‘नीति तथा कार्यक्रम नीतिविहीन’
०२ जेष्ठ २०७७
•
१० मिनेट पाठ
‘नीति तथा कार्यक्रम नीतिविहीन’
सरकारको नीति तथा कार्यक्रम प्रति विभिन्न राजनीतिक दलका नेताले विभिन्न प्रतिक्रिया दिँदै नीतिविहीनको नीति तथा कार्यक्रम भनेका छन् । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा प्रमुख प्रतिपक्षी दल कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नीति तथा कार्यक्रमले समेट्नुपर्ने विषयलाई नसमेटेको बताए । 




उनले पूर्ववत् कार्यक्रमलाई निरन्तरता दिएको टिप्पणी गरे । सत्तारुढ दल नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती रहेको बताए । ‘मुख्य कुरा कार्यान्वयन हो । कोरोना भाइरसले सबैतिर जटिलता पैदा गरेको छ । त्यसकारण चुनौती चाहिँ कार्यान्वयनकै छ,’ संसद् भवनबाट बाहिरने क्रममा छाटो प्रतिक्रिया दिँदै दाहालले भने, ‘मलाई लाग्छ, यो कार्यान्वयन गर्न सकियो भने  यसले राम्रै गति लिन्छ ।’ 

राप्रपाका सांसद राजेन्द्र लिङ्देनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले आशा जगाउन नसकेको आरोप लगाए । ‘यो नीति तथा कार्यक्रमले आशा जगाउने काम गर्न सकेन । विगतका कामको निरन्तरता छ,’ उनले संसद् भवन परिसरमा पत्रकारहरूसँग भने, ‘कोरोनापछि बेरोजगारी समस्या समाधान गर्ने खालका कार्यक्रम आउन सकेन ।’

कांग्रेसका सांसद मीनेन्द्र रिजालले सरकारले शुक्रबार प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई अनावश्यक कुरा राखेर लामो बनाइएको बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि प्रतिक्रिया दिँदै उनले प्राथमिकता गुमाएर बनेको नीतिले यो संकटबाट मुलुकलाई बाहिर निकाल्न सक्दैन । नेपालमा संक्रमण बढ्दै गएको अवस्थामा कोरोनाबाट जोगिने ठोस कार्यक्रम आउन नसक्नु दुखद् भएको उनको भनाइ छ । 

रिजालका अनुसार नीति तथा कार्यक्रममा अर्थतन्त्रलाई तल जान नदिन तत्कालका लागि के गर्ने हो, त्यो समेत आउन सकेन । मन्त्रालयहरूले पाँच महिना पहिले नै बनाएका कार्यक्रममा कोरोना भाइरस भन्ने शब्द थपेर नीति तथा कार्यक्रममा ल्याइयो । 

पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले नीति तथा कार्यक्रम निकै लामो भएको बताए । उनले भने ‘यति लामो आवश्यक थिएन छोट्याउनु पथ्र्याे ।’ उनले शिक्षा, कृषि, स्वास्थको क्षेत्रमा केही कुरा नीति तथा कार्यक्रमले गरेको बताए । अब बजेट ल्याउँदा प्राथमिकता कसरी आउँछन् पैसा कसरी छुट्टिन्छ, त्यसपछि मात्रै विश्लेषण गर्न सकिने उनको भनाइ छ ।

कांग्रेस नेता शशांक कोइरालाले कोरोना भाइरसमा मात्र केन्द्रित गर्नुपर्नेमा अन्य कुरातर्फ कार्यक्रम गएको बताए । कांग्रेस नेता प्रदीप गिरीले कोरोना भाइरस केन्द्रित कार्यक्रम हुनु पर्नेमा पुरानै कुरा दोहोर्याइएको बताए । पूर्वमन्त्री तथा नेकपाका सांसद गोकर्ण विष्टका अनुसार सरकारको नीति तथा कार्यान्वयमा धेरै कार्यक्रम पारेर कार्यान्वयनमा गोलमोटोल हुने अवस्था सिर्जना भएको छ ।
अर्को समाचार
२ वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने सरकारको घोषणा
०५ जेष्ठ २०८०
•
१ मिनेट पाठ
२ वर्षभित्र कीर्तिपुर र मूलपानी क्रिकेट रंगशालाको स्तरोन्नति गर्ने सरकारको घोषणा
सरकारले आगामी दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने बताएको छ।




शुक्रवार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममा दुई वर्षभित्र त्रिवि क्रिकट मैदान र मूलपानी क्रिकट रंगशालाको स्तरोन्नति सक्ने उल्लेख छ।

दुई रंगशालाको स्तरोन्नति दुई वर्षभित्र सम्पन्न गरी अन्तर्राष्ट्रियस्तरको प्रतियोगिता सञ्चालन गर्ने नीति तथा कार्यक्रममा बताएको छ।
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
राजनीति
Clock ३ मिनेट अघि | ० मिनेट पाठ
नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने निर्णयविरुद्ध कांग्रेसको विरोध कार्यक्रम
४० भन्दा बढी नेवार जातिलाई दलित सूचीमा समावेश गर्ने नेपाल सरकारको निर्णयविरुद्ध नेपाली कांग्रेस काठमाडौं महानगर समितिले आज विरोध कार्यक्रम गर्ने भएको...
Whatsapp
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
राजनीति
Clock ९ मिनेट अघि | १ मिनेट पाठ
विश्वप्रकाश शर्मा तीन दिन झापाका विभिन्न कार्यक्रममा सहभागी हुने, यस्तो छ तालिका
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा मंसिर १३ देखि १५ गतेसम्म झापाका विभिन्न कार्यक्रममा सहभागी हुने भएका छन्।
Whatsapp
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
खेल
Clock १३ मिनेट अघि | १ मिनेट पाठ
धरान, वीरगञ्ज र सुर्खेतले पनि एनएफएल खेल्ने, १० वटै टोलीको लाग्यो टुंगो
नेपाल फुटबल लिग (एनएफएल)को पहिलो संस्करण खेल्ने १० वटै टोलीको टुंगो लागेको छ।
Whatsapp
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
राजनीति
Clock १८ मिनेट अघि | १ मिनेट पाठ
रुपाताल संरक्षण परियोजना यसै वर्ष सम्पन्न गर्न ऊर्जामन्त्रीको निर्देशन
चालू आर्थिक वर्षभित्र कास्कीस्थित रुपाताल संरक्षण तथा एकीकृत विकास परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ काम भइरहेको छ।
Whatsapp
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
राजनीति
Clock २४ मिनेट अघि | १ मिनेट पाठ
इनम प्रकरणमा निष्पक्ष छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्छ : विश्वप्रकाश शर्मा
नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले इनम सापकोटा प्रकरणमा जोडिएका घटनाको निष्पक्ष र पारदर्शी छानबिन गर्न संसद्ले अग्रसरता लिनुपर्ने ब...
Whatsapp
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
राजनीति
Clock ३८ मिनेट अघि | ० मिनेट पाठ
कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन गर्दै
नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिका निर्णय सार्वजनिक गर्न पत्रकार सम्मेलन आयोजना गर्ने भएको छ।
Whatsapp
यो पनि पढौँ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
समाज
Clock ४७ मिनेट अघि | १ मिनेट पाठ
पाँच दिन हिँडेर दुनै जानुपर्ने बाध्यता हट्यो
डोल्पाको माथिल्लो भेगका नागरिकले सामान्य प्रशासनिक सेवा लिन सदरमुकाम दुनैसम्म पाँच–छ दिन पैदल हिँड्नुपर्ने बाध्यता अब अन्त्य भएको छ।
Whatsapp
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
राजनीति
Clock ५२ मिनेट अघि | १ मिनेट पाठ
स्थानीय तह चुनाव दलीय कि गैरदलीय ?
स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा स्थानीय सरकारलाई दलीय प्रतिस्पर्धा र चुनाव चिह्नबाट मुक्त राख्ने कि विद्यमान दलीय प्रणालीलाई नै निरन्तरता दिने भ...
Whatsapp
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
स्वास्थ्य
Clock १ घण्टा अघि | १ मिनेट पाठ
कर्णालीमा आँखा तथा कान स्वास्थ्य सेवाको आवश्यकता उच्च
परियोजनाको आइतबार यहाँ शुभारम्भ गरिने सङ्घद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
Whatsapp
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
खाद्यबालीको विकल्पमा सुन्तलाखेतीः सुन्तलाले फेरिएको सुर्केमेलाका किसानको जीवन
कुनै समय धान, कोदो, मकै र गहुँ फल्ने म्याग्दीको बेनी नगरपालिका–४ सुर्केमेलाको खेतबारी अहिले सुन्तलाका बगैँचामा परिणत भएका छन्।
Whatsapp
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
समाज
Clock १ घण्टा अघि | १ मिनेट पाठ
स्याउ बिक्रीबाट आठ करोड बढी आम्दानी
जिल्लाका सातवटै गाउँपालिकामा उत्पादित स्याउ बिक्रीबाट हुम्लाका किसानले रु आठ करोड २६ लाख ५६ हजारको आम्दानी गरेका छन्।
Whatsapp
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
अन्तर्राष्ट्रिय
Clock १० घण्टा अघि | १ मिनेट पाठ
बालबालिकामा बोलीसम्बन्धी समस्या देखिनुको कारण खोज्दै अस्ट्रेलियाका अनुसन्धानकर्ता
यस्ता समस्या किन उत्पन्न हुन्छन् भन्ने पहिचान गरी बालबालिकामा समयमै निदान, उपचार तथा आवश्यक सहयोग उपलब्ध गराउने उद्देश्यले अनुसन्धान अघि बढाइएको हो।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस