसम्म राखिएको छैन ।
अर्को समाचार
नेपाली भूमिमा भारतीय अवरोध
०१ जेष्ठ २०७७
•
१० मिनेट पाठ
नेपाली भूमिमा भारतीय अवरोध
फालेलुङ गाउँपालिका–६ मा अहालमा नेपाल तर्फको भुभाग । तस्बिर : गिरिराज/नागरिक
पाँचथर- स्थानीय कुवलीयती बन समूह मार्फत पाँचथरको फालेलुङ गाँउपालिका–६ मा पर्ने आहाल भन्ने ठाँउमा पर्यटकिय संग्रहालय भवन निर्माणको काम अघि बढाउन भारतीय सुरक्षाकर्मीले रोकेका छन् । काम अघि बढाउन नदिएसँगै सो क्षेत्रमा बाक्लो संख्यामा भारतीय सीमा सुरक्षा बल (एसएसबी)ले गस्ती गर्न थालेको छ ।




सीमा स्तम्भ भन्दा एक सय मिटर यता नेपाल तर्फ निर्माण गर्न खोजिएको संग्रहालय भवन निर्माणमा भारतीय सुरक्षाकर्मीले रोक लगाएको स्थानीयको भनाई छ । नक्सामा भारत तर्फ पर्ने दाबी गर्दै उनीहरुले कामलाई अवरोध गरेका हुन् । बैशाख २४ गतेदेखि अगाडी बढाइएको भवन निर्माणको काम २७ गते भारतीय सुरक्षाकर्मीले रोकेका थिए ।  

निर्माण नगर्न र गरे भत्काउने भनेपछि भवन निर्माणको काम रोकिएको छ । भवन निर्माण रोकेको खवर पाएपछि फालेलुङ गाउँपालिकाका प्रमुख सन्चकुमार केरुङसहितका जनप्रतिनिधि, नेपाल प्रहरी, शसस्त्र प्रहरी तथा केहि स्थानीयले उक्त स्थानमा अनुगमन गरेका थिए । ५७/३ नम्बरको सानो तथा ५८/९ नम्बरको जंगे पिलर भन्दा एक सय मिटर यता निर्माण गर्न खोजिएको भवनको कामलाई भारतीय सुरक्षाकर्मीले रोकेको फालेलुङ गाउँपालिकाले जानकारी दिएको छ ।

‘नेपाल तर्फकै भुभागमा भवन निर्माणको काम अघि बढाउदा भारतीय सुरक्षाकर्मीले रोकेका छन् । हामीले गएर उनीहरुसँग कुरा गर्दा कुनै निकास निस्किएन । भवन नबनाउन र बनाए भत्काउने भारतीय सुरक्षाकर्मीको भनाई थियो’ फालेलुङ गाउँपालिका प्रमुख केरुङले भने ‘नेपाली भूमिका हस्तक्षेप भएको भनेर माथिल्लो निकायलाई पत्रचार गरेका छौँ ।’

वन डिभिजन कार्यालय पाँचथरको १० लाख सहयोगमा स्थानीय संस्कृती झल्काउने किसिमको संग्रहालय बनाउने काम अघि बढाइएको थियो । यसअघि नेपाल तर्फको भ्यू पोइट, घर, होटल, गोठ भएका ठाँउभन्दा यताअघि बढाइएको निर्माणको काम रोकेका हुन ।  

यसअघि अहालको नजिक रहेको पर्यटकीय स्थल सन्दकपुरमा भ्यू टावर निर्माण गर्दा पनि भारतीय सुरक्षाकर्मीले अवरोध गरेका थिए । सीमा क्षेत्रमा टे«किङ रुट बनाउदा पनि अवरुद्ध गर्ने गरेको स्थानीय शिल्प राईले बताए । सीमा नजिक नेपाल तर्फका ठाँउमा निर्माण लगायतका कामहरु विगतदेखिनै अवरोध गर्ने गरेको राईले जानकारी दिए । उनका अनुसार यस अघि ठाँउ ठाँउमा अवरुद्ध गरेका थिए । यसअघि चारराते भन्ने ठाउँमा भारतीय सुरक्षाकर्मीले पोखरी बनाउन थालेपछि नेपाली गोठ सञ्चालयकले विरोध जनाएपछि रोकिएको थियो ।  

गाउँपालिकाको टोलीले अनुगमन गरेर पत्राचार गरेको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा (गुरागाई)ले जानकारी दिए । गृह मन्त्रालय लेखेर पठाइएको उनले बताए ।  

उच्च पहाडी क्षेत्रमा पर्ने सिमानामा भारतीय सुरक्षाकर्मीको बाक्लो उपस्थीति छ । नेपाली सुरक्षाकर्मी बेला बेलामात्र उक्त क्षेत्रमा पुग्छन् । जिल्लामा भारतसँग जोडिने ४५ किलोमीटर क्षेत्र रहेको छ । सीमा क्षेत्रमा शसस्त्र प्रहरी राख्ने चर्चा भएको लामो समय भएपनि अहिलेसम्म राखिएको छैन ।
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
अर्थ
Clock ६ मिनेट अघि | १ मिनेट पाठ
विद्युत् खपत बढाउन अग्रसरता लिन ऊर्जामन्त्री श्रेष्ठद्वारा केन्द्र प्रमुखहरूलाई निर्देशन
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विद्युत् खपत वृद्धि र गुणस्तरीय विद्युत् उपयोगको सुनिश्चित गर्न वितरण केन्द्र प्रमुखहरूले अग्रसरत...
Whatsapp
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
धर्म/संस्कृति
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
भोटेकोशीलगायतका विपत्तिमा परेकाहरूको स्मृतिमा त्रिवेणीधाममा पितृमुक्ति महायज्ञ
गत भदौको भोटेकोशी बाढी, अन्य प्राकृतिक बिपत्ति, दुर्घटना तथा महामारीमा परेर अकालमा ज्यान गुमाएहरूको स्मृतिमा त्रिवेणीस्थित गजेन्द्रमोक्ष दिव्यधाममा पि...
Whatsapp
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
कला/साहित्य
Clock १७ मिनेट अघि | १ मिनेट पाठ
कालीभक्त पन्त: सांस्कृतिक जागरणका अभियन्ता
इतिहास, संस्कृति र साहित्यका विविध विषयको खोजी गर्ने क्रममा पन्तले देशविदेशका विभिन्न स्थानमा भ्रमण गर्नुभएको थियो। 
Whatsapp
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock २० मिनेट अघि | १ मिनेट पाठ
पेरुमा हेलिकप्टर दुर्घटना, आठ सैनिकको मृ*त्यु
अधिकारीहरूका अनुसार अपुरिमेक, एने र मन्तारो नदीले बनेको उपत्यकाको दुर्गम क्षेत्रमा गस्ती तथा उद्धार अभियानका क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो।
Whatsapp
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
अन्तर्राष्ट्रिय
Clock ३१ मिनेट अघि | १ मिनेट पाठ
स्पेननजिकै डुंगामा १५ प्रवासीको श*व फेला, खाना र पानी अभावमा मृ*त्यु
स्पेनको क्यानरी टापुनजिकै शुक्रबार समुद्रमा प्रवासी बोकेको एउटा डुंगामा १५ जनाको शव फेला परेको छ।
Whatsapp
स्वरसम्राटको संग्रहालय
कला/साहित्य
Clock ४० मिनेट अघि | १ मिनेट पाठ
स्वरसम्राटको संग्रहालय
स्वरसम्राट नारायणगोपाल (१९९६ असोज–२०४७ मंसिर) काठमाडौंको व्यस्त सहर किलागलमा जन्मिए तापनि युवा अवस्थादेखि नै उनी महाराजगन्जमा बस्दै आए।
Whatsapp
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अन्तर्राष्ट्रिय
Clock ४५ मिनेट अघि | १ मिनेट पाठ
अमेरिकामा उडानअघि दुई विमानका पखेटा आपसमा ठोक्किए
अमेरिकाको वासिङ्टन डीसीस्थित रोनाल्ड रेगन राष्ट्रिय विमानस्थलमा उडान भर्नुअघि अमेरिकन एयरलाइन्सका दुई विमानका पखेटा आपसमा ठोक्किएका छन्।
Whatsapp
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
राजनीति
Clock ५७ मिनेट अघि | १ मिनेट पाठ
किन एक्लाएक्लै शीतलनिवासमा बालेन्द्र र रवि ?
प्रधानमन्त्री बालेन्द्र शाह शीतलनिवास पुग्नुअघि नै रास्वपा सभापति रवि लामिछानेले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका हुन्।
Whatsapp
जीवनलयमा लहरिएका गीतकार
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
जीवनलयमा लहरिएका गीतकार
हालसम्म नेपाली चलचित्र कति निर्माण भयो होला? त्यसको तथ्याङ्क सहजै उपलब्ध हुन्छ।  तिनै चलचित्रका लागि कति गीत लेखियो होला ?
Whatsapp
बिहानको घन्टी
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
बिहानको घन्टी
उनले श्रीमान्लाई अपमानित गर्ने अभियान चलाइनन्। सामाजिक सञ्जालमा पारिवारिक रहस्य सार्वजनिक गरिनन्। अरूका अगाडि आफूलाई निर्दोष साबित गर्न जीवन खर्चिन पन...
Whatsapp
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
अन्तर्राष्ट्रिय
Clock १ घण्टा अघि | १ मिनेट पाठ
हसिनाको स्वदेश फिर्ती घोषणा : बंगलादेशमा तनाव, दबाबमा भारत
भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।
Whatsapp
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
राष्ट्रिय खेलकुदः जुम्लामा फुटबल प्रतियोगिताको तयारी पूरा
यहाँ आयोजना हुने दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलको सेमिफाइनल र फाइनल खेलको सबै तयारी पूरा भएको छ।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस