संविधान सभाको म्याद छ महिना थप्न प्रस्ताव गर्छु : प्रधानमन्त्री भट्टराई
११ भदौ २०६८
•
७ मिनेट पाठ
संविधान सभाको म्याद छ महिना थप्न प्रस्ताव गर्छु : प्रधानमन्त्री भट्टराई
काठमाडौँ, भदौ १२ (नागरिक)- नवनिर्वाचित प्रधानमन्त्री बाबुराम भट्टराईले संविधान सभाको म्याद छ महिना थप्न प्रस्ताव गर्ने बताएका छन्। अघिल्ला प्रधानमन्त्री झलनाथ खनालले तीन महिना म्याद थप्न संविधान संशोधन विधेयक दर्ता गराइसकेका छन्।




संविधान सभाको म्याद बुधबार सकिँदैछ।

प्रधानमन्त्री निर्वाचित भएपछि भट्टराईले आइतबार राति सानेपास्थित निवासमा नागरिकका उजिर मगरलाई दिएको संक्षिप्त अर्न्तवार्तामा भट्टराईले सभासद्लाई मात्र मन्त्री बनाउने, ठूला मन्त्रालयमा मात्र राज्यमन्त्री राख्ने, उच्च राजनीतिक संयन्त्र बनाउने बताएका छन्।

तपाईंको पहिलो कार्यभार के हुने छ?
प्रधानमन्त्री बाबुराम भट्टराई- बृहत शान्ति सम्झौताको कार्यतालिका र प्रक्रियालाई पूर्णता पहिलो प्राथमिकता हो। अर्को ठूलो काम संविधानसभाबाट अग्रगामी सिद्धान्तका आधारमा संविधान निर्माण गर्ने हो। तेस्रो- जनतालाई राहत प्रदान गरिने छ। चौथो- भ्रष्टाचार, ढिलासुस्ती अन्त्य गरेर जनतालाई सेवा ठीक ढंगले दिने र सुशासनको प्रत्याभूति गराउने हो। पाँचौ- आर्थिक विकासलाई तीब्रता दिने। समय अबधि छोटो छ। तर, यी कार्यलाई अघि बढाउने सोचमा छु। लगानी गर्ने वातावरण सृजना गर्ने र आर्थिक विकासको प्रारुप तयार गर्ने छु।

दुई ठूला दल विपक्षमा छन्, मधेशवादीहरूसँगको यात्रा कस्तो हुने अनुमान गर्नुभएको छ?
भट्टराई- यात्रा अप्ठेरो हुँदै गन्तब्यमा पुगिन्छ। शान्ति र संविधान निर्माण अहिले मुख्य हो। प्राविधिक रूपले बहुमतीयमा पुगे पनि विशेष समितिमा सबै दलको सहमतिमा निर्णय हुन्छ। शान्ति र संविधान निर्माणमा सहमति हुन्छ। शान्ति र संविधान निर्माण माओवादीले एक्लै पनि गर्न पनि सक्दैन, अरू दलले मात्रै पनि सक्दैनन्।
राष्ट्रिय सहमतिको सरकार बनेन भन्दैमा शान्ति र संविधान निर्माण हुँदैन भन्ने गलत कुरा हो। शान्ति र संविधान निर्माणका लागि उच्च स्तरीय राजनीतिक संयन्त्र निर्माण गरेर अघि बढ्ने हो। सबै दलका शिर्ष नेता रहने संयन्त्रले शान्ति र संविधान निर्माणलाई अघि बढाउने छ। छिट्टै मन्त्रिपरिषद् गठन गरेपछि संयन्त्र निर्माण हुन्छ। संयन्त्र निर्माणपछि सबै दललाई मिलाएर लान्छु।

डेढ महिनाभित्र शान्ति प्रक्रिया टुंगोमा पुग्छ त?
भट्टराई- सहमति भएको डेढ महिनामा शान्ति प्रक्रिया टुंगोमा पुग्छ। सरकारको नेतृत्व लिएको 'डेढ महिनामा' भनिएको होइन। पहिले सहमति हुन्छ, त्यसको डेढ महिनामा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने हो।

पुरानै सरकारको बजेटलाई कार्यान्वयन गर्नु हुन्छ कि केही परिमार्जन हुन्छ?
भट्टराई- बजेटमा परिमार्जन गर्छौं। बजेट पारित पनि भएको छैन। विधिअनुसार परिमार्जन गरेर जान्छौं।

मधेशवादी दलमा राजनीतिक तरलता देखिन्छ, कस्तो चुनौती होला?
भट्टराई- नेपालमा परिवर्तनकारी शक्ति भनेको पहिलो माओवादी, दोस्रो मधेशवादी दलहरू हुन्। संघर्ष, आन्दोलनबाट आएका। दुईवटै शक्ति अहिले संविधानसभाबाट स्थापित भएका छन्। यी दुई शक्तिबीच कतिपय मुद्दा मिल्दा छन्। त्यस कारण नजीक हुनु स्वाभाविक हो।

सत्ताका लागि मधेशवादी दल टुक्रिएका घटना धेरै छन् नि?
भट्टराई- केही अपारदर्शी, भ्रष्टाचारजन्य गतिबिधि भएर त्यस्तो भएका होलान्। तर, उनीहरूबीचको टुटफुट जाति, क्षेत्रगत गुण होइन।

संविधानसभाको म्याद कति थप हुन्छ?
भट्टराई- म्याद थपको विधेयक पहिलेको सरकारले प्रस्तुत गरिसकेको छ। यसमा तीन महिना थप गर्ने भनिएको छ। त्यो पर्याप्त नहुन सक्छ। संशोधन गरेर मोटामाटी ६ महिना वा त्यो भन्दा धेरै कति थप गर्ने हो, केही दिनभित्र टुंगो लाग्छ।

मन्त्रिपरिषद्को आकार कत्रो हुन्छ?
भट्टराई- साह्रै ठूलो बनाउँदिन। २६ वटा मन्त्रालय छन्, ती सबैमा राज्यमन्त्री राख्दिन। केही ठूला मन्त्रालयमा राख्न सकिन्छ। मन्त्रीहरू सबै सभासद् हुनुपर्ने र समावेशी गराउँछु। यो अन्य घटकमा पनि लागू हुनुपर्छ।

तपाईंको नेतृत्वलाई पार्टीभित्रबाट कत्तिको सहयोग होला?
भट्टराई- माओवादी अहिले एकताबद्ध छ। पार्टीमा केही छलफल, बहस हुन्छ। अहिले शान्ति र संविधान पार्टीको नीति भएकाले पार्टीभित्र, बाहिरबाट असहयोग हुन्छ जस्तो लाग्दैन। बाहिर भित्र सबैलाई मिलाएर लान्छु।

छिमेकी मित्र राष्ट्रहरूसँग सम्बन्ध कस्तो रहन्छ?
भट्टराई- पृथ्वीनारायण शाहले भनेजस्तो नेपाल दुई ढुंगाको तरूल भन्ने होइन। अहिले वित्तीय भूमण्डलीकरण छ। दुई ठूला देश चीन र भारतसँग पञ्चशीलको आधारमा जीवन्त सम्बन्ध रहन्छ।
अर्को समाचार
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
४ घण्टा अघि
•
१ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 




राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्याङ्जाले आज भीरकोटमा आयोजना गरेको अन्तरसंवादमा उनले विकास निर्माणका कामको गुणस्तरमा ध्यान दिनुपर्ने बताएका हुन्। नागरिकले आफ्नो समुदायमा सञ्चालन हुने आयोजनाका बारेमा चासो राख्दै आवश्यक प्रश्न र खबरदारी गर्नुपर्ने उनको भनाइ थियो।

विकासका आवश्यकता असीमित भए पनि सीमित स्रोतसाधनका कारण सरकारले आयोजनालाई प्राथमिकताका आधारमा अघि बढाइरहेको मन्त्री श्रेष्ठले बताए। विकास निर्माणका काम अघि बढाउने क्रममा भोटेकोशीलगायत क्षेत्रमा प्राकृतिक विपद्को सामना गर्नुपरेको उनले उल्लेख गरे।

कार्यक्रममा मन्त्री श्रेष्ठले स्याङ्जाको विकास निर्माण, ऊर्जा र सिँचाइका विषयमा नागरिकले उठाएका जिज्ञासाको जवाफ दिएका थिए। प्रतिनिधिसभा सदस्य झविलाल डुम्रेले जिल्लाको विकास निर्माणसम्बन्धी नागरिकका आवाज प्रतिनिधिसभामा उठाउँदै आएको बताए।

यसअघि मन्त्री श्रेष्ठले नेपाल विद्युत् प्राधिकरणको स्याङ्जास्थित कार्यालयको अनुगमन तथा निरीक्षण गरी कर्मचारीलाई आवश्यक निर्देशन दिएका थिए। उनले जिल्लाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गर्नुका साथै रास्वपाका नेता तथा कार्यकर्तासँग पनि अन्तरसंवाद गरेका थिए। रासस
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
समाज
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
रुकुम पश्चिममा यात्रुवाहक जीप दुर्घटना: चालकको मृत्यु, पाँच घाइते
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका-८ दुलीस्थित भित्री कच्ची सडक खण्डमा यात्रुवाहक जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।...
Whatsapp
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
राजनीति
Clock ४ घण्टा अघि | १ मिनेट पाठ
विकास आयोजनाको गुणस्तरमा ध्यान दिन मन्त्री श्रेष्ठको आग्रह
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले विकास निर्माणका आयोजना गुणस्तरीय र दिगो बनाउन नागरिकको खबरदारी आवश्यक रहेको बताएका छन्। 
Whatsapp
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
अन्तर्राष्ट्रिय
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
राहुलले सम्झाउँदा पनि 'टसमस' भएनन् स्टालिन, सीमांकन विधेयकमा अडान कायमै
बैठकमा कांग्रेस नेतृ सोनिया गान्धी, राहुल गान्धी, पश्चिम बंगालकी पूर्वमुख्यमन्त्री ममता बनर्जी, भारतीय कम्युनिस्ट पार्टी (मार्क्सवादी) का महासचिव एमए...
Whatsapp
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
प्रवास
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
एनआरएनए अध्यक्ष हेमराज शर्मा कतारमा, मध्यपूर्व सम्मेलनको तयारीबारे दूतावाससँग छलफल
आगामी डिसेम्बर ११ र १२ मा कतारको दोहामा आयोजना हुने सम्मेलनको तयारी, व्यवस्थापकीय अवस्था तथा हालसम्म भएका प्रगतिबारे जानकारी लिन उनी कतार आएका हुन्।
Whatsapp
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
राजनीति
Clock ५ घण्टा अघि | १ मिनेट पाठ
सातबुँदे माग राख्दै शिक्षक महासंघद्वारा आन्दोलनको चेतावनी
वर्तमान सरकारले ४५ दिनभित्र संघीय शिक्षा ऐनसम्बन्धी कानुन बनाइसक्ने प्रतिबद्धता जनाएको नौ महिना बितिसक्दा पनि विधेयक संसद्‌मा नपुगेको भन्दै शिक्ष...
Whatsapp
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
अपराध
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
घरमै शंकास्पद अवस्थामा मृ`त भेटिए ६५ वर्षीय वृद्ध, ह`त्या आरोपमा छिमेकी पक्राउ
स्थानीय जनप्रतिनिधिबाट सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय गजुरीको टोली घटनास्थल पुगेको थियो।
Whatsapp
यो पनि पढौँ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
गगनप्रति शशांकको कटाक्ष: कठिन परिस्थितिमा आफैंलाई सभापति घोषणा गरेर भ्रम फैलाए
नेता डा. शशांक कोइरालाले शेरबहादुर देउवाको नेतृत्वमा रहेको समूह नै आधिकारिक नेपाली कांग्रेस भएको बताएका छन्  गगन थापालाई इंगित गर्दै उनले देश र प...
Whatsapp
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
समाज
Clock ६ घण्टा अघि | ० मिनेट पाठ
अनुसन्धानका गोप्य सूचना चुहावट नगर्न प्रहरीको चेतावनी, संलग्नलाई कारबाही गर्ने
प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा अनुसन्धानसँग सम्बन्धित गोप्य सूचना, लिखित प्रमाण र विद्युतीय अभिलेख सम्बन्धित निकायको स्वीकृतिबि...
Whatsapp
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
राजनीति
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
अदालतबाट न्याय पाउनेमा विश्वस्त छु, वैधानिक सभापति अझै मै हुँ : देउवा
नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टी नेतृत्व र आधिकारिकताको विवादमा अदालतबाट न्याय पाउनेमा पूर्ण विश्वस्त रहेको बताएका छन्। पार्टीभि...
Whatsapp
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
अन्तर्राष्ट्रिय
Clock ६ घण्टा अघि | १ मिनेट पाठ
नेतान्याहूको ‘आलोपालो’ प्रस्तावमा सहमति जुटेन, आइसेनकोटले थाले सरकार गठनको नयाँ तयारी
सहमति जुट्न नसकेपछि थप वार्ताको मिति पनि तय भएको छैन। त्यसपछि आइसेनकोटले अर्को सम्भावित गठबन्धन गठनका लागि नाफ्ताली बेनेटसँग छलफल अघि बढाएका छन्।
Whatsapp
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
खेल
Clock ७ घण्टा अघि | ० मिनेट पाठ
ज्ञानेन्द्र मल्ल यूएई क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त
नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान तथा प्रशिक्षक ज्ञानेन्द्र मल्ल संयुक्त अरब इमिरेट्स (यूएई) क्रिकेट टोलीको ब्याटिङ सल्लाहकारमा नियुक्त भएका...
Whatsapp
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
राजनीति
Clock ७ घण्टा अघि | १ मिनेट पाठ
गगनको चुनौती : कांग्रेस र सभापति नचिन्नेले कहाँ जानु छ गए हुन्छ, पार्टीमा स्थान छैन
नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको अनुशासन र विधान उल्लंघन गर्ने जोकोहीलाई कारबाही गरिने चेतावनी दिएका छन्।
Whatsapp
लगइन गर्नुहोस्
हाम्रो लगइन पृष्ठमा तपाईंलाई स्वागत छ।
साइन अप
पास्वर्ड रिसेट गर्नुहोस
साइन अप
साइन अप गर्नुहोस