संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
संक्रमणको बेला राष्ट्रपतिको राजसी सवारी
लकडाउनले सुनसान बनेका फराकिला सडक अझै सुनसान पारिए । तीनै सुनसान सडकको बीचबीचमा सुरक्षाकर्मी तैनाथ छन् । दृश्य देख्दा लाग्छ, यत्रो सुरक्षाकर्मी किन राखिए होलान् ?




शुक्रबार सितलनिवासदेखि नयाँ वानेश्वरसम्मको सडकमा सुरक्षाकर्मीमात्रै देखिए । कारण थियो, राष्ट्रपति विद्यादेवी भण्डारीको सवारी । अरू बेला सर्वसाधारणलाई सडकमा उभ्याएर सवारी हुने राष्ट्रपति शुक्रबार भने खुला सडकमा जम्बो सुरक्षाफौज लिएर नयाँ वानेश्वरतर्फ लागिन् । 

सर्वसाधारणको ओहोरदोहोर रोकिएको बेला उनलाई सुरक्षा प्रदान गर्न उपत्यकाका अधिकतर सुरक्षाकर्मी परिचालित थिए । उनको सवारी चलाउन बिनामास्क सडकमा तैनाथ सुरक्षाकर्मी परिचालित थिए । उनको अघि–पछि तैनाथ भएका सुरक्षाकर्मीले मास्कधरी लगाउन पाएका थिएनन् । राष्ट्रपतिको सवारीका कारण सुरक्षाकर्मीले भौतिक दुरीसमेत कायम राख्न सकिरहेका थिएनन् । 

सरकारको आगामी नीति तथा कार्यक्रम सार्वजनिक गर्न शुक्रबार दिउँसो ४ः१० बजे उनी संसद् भवन ओर्लिइन् । हातमा पञ्जा र मास्क लगाएकी राष्ट्रपति संसद् भवनतर्फ अघि बढिन् । सँगसँगै थिए, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, थुप्रै मन्त्री, नेता र सांसदहरू । कोरोना महामारीले मुलुक थला परिरहेको बेला राष्ट्रपतिको सवारी पनि सामान्य होला भन्ने अनुमान धेरैको थियो । सादा ढंगले उनी संसद् भवन पुग्छिन् होला भन्ने सोचेका सर्वसाधारणले राष्ट्रपतिको सवारीमा पुरानै छनक पाए । 

खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्यायले संकटको बेला राष्ट्र प्रमुखहरूले स्वविवेक प्रयोग नगरेको बताए । ‘संकटको बेलामा पनि परम्परागत रूपमा सवार गरियो, अरूलाई सान्तवना दिनुपर्नेले कुबेलामा आफ्नो दम्भ प्रस्तुत गर्ने स्वभाव राम्रो होइन,’ उनले भने, ‘अर्को कुरा नीति तथा कार्यक्रममा दिएको प्रस्तुति पनि उर्जावान देखिएन ।’ 

संसद् भवनमा राष्ट्रपतिको सुरक्षा र स्वागतका लागि उत्तिकै चमकदमक थियो । गत वर्षहरूमा झकिझकाउ पार्ने अवस्था भए पनि यो वर्ष भने कोरोना महामारीका कारण केही असहज हुने अवस्था थियो । तर राष्ट्रपतिको सवारी र स्वागत नाममा सरकारले तडकभडक प्रदर्शन गर्न कुनै कमी गरेन ।

राष्ट्रपतिको सवारीको बेला जिल्ला सुरक्षा समितिले उनको सुरक्षा कार्यक्रम तय गर्छ । शुक्रबार पनि समितिले उनको सुरक्षा व्यवस्था तय गरेको थियो । राष्ट्रपति कार्यालयसँगको समन्वयमा गरिने सुरक्षा कार्यक्रमको मुख्य जिम्मा प्रमुख जिल्ला अधिकारी, नेपाली सेना र प्रहरीलाई दिइन्छ । संक्रमणको बेला भए पनि राष्ट्रपतिको सुरक्षामा परिवर्तन नहुने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार पुरानै तरिकाले राष्ट्रपतिको सुरक्षा व्यवस्था मिलाइएको थियो । 

तर कोरोना भाइरसका कारण सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा शुक्रबार संसद् भवनको दृश्य विगतभन्दा फरक देखिएको थियो । राष्ट्रपति विद्यादेवी भण्डारी मास्क र पञ्जा लगाएर नीति तथा कार्यक्रम प्रस्तुत गर्न पुगेकी थिइन् भने प्रधानमन्त्रीदेखि सबै सांसदहरू मास्कमा थिए । 
अर्को समाचार
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
०८ चैत्र २०७८
•
१ मिनेट पाठ
अमेरिकामा एक महिनामा दुई लाख ७० हजार बालबालिका सङ्क्रमित
अमेरिकामा पछिल्लो एक महिनामा दुई लाख ७० हजार बालबालिका कोरोनाभाइरसबाट नयाँ सङ्क्रमित भएका छन्। अमेरिकाको वालबालिका अस्पताल संघले सोमबार दिएको जानकारीअनुसार महामारी सुरु भएदेखि अहिलेसम्म भने एक करोड २० लाख ८० हजारभन्दा बढी सङ्क्रमित भएका छन्।




गत मार्च १७ सम्ममा पछिल्लो एक हप्तामा भने ३१ हजार ९९१ बालबालिका कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। ठूलो सङ्ख्यामा बालबालिकाहरु कोरोनाभाइरसबाट सङ्क्रमित भएको विषयलाई अमेरिकी अधिकारीहरुले चिन्ताको रुपमा लिएका छन्।

'यसले बालबालिकाको स्वास्थ्यमा असर पार्नेछ भन्ने कुरालाई गम्भीर रुपमा लिनु पर्दछ, त्यसैले त्यसतर्फ बेलैमा ध्यान दिनु पर्दछ,' एक अधिकारीले भने।
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
खेल
Clock १० मिनेट अघि | १ मिनेट पाठ
महिला क्रिकेटतर्फ लिग चरणका खेल सम्पन्न
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला क्रिकेटतर्फ सेमिफाइनल समिकरण पूरा भएको छ।
Whatsapp
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
खेल
Clock १५ मिनेट अघि | १ मिनेट पाठ
पुरुष क्रिकेटमा एनआरएनएलाई हराउँदै गण्डकी विजयी
 दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष क्रिकेट प्रतियोगिताको लिग चरणको खेलमा गण्डकी प्रदेशले आफ्नो दोस्रो खेलमा पहिलो जीत हात पारेको छ...
Whatsapp
कर्णाली रंगशाला आइपुगे रवि
राजनीति
Clock १८ मिनेट अघि | ० मिनेट पाठ
कर्णाली रंगशाला आइपुगे रवि
रवि पार्टी प्रशिक्षण कार्यक्रमका लागि सुर्खेत आएका हुन्। १० औं राष्ट्रिय खेलकुद प्रतियाेगीता सन्चालन भइरहेकाे बेला आएका थिए।
Whatsapp
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
अर्थ
Clock २१ मिनेट अघि | १ मिनेट पाठ
‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ बाट पौड्याल सम्मानित
कार्यक्रममा गभर्नर पौडेलले मौद्रिक नीति सरोकारवालासँगको संवादका आधारमा तर्जुमा गरिएको र नीतिगत स्थिरतालाई प्राथमिकता दिइएको बताए।
Whatsapp
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
नागरिक भिडियो
Clock ३४ मिनेट अघि | १ मिनेट पाठ
रवि-बालेनलाई बाबुरामको सुझाव: अनावश्यक दूरी नबढाउनू, पाँच वर्ष मिलेर सरकार चलाउनू
सत्तारूढ दलभित्र देखिएको आन्तरिक खटपटबारे सोधिएको प्रश्नमा भट्टराईले रवि र बालेनसँगको संवाद स्मरण गरे।
Whatsapp
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
खेल
Clock ३७ मिनेट अघि | १ मिनेट पाठ
शारीरिक सुगठनमा कञ्चनपुरका सुनिललाई रजत
कर्णालीमा सञ्चालन भइरहेको दशौँ बृहत् राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत शारिरीक सुगठनमा कञ्चनपुरको महेन्द्रनगरका सुनिल चन्दले रजत पदक प्राप्त गरेका...
Whatsapp
एकल व्यक्ति चमत्कारवाद!
कला/साहित्य
Clock ४९ मिनेट अघि | १ मिनेट पाठ
एकल व्यक्ति चमत्कारवाद!
हामी आठदश जना साथीहरू प्रायः बिहान सधैं चिया पसलमा जम्मा हुन्छौं। विभिन्न पार्टीका गतिविधिबारे निकै जान्ने–सुन्ने भएर गफ चुट्छौं।
Whatsapp
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
अर्थ
Clock ५८ मिनेट अघि | १ मिनेट पाठ
मुक्तिनाथ मन्दिरको भेटीमा नेपालसहित १२ राष्ट्रका मुद्रा सङ्कलन
मुलुककै प्रसिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथ मन्दिरमा गएको चार महिनामा रु ४५ लाख ४६ हजार ८३२ भेटी सङ्कलन भएको छ। 
Whatsapp
दिल्लीसँग गाँसिएको साहित्य साइनो
कला/साहित्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
दिल्लीसँग गाँसिएको साहित्य साइनो
धुलो, धुवाँ र प्रदूषणको नगर दिल्लीमा साहित्यको सुरभि सञ्चारित गर्नमा सार्क साहित्य सम्मेलनले प्रमुख भूमिका खेलिरहेको स्वयंसिद्ध छ।
Whatsapp
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
राजनीति
Clock १ घण्टा अघि | १ मिनेट पाठ
सम्पूर्ण पार्टी पङ्क्ति एकजुट भई स्थानीय तहको निर्वाचनमा लाग्नुपर्छः महामन्त्री पौडेल
नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी एकजुट भएर आगामी स्थानीय तहको निर्वाचनको तयारीमा लाग्नुपर्ने बताएका छन्।
Whatsapp
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
खेल
Clock १ घण्टा अघि | १ मिनेट पाठ
एपीएफसँग अंक बाँडेसँगै सुदूरपश्चिम बाहिरियो
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा विभागीय टोली एपीएफ क्लब र सुदूरपश्चिम प्रदेशले २–२ गोलको बराबरी खेलेका छन्।
Whatsapp
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
ग्रेटर मुन्दुम पदमार्ग प्रवर्द्धन गर्न भोजपुरका पाँच पालिकाको संयुक्त पहल
जिल्लाको पर्यटकीय सम्भावना बोकेको ग्रेटर मुन्दुम पदमार्गको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले पाँच स्थानीय तहले संयुक्त रूपमा अल्ट्रा म्याराथन सञ्च...
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस